Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

हात्तिलेटमा कालोपत्रे गरेको भोलिपल्टै उक्किएपछि स्थानीय आक्रोशित (भिडियोसहित)

Pich-1531559382.jpg

३० असार, हेटौँडा । समय छँदा काम गर्न नआएको निर्माण व्यवसायीले केही दिन अघिबाट शुरु गरेको कालोपत्रे उक्किएपछि हेटौँडा–६ हात्तिलेटका स्थानीय आक्रोशित भएका छन् । 
चौघडा–रंगशाला सडक अन्तरगत शुक्रबार साँझ गरेको हात्तिलेट क्षेत्रको कालोपत्रे शनिबार उक्किन थालेपछि स्थानीय आक्रोशित भएका हुन् । उनीहरुले गुणस्तरीय काम गर्नुपर्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताएका छन् । ‘माटोमाथि नै कालोपत्रेका कारण यस्तो भएको हो ।’–एक स्थानीयले भने । हेटौँडा ६ नम्बर वडा कार्यालयले काम नगरेको भन्दै कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्राचार गरेपछि केही दिन अघि काम थालेको शुभेच्छा निर्माण सेवाले कमसल काम गरेको उनीहरुको भनाई छ । 
‘हिजो साँझ गरेको पिच आज विहानै उक्किन थालेको छ ।’–स्थानीय प्रतिक्षा चौलागाईले भनिन्–‘तर हेटौँडा उपनगरपालिकाका इन्जिनियरहरुले वास्ता गरेका छैनन् ।’ दिनदिनै पानी परिरहेको अवस्थामा निर्माण व्यवसायीले चिसो जमिनमा कालोपत्र गरिरहेको उनीहरुको भनाई छ । भिजेको जमिनमा कालोपत्रे गर्दा राज्यको लगानी खेर जाने तर कालोपत्रे नटिक्ने उनीहरुको भनाई छ । निर्माण व्यवसायीले क्रसिङ गरेको गिटि नहाली कमसल गिटि र बालुवा छरेर खाल्डो पुरेको पनि स्थानीयको गुनासो छ । 
हेटौँडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले कालोपत्रेबारे गुनासो आएपछि उपमहानगरपालिकाका इन्जिनियरसहित आफुले निगरानी बढाएको बताए । जनप्रतिनिधिहरुको निगरानी र स्थानीयको दवावपछि उक्किएको ठाउँमा निर्माण व्यवसायी पक्षले टालेर गएपनि काम गुणस्तरीय नभएको स्थानीयको भनाई छ । आव ०७३/०७४ को बजेट अनुसार ठेक्का लिएको शुभेच्छा निर्माण सेवाले २०७४ बैशाख अघि भएको सम्झौता समाप्त भई २०७५ असार समान्तसम्मका लागि सम्झौताको म्याद थप भएको थियो । 
तर असार सकिन लाग्दा पनि निर्माण व्यवसायीले काम नगरेको भन्दै भुक्तानी रोक्का गरी छिटो भन्दा छिटो काम सम्पन्न गराउन आवश्यक प्रकृया अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको थियो । ५५ लाख रुपैँयाको लागतमा निर्माण हुन लागेको सडकको लम्बाई २.४ किलोमिटर छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार