Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रको पत्रकारसंग अन्तरक्रिया

28170866_1545754928843145-1518705920.jpg

सुनिल शिवाकोटी 
३ फागुन, हेटौँडा
।  बिहिबार हेटौँडामा  परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य सेवा सम्बन्धि  अन्तरक्रिया भएको  छ । स्वास्थ्य मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र टेकुको आयोजनामा मकवानपुरका रहेका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको हो।

अन्तरक्रिया कार्यक्रममा  नेपालमा परिवार नियोजनको साधनको प्रयोग दरमा क्रमिक वृद्धि हुँदै गईरहेको बताईएको छ ।   नेपालमा सन १९९६ मा २९ प्रतिशत रहेको परिवार नियोजनको प्रयोग दर  मा सुधार भई सन् २०१६  सम्मा परिवार नियोजनको प्रयोग दर  ५३ प्रतिशतमा पुगेको बताईएको छ ।  त्यसै गरी सन् १९९६ मा २६ प्रतिशतमा रहेको आधुनिक साधनको प्रयोग दरमा वृद्धि भई सन् २०११ सम्म आईपुग्दा ४३ प्रतिशत पुगेको  तर आधुनिक साधनको प्रयोग दर सन् २०११ को दाँजोमा २०११ मा सामान्य रुपका कम भएको र सन् २०११ को दाँजोमा २०१६ मा स्थिर भएको  सञ्चार केन्द्रले जनाएको छ ।   कार्यक्रममा परम्परागत तरिकाको परिवार नियोजनको साधनको प्रयोग दर भने बढेको बताईएको छ जसमा प्रजनन उमेरका महिलाहरु  र  दम्पतिमा बढि प्रयोग भएको परिवार नियोजनको सेवामा क्रमशः मिनिल्याप, डिपो र भ्यासेक्टोमी रहेको छ  जसामा ७ वटा प्रदेश मध्य प्रदेश नम्बर ३ मा ४९ प्रतिसत विवाहित जोडीले आधुनिक तरिकाको परिवार नियोजनको साधनको प्रयोग  गर्ने गरेको बताएईको छ । त्यसैगरी विवाहीत महिलाहरुमा परिवार नियोजन साधनको अपरिपूर्त माग दर २४ प्रतिशत  रहेको बताईएको छ । जसमा ८ प्रतिशत अस्थायी साधन र १६ प्रतिशत स्थायी साधन  रहेको छ ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा  नवजात शिशुलाई सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट निःशुल्क स्वास्थ्य स्याहार तथा उपचार सेवा प्रदान गरिएको  र उक्त सेवा प्रदान गरेबापत स्वास्थ्य संस्थालाई तोकिएको रकम उपलव्ध गराईने बताईएको छ । त्यस्तै  देशभरका सरकारी स्वास्थ्य सस्थाबाट  नवजात शिशु केन्द्रित सेवाहरु प्रदान गरिएको र जन्मदा सास नफेरेको वा नरोएको शिशुको पहिचान , जन्मदै कम तौल भएको शिशुको मूल्याङ्कन  र शिताङ्गको रोकथामका लागि  मूल्याङ्कन तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको बताईएको छ । त्यस्तै  सुरक्षित मातृत्व लगायतका आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क रुपमा प्रदान गरिने रणनीतिलाई  निरन्तरता दिईएको समेत बताएको छ ।
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर मदन उपाध्यायको सभाध्यक्षतामा भएको  कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक कुञ्जप्रसाद जोशी, स्वास्थ्य शिक्षा अधिकृत आभा श्रेष्ठ , लोकराज पाण्डे तथा डा  शशी कंडेलले सहजिकरण गरेका थिए । कार्यक्रममा मकवानपुरमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
 

interact-1518705920.jpg

कार्यक्रममा सहजिकरण गर्दै केन्द्रका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक कुञ्जप्रसाद जोशी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार