Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सहकारी भवन शिलान्यासमा बानियाँद्वारा विपिको स्मरण

Baniya1-1520597077.jpg

२५ फागुन, हेटौँडा । हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको निर्माण हुन लागेको भवनको ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले शिलान्यास गरेका छन् ।

कार्यक्रममा बोल्दै सांसद बानियाँले सहकारीको माध्यमबाट शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तरमा बृद्धि गर्न सकिनेमा जोड दिए । महामानव विपि कोईरालाले २०१६ सालमा नै सहकारीताको माध्यमबाट जनताहरुको जीवनस्तरमा सुधार हुने भन्दै सहकारी अभियान संचालन गरेको स्मरण गर्दै उनले सहकारी संस्थाले उत्पादन बृद्धि र आर्थिक उपार्जनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोडि दिए । कार्यक्रममा शिवम सिमेन्ट्स लिमिटेडका नायव महाप्रवन्धक मोहनलाल कर्णले सहकारीले समाजमा छरिरहेको पूँजि एकिकृत गर्दै आर्थिक समृद्धिका लागि योगदान गरेको भन्दै संस्थाको भवन बनाउन आफ्नो उद्योगले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर सहयोग गर्ने बताए ।

सहकारीका अध्यक्ष गौरवकुमार पराजुलीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा हेटौडा–६ का वडा सदस्य राजकुमार बास्तोला, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल,नारीचेतना सहकारीकी अध्यक्ष ज्ञानु अर्याल,चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, सल्लाहकार बासुदेव सापकोटा, उदय विडारी, व्यवसायी रवि श्रेष्ठ, संस्थाका संचालक समिति,लेखा समिति,शेयर सदस्य,शुभचिन्तक लगायतको उल्लेख्य सहभागिता रहेको थियो । २०५५ सालमा २९ जना शेयर सदस्यहरुबाट शुरु भएको यो संस्थामा हाल ५ सय २५ जना शेयर सदस्यहरु आवद्ध छन । संस्थाले ३ वर्ष अगाडि साढे ९ धुर जग्गा खरिद गरेको थियो ।

संस्थाको भवन बनाउन बानियाँ निर्माण सेवा बाट ६ बन्डल रड,हेटौडा–१७ चुच्चेखोला निवासी उदय विडारीले २ टीपर डस्ट र २ टीपर ढु«ङगा, हेटौडा–६ चौघडा निवासी कमलप्रसाद सुवेदीबाट २ टयाक्टर गिटि, हेटौडा–१७ चुच्चेखोला निवासी दिनेश राईबाट २ टयाक्टर बालुवा सहयोग भएको छ । ३ कोठे पक्की भवन बनाउन करीव ३० लाख खर्च हुने अनुमान संस्थाले गरेको छ । भवन निर्माण भएपछि रेमिट्यान्स लगायत बहुउद्धेश्यीय काम गर्ने संस्थाको लक्ष्य रहेको छ । ६ नम्वर वडामा यो मात्रै बहुउद्धेश्यीय सहकारी संस्था रहेको व्यवस्थापक भीमसेन पौडेलले बताए ।

Baniya2-1520597225.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार