Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

हक्कीमा आर्मी, सुदुरपश्चिम र मध्यमाञ्चल विजयी

Hockey-1516025004.JPG

१ माघ, हेटौँडा । नेपाल हक्कि संघको आयोजनामा सोमबारदेखि हेटौँडामा १७ औं राष्ट्रिय पुरुष तथा दोस्रो महिला हक्की प्रतियोगिता शुरु भएको छ । 
बन विज्ञान अध्ययन संस्थानको चौरमा आज भएको महिला हक्कीको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ । साविक विजेता सुदरपश्चिम लाई १–० गोल अन्तरले पराजित गर्दै उपविजेता नेपाल आर्मीले विजयी शुरुवात गरेको छ । आर्मीको तर्फबाट सरिता मेचेले खेलको ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । महिलाको दोस्र्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई १–० ले पराजित गरेको छ । मध्यमाञ्चलका लागि सिमा खड्काले निर्णायक गोल गरिन् ।
पुरुषतर्फ भएको पहिलो खेलमा साविक विजेता नेपाली आर्मीले पूर्वाञ्चललाई ८–० गोलको फराकिलो नतिजामा पराजित ग¥यो । आर्मीका लागि दिपसिं धामी ४, राम साहले ३ र सत्यनारायण चौधरीले १ गोल गरेका छन् । दोस्रो खेलमा सुदुरपश्चिमाञ्चलले मध्यमाञ्ललाई १–० ले पराजित गरेको छ । सुदुरपश्चिमका लागि सुरेशप्रसाद जाशीले गोल गरेका थिए ।
प्रतियोगिताको हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले उद्घाटन गर्नुभएको थियो । नेपाल हक्कि संघका उपाध्यक्ष मनिष झाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना तथा हक्की संघका सचिव रन्जन थापाले मन्तव्य राख्नु भएको थियो ।  माघ ६ गतेसम्म हुने प्रतियोगितामा पुरुषततर्फ ५ विकास क्षेत्र र नेपाली आर्मीको टिम गरी ६ टोली र महिलातर्फ ४ विकास क्षेत्रको टिम र नेपाल आर्मी गरी ५ टिमले प्रतिष्पर्धा गर्ने छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार