अर्थ

सिर्जनशिल समाजको एघारौं साधारण सभा

Srijansil-Photo-1510403190.jpg

२५ कार्तिक, हेटौँडा । मकवानपुरगढी–४ कालिखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष कृष्णबहादुर विडारीले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष ईन्द्रप्रसाद चौलागाईले आर्थिक तथा ऋण उप–समितिको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक माधव चौलागाईले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । 
भेलामा संचारकर्मी भीमसेन पौडेल, असली कारोबारी तिर्थमाया कठायत, उद्यमशिल ऋणी गायत्री तिमल्सिना, ज्येष्ठ नागरिक विष्णुप्रसाद लामिछाने, बढि कारोबार गर्ने तारा विडारी, मनिषा शाही, अधिक बाल बचतकर्ता अस्मिता घलान, एसईईमा उत्कृष्ट अंक ल्याउने गंगा सापकोटा र सहकारीलाई महत्वपूर्ण सहयोग गर्ने चिरन्जीवि न्यौपानेलाई सम्मान गरिएको थियो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुरप्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा भएको भेलामा पूर्व सांसद प्रल्हाद लामिछाने, हिमाल महिला बहुद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष जानुका दाहाल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, सुसेली सामुदायिक वनका अध्यक्ष विजय लामा, संस्थाका सचिव शान्तप्रसाद दाहाल, सदस्य लक्ष्मण भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
५ सय ५८ शेयर सदस्य आवद्ध संस्थाले आव ०७३/७४ मा १ करोड ३९ लाख रुपैँया कारोबार गरेको छ ।


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
हेटौँडा राजधानी भएकोमा दीप प्रज्वलन
dip-prajwalan-1516718341.jpg

९ माघ , हेटौंडा । ट्रेड युनियन काँग्रेस  संग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) मकवानपुरको...

घरेलु मदिरा  र  गाँजा सहित मानिस पक्राउ
D-Police-1506340151-1516716250.JPG

९ माघ, हेटौँडा । प्रहरी चौकी ठुलोदमार  बाट खटिएको प्रहरी टोलीले  हेटौँडा  १८ स्याउली बजारको सडक खण्डमा सवारी...

हेटौँडा क्याम्पसमा सेमेष्टर प्रणाली शुरु
Hetauda-Campus-1516715412.jpg

९ माघ, हेटौँडा । हेटौँडा क्याम्पसले आगामी शैक्षिक सत्रदेखि एमएड कक्षालाई समेस्टर प्रणालीमा लगेको छ । क्याम्पसले...

माके को  राष्ट्रियसभामा १३ को उम्मेदवारी(हेनुहोस सुचि सहित)
Flag_of_the_Communist_Par-1516706620.png

९ माघ, हेटौँडा । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी टुङ्गो...

समस्या समाधान गर्न संघको आग्रह
nirman1-1516635601.jpg

८ माघ, हेटौँडा । आफ्ना सदस्यहरुको काममा अवरोध भएको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले समस्या समाधानका लागि...

मउवा संघद्वारा डा. उपाध्यायको सम्मान
MCCCC-1516635139.JPG

८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद...

हेटौंडालाई स्थायी मुकाम बन्न कसैले रोक्न सक्दैनः बानियाँ
Indra-dai-1516633031.jpg

८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको...

राजदेवीमा ३९ लाख रकम संकलन
Rajdevi.-1516626582.jpg

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

फागुन १ बाट फुटपाट व्यवस्थित गरिने
Mcci-Photo-1516626392.jpg

८ माघ, हेटौँडा । फागुन १ गतेबाट हेटौँडामा फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने भएको छ ।  मकवानपुर उद्योग वाणिज्य...

थप समाचार