Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

शहिद स्मृती गोल्डकपको प्रारम्भिक आयव्यय सार्वजनिक

adddd-1554815838.jpg

२६ चैत्र, हेटौँडा । चैत्र १६ गते सम्पन्न भएको भुगर्भ सिमेन्ट दोश्रो शहिद स्मृति मकवानपुर गोल्डकपको प्रारम्भि आयव्यय मंगलबार सार्वजनिक गरिएको छ । 
जिल्ला फुटबल संघ मकवानपुरले मंगलबार जिल्ला खेलकुद विकास समिति परिसरमा आयव्यय सार्वजनिक तथा सथा संमान कार्यक्रमको आयोजन गरेको हो । 
प्रतियोगिता आयोजनाका लागी ७२ लाख  सत्रहजार छ सय रुपैया विभिन्न व्यक्ति र संघसंगठनहरुबाट सहयोगको वचनबद्धता भएकोमा २६ लाख ८० हजार रुपैया प्राप्त भएको र २९ लाख ६० हजार उठ्न बाँकी रहेको जानकारी गराइएको थियो । यसैगरी कार्यक्रम सम्पन्न गर्ने क्रमा ४९ लाख ३४ हजार नौ सय पच्चिस रुपैया खर्च भएको जनाइएको छ ।
कार्यक्रमका अवसरमा गोल्डकप सम्पन्न गर्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विभिन्न व्यक्ति र संघसंगठनहरुलाई मायाको चिनो ताथा सम्मान पत्र प्रदान गरिएको छ । उक्त अवसरमा गोल्डकप आयोजनाको संयोजकत्व गरेका नेपाल पत्रका महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ट र हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरीबहादुर महतलाई एकजोर ट्रयाकसुट सहित सम्मानपत्रले सम्मान गरिएको छ ।
जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका हेटौँडा उपममहानगरपालिकाका प्रमुख हरीबहादुर महतले सोमबार बसेको मकवानपुरका स्थानीय तह समन्यव समितिको बैठकले मकवानपुर गोल्डकपलाई हरेक वर्ष ५० लाख रुपियाँ सहयोग गर्ने सहमति भएको जानकारी दिए । कार्यक्रमा बोल्दै प्रतियोगिताका संयोजक एवम पत्रकार प्रताप विष्टले स्थानिय निकायहरुबाट आएको प्रतिवद्धताले आगामि दिनमा गोल्डकपको आयोजना गर्न सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, उपाध्यक्ष दिपेन्द्र ढकाल, जिल्ला फुटबल संघ मकवानपुरका निवर्तमान एवम पूर्व केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजश बानियाँ लागएतको उपस्थिति रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

थप समाचार