Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

श्रमिकमा पुन : लम्साल

भीमसेन पौडेल
७ असोज, चौघडा । मकवानपुरगढी –६ मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्था लि. को अध्यक्षमा पुनः निर्मलाकुमारी लम्साल सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको छ । संस्थाको आज भएको चौथो वार्षिक साधारण सभाले लम्सालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।

उपाध्यक्षमा मानकुमारी पाख्रिन, सदस्यहरुमा मनकुमारी बल,सकुन्लता गिरी, सुनिताकुमारी लुङवा, मञ्जु योञ्जन, कुमारी गोङवा, भुवनकुमारी तिमल्सिना र सरला थापा चयन हुनु भएको छ । यसैगरी राधिका सापकोटाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिती चयन गरेको छ । सदस्यमा कृष्णमाया पाख्रिन र कल्पनाकुमारी गौतम रहेका छन् । 

साधारण सभामा संंस्थाको विकासमा महत्वपूर्ण सहयोग गर्ने जिल्ला कृषि सहकारी संघका अध्यक्ष एकराज उप्रेती र सहायक प्रवन्धक ज्योती सुवेदीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी ज्येष्ठ सदस्य सानुकान्छी थोकर, असली कारोवारी मनमाया भोम्जन, राजकुमारी रुम्वा लगायतकालाई समेत सम्मान गरिएको थियो । जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष निर्मलाकुमारी लम्सालको अध्यक्षतामा साधारण सभा भएको थियो ।

साधारण सभामा डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष  एकराज उप्रती, जिल्ला बचत तथा ऋण सहकारी संघकी सचिव कल्पना श्रेष्ठ,चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन दाहाल,नेपाल रेडक्रस सोसाईटी गढीका सभापति रामप्रसाद घिमिरे, पशु सेवा उपकेन्द्र चौघडाका प्रमुख उत्तम लाल दासले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार