Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सामुदायिक वन दिवसमा मन्त्रीले बाँडे पुरस्कार

IMG_0718-1533886474.JPG

२५ साउन, हेटौँडा । सामुदायिक वनको माध्यमबाट समृद्धि प्राप्त गर्न सकिने भएकाले अव सामुदायिक वनले आयआर्जनको काम गर्नु पर्ने प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बताएका छन् ।
तेश्रो राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुर र जिल्ला वन कार्यालय, मकवानपुरको संयुक्त आयोजना तथा रानी सामुदायिक वन उपभोक्ता समूह हेटौडा–६, चौघडाको व्यवस्थापनमा विभिन्न सामुदायिक वन, कबुलियती वन, निजी वन, संचारकर्मीलाई सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्दै मन्त्री नेपालले यस्तो कुरा बताएका हुन् ।
राजनैतिक आन्दोलन समाप्त भएको र अव आर्थिक समृद्धिको काम थाल्नुपर्ने बताउँदै मन्त्री नेपालले सामुदायिक वनले अव छिटो आम्दानी दिने रुख लगाउनु पर्नेमा जोड दिए । कार्यक्रममा सामुदायिक वन तर्फ हेटौडा–६ को चित्रेपानी सामुदायिक वन प्रथम, डिपाट सामुदायिक वन दोश्रो, बुङदल सामुदायिक वन तेश्रो भएका थिए । यसैगरी राष्ट्रपति चुरे संरक्षण तर्फ चिसापानी सामुदायिक वन प्रथम, ज्योति सामुदायिक वन दोश्रो र कुखरेनी सामुदायिक वन तेश्रो भएका थिए ।
कबुलियति वन तर्फ भोर्ले कबुलियती वन प्रथम, ऋषिदमार कबुलियति वन दोश्रो, लिसीदमार कबुलियति वन तेश्रो र बाहुनडाँडा कबुलियति वन र बुद्धचौर कबुलियति वनले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहलाई वनडढेलो नियन्त्रण पुरस्कार समेत प्रदान गरेको छ । 
कार्यालय व्यवस्थापनमा रानी सामुदायिक वन, पर्यापर्यटनमा चुच्चेखोला सामुदायिक वन, वनडढेलो नियन्त्रणमा सुन्दर सामुदायिक वन, उद्यमशिलतामा पिप्लेपोखरा सामुदायिक वन आयआर्जनमा पशुपति सामुदायिक वन,वृक्षारोपणमा मनकामना सामुदायिक वन र संचारकर्मीमा भीमसेन पौडेललाई सम्मानित गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, मध्यमान्चल क्षेत्रीय वन कार्यालयका सहायक वन अधिकृत नवराज न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, महासंघ मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, सचिवालय सदस्य रामहरी चौलागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार