Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सर्टिफिकेट राखेर ऋण दिन नेविसंघको माग

2-1516966760.jpg

१२ माघ, हेटौँडा । नेपाल विद्यार्थी संघ कृषि तथा वन विश्वविद्यालय ईकाईद्वारा शुक्रबार केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित पदाधिकारीलाई स्वागत एवं अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष महरले देशभर ८० लाख विद्यार्थी पढ्ने शैक्षिक संस्थाहरुप्रति जुनै सरकार आएपनि केही नगरेको आरोप लगाएका छन् । अब देश संघियतामा गैसकेकाले अब बन्ने स्थायी सरकारले विद्यार्थीहरुलाई सर्टिफिकेट राखेर ऋण दिएर उपयुक्त विषय पढ्ने अधिकार दिनुपर्ने भन्दै कोही पनि विद्यार्थी आफूलाई मन लागेको विषय पढ्नबाट बञ्चित हुने बाताबरण बन्न नहुने महरको भनाई थियो ।
कार्यक्रममा नेविसंघ केन्द्रीय उपाध्यक्ष सन्जय यादव, काँग्रेस मकवानपुरका पार्टी कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, वन विज्ञान अध्ययन संस्थानका कार्यबाहक स्ववियु सभापति सुदिप भट्टराई, टियु केन्द्रीय क्याम्पस समिति सचिव विभव शर्मा, विद्यार्थी केन्द्रीय नेता हिमाङ्क भण्डारी, सन्तोष चापागाई, तरुण दल जिल्ला सचिव सचित थापा, तरुण नेता शैलेन्द्र बानियाँ, प्रेस युनियन मकवानपुरका सहसचिव सुजन विडारी, नेविसंघ नेता दीपक फुयाँल, मनोज बुर्लाकोटी, प्रतिक विक्रम शाह, दीपेन्द्र ढुंगानालगायतका नेविसंघ जिल्ला नेताहरु तथा बन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
नेविसंघ केन्द्रीय अध्यक्ष महरसहित केन्द्रीय पदाधिकारीहरु बीरगंजमा सिमा मिचिएको बारे त्यहाँका स्थानीयसंग अन्तरक्रिया गरेर फर्कने क्रममा नेविसंघले हेटौंडामा स्वागत तथा अन्तरक्रिया कार्यक्रम राखेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

थप समाचार