Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

सुदुरपश्चिम र आर्मी हक्कीको सेमिफाइनलमा

Hockey-1516107851.jpg

२ माघ, हेटौँडा । नेपाल हक्कि संघको आयोजनामा हेटौँडामा जारी १७ औं राष्ट्रिय पुरुष तथा दोस्रो महिला हक्की प्रतियोगितामा मंगलबार ४ खेल भएका छन् ।

बन विज्ञान अध्ययन संस्थानको चौरमा भएको पहिलो पुरुषतर्फको खेलमा सुदरपश्चिममाञ्चल विजयी भएको छ । सुदुरपश्चिमले पश्चिमाञ्चललाई २–० गोलले पराजित गरेको हो । सुदुरपश्चिमका लागि दिपकराज जोशी र राजेश विष्टले गोल गरेका छन् ।  दुई खेल जितेको सुदुरपश्चिमाञ्चल सेमीफाइनल पुगेको छ । 

त्यस्तै, नेपाल अर्मी र मध्यपश्चिमाञ्चलको खेलमा आर्मी विजयी भएको छ । आर्मीले ४–० गोलले मध्यपश्चिमलाई पराजित गरेको हो । आर्मीका लागि देवसिं धामी र दिपेन्द्र ऐरले २÷२ गोल गरेका थिए । दुई खेलमा जित हासिल गरेको आर्मी पनि सेमीफाइनलमा प्रवेश गरेको छ । 

महिलातर्फको खेलमा नेपाल आर्मी र पूर्वाञ्चल बीच प्रतिष्पर्धा भएको थियो । नेपाल आर्मीले ६–० को गोल नतिजामा खेल आफ्नो पक्षमा पारेको छ । आर्मीका लागि सितामाया बलले ४, टंकमाया खपांगीले १ र पिंकी सिञ्जालीले १ गोल गरेकी छिन् । सुदुरपश्चिमाञ्चल र पश्चिमाञ्चलबीचको खेलमा पश्चिमाञ्चल १–० गोलले विजयी भएको छ ।  पश्चिमाञ्चलका लागि विजयी गोल मधुकुमारी सर्राले गरेकी थिईन् ।

राष्ट्रिय खेलकुद परिषद च्यापिन्यनसिप अन्तरगतको प्रतियोगितामा महिला र पुरुष गरी ११ टिमको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार