Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सजिलोको साधारणसभा सम्पन्न

Sajilo-Sahakari-1515684692.jpg

२७ पुस, हेटौँडा । हेटौंडा ४ स्थित सजिलो उपभोक्ता सहकारी संस्था लि.को सातौ बार्षिक साधारण सभा बिहीबार हेटौंडामा भएको छ । 

साधारणसभामा संस्थाका अध्यक्ष शेर बहादुर पहरीले संस्थाको आर्थिक वर्ष २०७३/०७४ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७४/०७५ को कार्य योजना पेश गरेका थिए । संस्थाका कोषाध्यक्ष दिपक सुबेदीले आर्थिक वर्ष २०७३/७४ मा संस्थाले २ करोड २३ लाख ५६ हजार ५ सय २ रुपैयाँ कारोबार गरेको जानकारी दिए । संस्थाका लेखा समितिका संयोजक राम बहादुर गुरूङले लेखा समितिको प्रतिवेदन र संस्थाका ऋण उपसमितिका संयोजक ध्रुव प्रसाद अधिकारीले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले उत्कृष्ट बचतकर्ता तर्फ संगिता केशरी, जिवनाथ अधिकारी र राजेन्द्र दोङ, उत्कृष्ट बाल बचत कर्ता हर्षित लामिछाने र आयुष्मा खड्का, उत्कृष्ट ऋणी लोक बहादुर तिमल्सिना, अमला खड्की र गोविन्द बजगाईलाई सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष पहरीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा साधरणसभा भएको हो । सहकारीमा २ सय ९ जना शेयर सदस्य रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार