Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

विवादका कारण छतिवन-श्रीपुर सडक निर्माण रोकियो 

Dharan-hetauda-road-1533639702.jpg

File Photo

२२ साउन, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाँउपालीका हुँदै बाग्मति गाउँपालिका जाने धरान–चतरा मार्गमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । 
निर्माणाधिन सडकको श्रीपुरस्थित जंगलमा नेपाली सेना र सडक विभागको अवरोधपछि सडक स्तरिकरण नहुँदा सवारी आवागमनमा समस्या उत्पन्न भएको हो । दैनिक साना ठुला गरी ५० भन्दा बढी यात्रू तथा मालबाहक सवारी गुड्ने यो सडकमा फुर्केचौर–श्रीपुर खण्ड बर्षाका कारण क्षतिग्रस्त भएपनि मर्मत नभएको स्थानीयको गुनासो छ । नेपाली सेना, सडक विभाग र निर्माण कम्पनीको नीतिगत विवादका कारण सडक स्तरिकरण हुन नसकेको छतिवनका स्थानीय बताउँछन् । 
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको फाष्ट ट्रयाक नेपाली सेनाको विकास निर्देशनालयले निर्माण तथा स्तरिकरण गरिरहेको छ । तर फाष्ट ट्रयाक र धरान–चतरा सडक वारपार हुने विन्दुमा सडक विभागले समेत निर्माण कम्पनीलाई काम गर्न रोक लगाएपछि सडक निर्माण रोकिएको छ । धरान–चतरा सडकको निर्माणको काम गरिरहेको कालिका कन्स्ट्रक्सनका कालिकाका प्रवन्ध निर्देशक ठाकुर ढकालले सडक विभागको आदेशका कारण फुर्केचौर–श्रीपुर खण्डको जङ्गल क्षेत्रमा काम गर्न नसकेको बताए । 
बकैया–५ का वडा अध्यक्ष शेरमान घलान राज्य संयन्त्रबीचको नीतिगत विवादले यो सडकबाट आवतजावत गर्ने यात्रु जोखिमपूर्ण ढंगले यात्रा गर्न बाध्य भएको बताउँछन् । धरानदेखि हेटौंडासम्म ३ सय ११ किलोमिटरको सिन्धुली देखि हेटौंडासम्मको यो सडकको पश्चिम खण्डको ११४ किलोमिटिर सडक कालिका कन्स्ट्रक्शनले निर्माण गरिरहेको छ ।
(पत्रकार यादव चौलागाईको सहयोगमा)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको अधिवेशन अन्त्यको लागि सिफारिस गर्ने सरकारको निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

थप समाचार