अन्तराष्ट्रिय

हिंसात्मक प्रदर्शनका क्रममा भारतमा २८ को मृत्यु

Gurumit-shing-1503675341.jpg

९ भदौं, हेटौँडा । भारतका धर्मगुरु गुरुमित रामरहिम सिंह बलात्कार मुद्दामा दोषि ठहर भएपछि भएको हिंसात्मक प्रदर्शनमा २८ जनाको मृत्यु  भएको छ ।

भारतको एक अदालतले धर्मगुरु रामरहिम सिंहलाई दोषि ठहर गरेपछि उनका समर्थकले हरियाणा, दिल्ली, पञ्जाव र उत्तर प्रदेशका विभिन्न ठाउँमा गरेको हिंसात्मक प्रदर्शनमा पुलिस हस्तक्षेपका कारण यति ठूलो संख्यामा मानिसहरुको ज्यान गएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा परि दुई सय ५० जना घाइते भएका छन् ।

प्रदर्शनकारीले सञ्चार माध्यमका प्रत्यक्ष प्रसारण गरिरहेका गाडीमा समेत तोडफोड र आगजनी गरेका छन् । हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका गुरुमित रामरहिम सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजना गराएको आरोप लागेको थियो ।

पञ्चकुला विशेष अदालतले उनीलाई बलात्कार मुद्दामा दोषि ठहर गरेको हो । अदालतले सजाय भने आउँदो सोमबार सुनाउने जनाएको छ । त्यतिञ्जेलसम्मका लागि उनलाई सैनिक हिरासतमा पठाइएको छ । उनलाई अदालतले दोषि ठहर गरे लगत्तै समर्थकले हिंसात्मक प्रदर्शन गरेका हुन् । (एजेन्सी)


Tech1-1498491689.jpg
Classictech-1516958284.jpg
नयाँ शक्तिको चौंथो विस्तारित बैठक शुरु
Naya-Shakti-Party-Nepal-F-1519230026.jpg

९ फागुन, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालको चौंथो संघीय परिषद्को विस्तारित बैठक लुम्बिनीमा बुधबारबाट शुरु भएको...

सांसदहरुको शपथ फागुन २० मा हुने
CA-1519228998.jpg

९ फागुन, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुले फागुन २० गते सपथग्रहण गर्ने भएका छन्...

जनसरोकार समितिको संयोजकमा चौलागाई
jana-dabab-1519221659.jpg

९ फागुन, हेटौँडा । जनसरोकार समिति मकवानपुरको अध्यक्ष अधिवक्ता ध्रुवप्रसाद चौलागाई चयन भएका छन् । बुधबार...

आर्मी हेटौँडा गोल्डकपको फाइनल प्रवेश
Army-9-1519220409.jpg

९ फागुन, हेटौँडा । विभागीय टिम त्रिभुवन आर्मी क्लब सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा जारी...

फेकोफनद्वारा वन अधिकृत न्यौपानेको विदाई
Rani-1519220241.jpg

९ फागुन, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले मकवानपुरका तत्कालिन जिल्ला वन अधिकृत...

अडानको राष्ट्रिय परिषद हेटौँडामा हुने
Audan-1519220120.jpg

९ फागुन, हेटौँडा । हेटौँडामा नेपाल अडिटर्स एसोसिएसनको चौथो राष्ट्रिय परिषद् हुने भएको छ । फागुन ११ र १२ गते हुने...

गढी–८ मा बस्ति संरक्षण समिति गठन

९ फागुन, हेटौँडा । बस्ती संरक्षणका लागि मकवानपुरको गढी गाउँपालिकाको वडा नं ८ मा बस्ति संरक्षण समिति गठन भएको छ । ८...

गुण्डानाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए 
Enconter-1519175152.jpg

९ फागुन, हेटौँडा । गुण्डा नाइकेका रुपमा चिनिएका मनोज पुन प्रहरी कार्वाहीमा मारिएका छन् । मंगलबार राति...

गढी ७ मा बस्ति संरक्षण समिति गठन
Makwanpur-1519134175.jpg

८ फागुन, हेटौँडा । मकवानपुरगढी वडा नम्बर ७ मा वडास्तरीय बस्ति संरक्षण समिति गठन भएको छ ।  मंगलबार भएको भेलाले...

थप समाचार