Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

संसदीय पत्रकार मञ्चको अध्यक्षमा दाहाल

Samsadiya-1519125399.jpg

८ फागुन, हेटौँडा । पत्रकारलाई संघीय संसद तथा प्रदेशसभाको रिपोर्टिङमा सहजीकरण गर्ने उद्धेश्यका साथ हेटौंडामा संसदीय पत्रकार मञ्च गठन भएको छ ।
तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा मंगलबार भएको पत्रकारहरुको भेलाले गोरखापत्र दैनिकका संवाददाता राममणि दाहालको अध्यक्षतामा ९ सदस्यीय मञ्च गठन गरेको हो । मञ्चको उपाध्यक्षमा कान्तिपुर दैनिकका नगेन्द्र अधिकारी र सचिवमा साझाकुरा दैनिकका केशब समर्पण रहेका छन् । 
तु–खबर डटकमका कार्यकारी सम्पादक चन्द्र घलान सहसचिव र रेडियो थाहा सञ्चारकी सिर्जना नेपाल कोषाध्यक्षमा चयन भएकी छन् । मञ्चको सदस्यहरुमा नयाँ पत्रिका दैनिकका संवाददाता सुदिप शिवाकोटी, नागरिक दैनिकका संवाददाता अशोक सुजन श्रेष्ठ, प्रदेश दैनिकका संवाददाता प्रमोद अर्याल र रेडियो ताम्सालिङका दिलबहादुर लामा रहेका छन् ।
भेलामा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष कुमार अधिकारी, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष नानीमैयाँ विष्टलगायतको सहभागिता रहेको थियो । मञ्चले केही समयमा नै केन्द्रीय मञ्चसँग छलफल गरी पत्रकारलाई संसदीय रिपोर्टिङ सम्बन्धी तालिमको आयोजना गर्ने निर्णय गरेको छ । प्रदेशसभा सचिवालयसँग समन्वय गरी पत्रकारलाई संसदीय रिपोर्टिङमा सहजीकरण गर्नलाई आगामी दिनमा मञ्चले भूमिका खेल्ने नवनिर्वाचित अध्यक्ष राममणि दाहालले बताए । 
देश संघीयतामा गइसकेपछि प्रत्यक प्रदेशमा संसदीय अभ्यास हुने भएकाले त्यसको लागि पत्रकारको दक्षता, क्षमता अभिवृद्धि तथा अन्य सहयोगको लागि मञ्च गठनको आवश्यकता परेको हो । यसअघि केन्द्रीय राजधानीमा मात्र गठन भएको मञ्चको तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा पहिलो शाखा विस्तार गरेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार