Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सुमार्गीले सोधे – विदेशी लगानी ल्याउनु पाप हो ?

ArunRaj-Sumaargi-1515912980.jpg

३० पुस, हेटौँडा । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले बैदेशिक लगानी भित्र्याउँदै नेपालमा दुःख दिने काम भएको बताएका छन् ।

बीरगंज उद्योग बाणिज्य संघको ४२ औं बार्षिक साधारणसभामा बोल्दै केन्द्रीय सदस्य सुमार्गीले पछिल्लो समय आफुमाथि एक संचारमाध्यम निरन्तर पछि लागेको भन्दै विदेशी लगानी भित्र्याएकै कारण दुःख दिने काम हुन नहुने बताए । उनले नेपालमा उद्योग गर्नका लागि बैदेशिक लगानी भित्र्याउँदा पाप गरेको ठान्ने हो भने बैदेशिक लगानी फिर्ता गर्ने वातावरण पनि तयार गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो व्यवसायिक समूहले बैदेशिक लगानी भित्र्याएर गल्ति गरेको भए सजाय भोग्न तयार रहेको बताउँदै नभए यसबारे अर्थमन्त्रालयले बोल्नुपर्नेमा जोड दिए । राष्ट्रिय पूँजीको अभावमा विकास सम्भवन नरहेको भन्दै यसका लागि अत्यावश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा सहभागी अर्थराज्यमन्त्री उदयसम्शेर राणाले देशको आर्थिक विकासका लागि लगानी मैत्री वातावरण बनाउन सरकार तयार रहेको बताए । अर्थराज्यमन्त्री राणाले अब राजनैतिक संक्रमणकाल सकिएको बताउँदै अबको समय आर्थिक समृद्धिमा खर्चनुपर्नेमा जोड दिए । बैदेशिक लगानी भित्र्याउने वातावरण तयार गर्न सरकारले काम गरिरहेको बताउँदै उनले नेपाली कांग्रेसले आर्थिक गतिविधिलाई प्राथमिकता दिने बताए । उहाँले देशको अर्थतन्त्रलाई सहयोग गर्न नेपाली कांग्रेसको भूमिका रहनेमा जोड दिए ।

कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, उपप्रमुख शान्ति कार्की, संघका पूर्व अध्यक्ष अशोक बैद्य, प्रदिप केडिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

थप समाचार