३ पुष, हेटौँडा । स्पेनिस ला लिगा फुटबलको लिडर बार्सिलोनाले आइतबार रातिको खेलमा प्रभावशाली जित निकाल्दै ६ अंकको अग्रता कायम गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले डिप्रोटिभो डि लाकोरुनालाई ४–० ले हराएको हो ।
बार्सिलोनाको जितमा लुइस स्वारेज र पाउलिन्होले दुई दुई गोल गरे । दुई गोल पहिलो हाफमा र थप दुई गोल दोस्रो हाफमा भएको हो । २९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ४१ औं मिनेटमा पाउलिन्होले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २–० को अग्रता दिलाए । ४७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० मा पुग्यो । यस्तै ७५ औं मिनेटमा पाउलिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को जित दिलाए ।
आइतबारको खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीले दुई गोलका लागि सहयोग गरे पनि गोल भने गर्न सकेनन् । मेस्सीले प्रहार गरेको बल तीनपटक बारमा लागेर फर्किएको थियो । यस्तै उनले पाएको एउटा पेनाल्टी पनि मिस गरेका थिए ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको १६ खेलबाट ४२ अंक भएको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ६ अंकले अघि रहेको छ । एथ्लेटिको मड्रिडको ३६ तथा तेस्रो स्थानको भ्यालेन्सियाको ३४ अंक छ भने एक खेल कम खेलेको चौथो स्थानको रियल मड्रिडको ३१ अंक छ ।
आइतबारराति नै भएका अरु खेलमा जिरोनाले गेटाफे तथा भिल्लारियलले सेल्टा डि भिगोलाई समान १–० ले हराए । यस्तै लास पालमस र इस्पानियोलले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
(एजेन्सी)
७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...
७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...
७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...
७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...
७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...
६ बैशाख, हेटौंडा। गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...
६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...
६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...
६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...