Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

हुलाकीमार्ग कालोपत्रे शुभारम्भ

Hulaaki-Marga-1513584384.jpg

३ पुस, हेटौँडा । हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा कालोपत्रे निर्माण कार्य सुरु भएको छ । वीरगञ्जमा आयोजित एक समारोहका बीच पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव र ३ नम्बरका क्षेत्रका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले स्तारोन्नतिको काम शुभारम्भ गरेका हुन् । 
भारत सरकारको आर्थिक सहयोगमा सडक विभागले निर्माण गर्न लागेको वीरगञ्ज–ठोरी सडक खण्ड अन्तर्गत सेढवासम्मको ३० किलोमिटर सडक कालोपत्रे निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन प्रालि र भारतीय निर्माण कम्पनी एएमआरले संयुक्त रुपमा पाएका छन् । १ अर्ब ३२ करोड ४७ लाख ८३ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको १५/१५ मिटर चौडाई भएको दुई लेन कालोपत्रे सडकबाट पर्साका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । 
सडक विभाग र ठेकेदार कम्पनीबीच ३० महीनाभित्र काम योजना पूरा गर्ने सम्झौता भएको छ । वीरगञ्ज–ठोरी हुलाकीमार्ग सुधार योजना सुभारम्भ समारोहमा पर्सा क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्य जन्नत अन्सारी, २ का लालबाबु राउत गद्दी, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, सडक विभागका इन्जिनियर शम्भुकुमार मोची लगायतको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

पारिजात स्मृति सम्मान डा.महेश मास्केलाई
IMG_1436-1713360381.JPG

५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम्...

कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
dfff-1713358872.jpg

५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार...

१३० किलो लागुगाँजासहित ७ जना पक्राउ
dd-1713358724.jpg

५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति
Screenshot_20240417_17383-1713354825.jpg

५ बैशाख, काठमाडौं । गण्डकी प्रदेश संसदको विशेष अधिवेशन आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।  बुधबार...

नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित
Nepali_Team_Cricket-17131-1713354373.jpg

५ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा...

थप समाचार