Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सखित्व सहकारीको आठौं साधारण सभा सम्पन्न

Sakhitwa-(1)-1537594308.JPG

६ असोज, हेटौँडा । हेटौँडा–५ मा रहेको सखित्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । हेटौँडा वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष बालकृष्ण शर्मा घिमिरेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा बोल्दै वडा अध्यक्ष बानियाँले समृद्धिको आधारको रुपमा रहेको सहकारी र स्थानीय तहबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले सहकारीले आर्थिक कारोबारको साथै सामाजिक हितका काम पनि गर्नुपर्ने बताउँदै सहकारी र वडा कार्यालयबीचको सहकार्यबाट वडामा धेरै सामाजिक काम गर्न सकिने दावि गरे । कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण शर्मा घिमिरेबाट संस्थागत प्रतिवेदन, सचिव लिलानाथ ढुंगेलबाट बार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक दामोदर तिमल्सिनाबाट लेखा परिक्षण प्रतिवेदन, ऋण उपसमिति संयोजक गोविन्द पोखरेलबाट ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा दैनिक बचतकर्ता हेटौँडा–४ का निरबहादुर खड्का र उत्कृष्ट ऋणी हेटौँडा–५ का शान्ताकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा हेटौँडा क्याम्पसका सह–प्राध्यापक देविराम लामा, मकवानपुर बहुमुखी क्याम्पसका सह–प्राध्यापक उत्तम अर्याल, कार्यसमिति सदस्य गिता सञ्जेल, शेयर सदस्य बीरबहादुर गोले लगायतले मन्तव्य व्यक्त गरेका थिए । सहकारीले गत साउनसम्ममा २ करोड ३६ लाख ३३ हजार ७ सय ९१ रुपैँयाको कारोबार गरेको छ ।

Sakhitwa-(2)-1537594310.JPG
Sakhitwa-(3)-1537594312.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार