Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

'सडक विस्तार गर्दा कम क्षति हुने उपाय खोज्नु जरुरी छ'

Mahendra-Raut-1483619421.jpg

महेन्द्र राउत
महासचिव
मकवानपुर उद्योग बाणिज्य संघ

बर्षौदेखि चर्चा रहेको हेटौँडामा २५ मिटर सडक विस्तारको काम एक साता अघिबाट शुरु भएको छ । यसले हेटौँडामा ठूलो तरंग ल्याएको छ । सरकारी कार्यालयका संरचना भत्काएसँगै प्रशासन नीजि संरचना भत्काउनतर्फ तयारीमा जुटेको छ । यसले गर्दा हेटौँडा बजार क्षेत्रमा तनाव उत्पन्न भएको छ । सडक विस्तार र व्यवसायिक समस्यामा केन्द्रित रहेर प्रष्टखबरले मकवानपुर उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउतसँग अन्तरवार्ता गरेको छ ।

हेटौँडामा सडक विस्तारको काम शुरु भएको छ, व्यवसायिक संस्थाको दृष्टिकोणले यसलाई कसरी हेर्नु भएको छ ?

सडक विस्तारबारे मकवानपुर उद्योग बाणिज्य संघले बर्षौ अघि नै आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । हेटौँडा बजारको अवस्था हेर्दा २५ मिटर सडक विस्तारले ठूलो आर्थिक क्षति हुनेमात्रै होइन बजारको स्वरुपमा ठूलो क्षति पुग्छ । त्यसैले हामीले बर्षौदेखि यसको विकल्पमा विभिन्न अवधारणा प्रस्तुत गरेका छौं । उद्योग बाणिज्य संघले बाईपास सडक विस्तार गरी हेटौँडा बजारको संरचना सुरक्षित गर्ने अवधारणा प्रस्तुत ग¥यौं र यसमा लगानी समेत भएको छ । दोस्रो विकल्पको रुपमा बजार क्षेत्रका संरचना भत्काउने भए उचित क्षतिपूर्तिसहितको प्रस्ताव अघि बढायौं । सबै विकल्पबारे माथिल्लो तहमा सहमतिको प्रयास जारी रहेको अवस्थामा एक साता अघि सरकारी कार्यालयका संरचना भत्काई १५ दिने सूचना निकालेर आतंकित पार्ने काम भएको छ ।

सडक विस्तारको काम त शुरु भईसक्यो, अब कुनै विकल्प बाँकी छ ?

अझै पनि विकल्प बाँकी रहेको मैले देखेको छु । सरकारले २५÷२५ मिटरको अवधारणा अघि सारेको छ । यसले करोडौंको क्षति भई धेरैजना घरबारविहिन र व्यवसायीहरु विस्थापित हुने अवस्था छ । यसलाई कम गर्न उचित क्षतिपूर्ति उपलव्ध गराई १५÷१५ मिटर कायम गर्ने र व्यवस्थापनका लागि घरधनी र व्यवसायीलाई पर्याप्त समय उपलव्ध गराउन सकिन्छ । यसले अहिले सिर्जना भएको आंतक केही कम हुन्छ भन्ने हाम्रो अवधारणा हो । यसबारे केन्द्रबाट कार्यदल समेत गठन भई काम भईरहेको अवस्थामा रहेपनि अहिलेको अवस्थाले परिस्थिति विग्रिएको छ । अहिले पनि उद्योग बाणिज्य संघको टोली केन्द्रमा अहिलेको अवस्था अन्त्यका लागि डेलिगेशनमा छ । सबै विकल्पबारे मकवानपुर उद्योग बाणिज्य संघले जिल्लास्थित राजनैतिक दल, प्रशासनिक निकाय र केन्दीय तहसम्म लविङ गरिरहेको छ । आशा छ, हामी यसमा सफल हुने छौं ।

अहिले सडक विस्तार गर्दा के समस्या देख्नु हुन्छ ?

धेरै समस्या छ । हेटौँडा बजारका सडक दायाबायाँ हजारौं व्यवसायीहरुले व्यवसाय गरिरहेका छन् । कयौं परिवार आश्रित छन् । छोटो समयमा स्थानान्तरण हुनु चुनौतिपूर्ण छ । राज्यले जनतालाई दुःख दिन होइन सेवा गर्ने हो, त्यसैले छोटो समयको सूचना जारी गरेर त्रास उत्पन्न गर्नु राज्यको गैरजिम्मेवारीपन हो । बजार नै स्थानान्तरण गर्ने हो भने सबै व्यवसायीले कोठा पाउने अवस्था छैन । त्यसमाथि नयाँ ठाउँमा स्थानान्तरण हुन खोज्दा चर्को भाडा माग भईरहेको छ । सबैतर्फबाट व्यवसायीलाई अठ्याउने काम भएको छ । मकवानपुर उद्योग बाणिज्य संघले यसबारेमा आवाज उठाईरहेको छ । अन्तिम अवस्थामा हामी गम्भिर ढंगको संघर्षमा उत्रन बाध्य हुने छौं । विस्थापित पक्षलाई स्थापित गर्न पनि राज्यले गम्भिर चासो दिनु जरुरी छ ।

स्थानीय प्रशासनसँग मकवानपुर उद्योग बाणिज्य संघको के अपेक्षा छ ?

स्थानीय प्रशासनसँग हाम्रो एकमात्रै आपेक्षा भनेको अहिले जसरी हेटौँडा बजारलाई आतंकित पार्ने काम भईरहेको छ, यसलाई बन्द गर्नुप¥यो । संघलाई विकास विरोधी संस्थाको रुपमा प्रस्तुत गर्न खोजिदैछ, संघ विकासको पक्षमा छ । तर समन्वयका आधारमा काम गर्न सके सबै पक्षको हित हुन्छ भन्ने हाम्रो भनाई हो । जिल्लाका राजनैतिक दलले पनि उचित क्षतिपूर्ति र समयका लागि अपिल गरिरहेको सन्दर्भमा, मकवानपुर उद्योग बाणिज्य संघले पनि समान धारणा धेरै अघि राखेको छ । यही विषयमा प्रशासन, राजनैतिक दल, संघ र नागरिक समाजबीच समन्वय भए अहिलेको जस्तो गम्भिर अवस्था आउने छैन । अन्यथा भोली यसले अकल्पिनिय रुप लिन सक्छ, यो सबैको हितमा नहुन सक्छ ।

यो अवस्थामा संघको स्वर्ण महोत्सव कसरी मनाउनुहुन्छ ?

हामी मकवानपुर उद्योग बाणिज्य संघको ५० बर्षको इतिहासलाई गौरवपूर्ण ढंगबाट मनाउने तयारीमा जुटिरहँदा अहिले हेटौँडा त्रासमा छ । यसले हाम्रो उत्साहमा केही कमी आएको पक्कै पनि हो । तर हामी व्यवसायिक हितका लागि संघर्ष र स्वर्ण महोत्सवलाई एकसाथ अघि बढाउँछौं । व्यवसायीहरुको अधिकारका लागि लड्दै ५० बर्ष पुगेको यो अवसरमा अधिकारका लागि एकतावद्ध भएर अघि बढ्न र स्वर्ण महोत्सवलाई भव्यरुपमा मनाउन व्यवसायीहरुमाझ आग्रह गर्दछु ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार