Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिगः सातौँ चरणका खेल सकिए

A-division_BWmphyP5mE-154-1544446744.jpg

२४ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबारका खेलहरुसँगै सातौ चराणका खेलहरु सकिएका छन् ।
सातौं चरणको समाप्तीसम्म २१ अंक जोडेको मनाङ मस्र्याङदी क्लब अंकतालिकाको शीर्ष स्थानमा छ । सोमबारको खेलमा मच्छिन्द्र क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङले शीर्ष स्थानको अग्रता फराकिलो पारेको छ ।
सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङको जितका लागी अफिज ओलावालेले गरेको गोल निर्णायक बन्यो । 
यस अघि मनाङका अन्जन विष्टले प्रहार गरेको पेनाल्टीलाई मच्छिन्द्रका गोलरक्षक दीप कार्कीले उत्कृष्टा बचाउँ गरेका थिए । जितसँगै मनाङले लिगमा आफ्नो शतप्रतिशत विजयी यात्रालाई निरन्तरता दिएको छ ।
यस्तै लिगअन्तर्गत् सोमबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हरायो । खेलामा आर्मीलाई विजयी गराउन टंक बस्नेतले गरेको एकमात्र गोल निर्णायक बन्यो ।
यी खेलहरुपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातौं चरणका खेलहरु सकिएका छन् ।
सातौं चरणको समाप्तीसम्म २१ अंक जोडेको मनाङ अंकतालिकाको शीर्ष स्थानमा छ । १८ अंकका साथ थ्रीस्टार क्लब र संकटा क्लब क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहँदा चौथो स्थानको त्रिभुवन आर्मी क्लबको १७ अंक छ । नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले ११/११ अंक जोडेका छन् ।
प्रतियोगिताअन्तर्गत् आठौं चरणका खेलहरु बिहीबारदेखि हुनेछन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार