Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

शुरु भयो २५ मिटर विस्तारको काम (तस्विर सहित)

1-1482920148.jpg

१३ पुस, हेटौँडा । हेटौँडामा लामो समयदेखि चर्चामा रहेको २५ मिटर सडक विस्तारको काम बुधबारबाट शुरु भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले बुधबार विहानबाट हेटौँडा राप्तिरोडमा २५ मिटर सडक विस्तारको काम शुरु गरेको हो ।

सडक क्षेत्रमा रहेका सरकारी कार्यालयहरुलाई १० दिने सूचना दिएको २ सातापछि सडक कार्यालयकै पर्खाल भत्काएर काम शुरु गरिएको छ । एकाविहानै सडक विस्तारका लागि डोजर चल्न थालेपछि सडक विस्तार हुँदैन भन्नेहरु समेत चकित परेका छन् । सडक विस्तारको काम हेर्न सर्वसाधारणको भिड लागेको थियो । सडक विस्तारको काम हेर्न पुगेकाहरु समेत अब भने सडक विस्तार हुने निश्चत भएको बताईरहेका पाईए । केही भने सरकारी कार्यालय भत्काए पनि नीजि घर भत्काउन गाह्रो रहेको बताईरहेका थिए ।

बुधबार सडक र प्रहरी कार्यालयको पर्खाल भत्काईएको छ । पहिलो चरणमा पूर्वपश्चिम राजमार्गमा रहेका हेवि इकुमेन्ट, जिल्ला प्रहरी, जिल्ला ट्राफिक, जिल्ला हुलाक, नेपाल टेलिकम, हेटौँडा अस्पताल,  नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल ट्रस्ट, वन विज्ञान अध्ययन सस्थान, कृषि तथा वन विज्ञान विश्व विद्यालय, जिल्ला पशुसेवा कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर र औद्योगिक क्षेत्रमा रहेका घर, टहरा र पर्खाल भत्काइने जनाईएको छ । 

सरकारी कार्यालयका संरचना भत्काउने काम सकिएसँगै नीजि संरचना भत्काउने सरकारी तयारी छ ।

तस्विरहरु : प्रष्टखबर डट कम र भिमसेन महतको फेसबुकबाट

2-1482920148.jpg
3-1482920149.jpg
4-1482920149.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार