Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

हेटौँडाको 'नो पार्किङ' हटेकै हो त मेयर साव ?

No-Parking1-1544101302.jpg

 

सुनिल शिवाकोटी

२० मंसिर, हेटौँडा । हेटौँडाको मूख्य बजार क्षेत्रमा कायम गरिएको नो पार्किङ होर्डिङ बोर्डमा मात्र सिमित भएको देखिएको छ । हेटौंडा उपमहानगरपालिकाले भदौको पहिलो सातादेखि हेटौंडाको मुख्य बजार क्षेत्रलाई नो पार्किङ कायम गरेकोमा अहिले अधिकांश क्षेत्रमा सवारी साधन पार्किङ भईरहेको छ ।

नो पार्किङ जोन अहिले पार्किङ जोनमा परिणत भएको सर्वसाधारणको भनाई छ । हेटौँडा–४ को सिमाचोक देखि पारिजातपथ जोडने मोड, कान्तिलोकपथमा जताजतै सवारी पार्किङ गरेको पाईन्छ । ‘व्यवस्थापनको काम नगर प्रहरी हो तर  नगरको व्यवस्थापनका लागि खटिने गरेको नगर प्रहरी मुखर्दशक रहेको  बरु  कहिलेकाँही ट्राफिकले यसो कडाई गर्छन , नत्र सडकमै पार्किङ गर्दा पनि आँखा चिम्लिएका छन् नगर प्रहरी आउदैनन’–कान्तिलोकपथका एक व्यवसायीले भने । यी क्षेत्रमा बिहानै देखि मोटरसाइकल र हलुका सवारी र मालबाहक ट्रक यत्रतत्र पार्किङ गरेको राखिएको अवस्थामा पाईन्छ । उपमाहानगरपालिकाको यस अभियानलाई त्यस क्षेत्रमा व्यवसाय गर्ने व्यवसायी र सवारी चालकहरुले ठाडै उलल्गन गरेको पाईन्छ । त्यस क्षेत्रमा रहेको सडकदेखि सडक पेटीसम्म मोटर साइकल पार्किङ गर्दा आवतजावतमा समस्या परेको किनमेलका लागि बजार आएका श्रवण थापाले बताए ।

प्रदेश नम्बर ३ को राजधानी हेटौँडा बजारको ट्राफिक अस्तव्यस्त हुँदा पनि यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायले वेवास्ता गरेको थापाको भनाई छ । केही समय अघिसम्म ट्रफिक प्रहरीले नो पार्किङ क्षेत्रमा पार्किङ गरिएका सवारी साधनलाई कारवाही गर्ने गरेको भएता दशै, तिहारपछि वेवास्ता भएको छ । उपमहानगरपालिकाले ठूलै कसरतका साथ शुरु गरेको नो पार्किङ अभियानबाट उपमहानगर आफैं पछि हटेको त हैन भन्ने आशंका सर्वसाधारण गरेका छन् । ‘नो पार्किङ हटेकै हो त मेयर साव ?’ भन्दै उनीहरुले प्रश्न गरेका छन् ।

No-Parking2-1544101303.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

थप समाचार