Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

हेटौँडाको २०७५/०७६ का लागि अनुमानित वजेट १ अर्ब ६३ करोड चार लाख ५७ हजार  

nagar-sabha-1529856067.jpg

 

१० असार, हेटौँडा ।  हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को लागि  वार्षिक वजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले तेश्रो नगरसभा मार्फत २०७५/०७६ को लागि  वार्षिक वजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।  प्रस्तुत गरिएको बजेटमा आर्थिक वर्ष २०७५/०७६ को कुल वजेट १ अर्ब ६३ करोड चार लाख ५७ हजार अनुमान गरिएको छ ।  

प्रस्तुत गरिएको बजेटमा वडा स्तरीय आयोजना तथा कार्यक्रमको लागि २० करोड ५० लाख रुपैँया, सामाजिक विकास अन्र्तगत ५९ करोड १७ लाख ५६ हजार, पुर्वाधार विकास क्षेत्र तर्फ ३७ करोड ८ लाख ५१ हजार, वातावरण तथा विपद ब्यवस्थापन क्षेत्र तर्फ ७ करोड ३१ लाख ७० हजार, सस्थागत विकास, सेवा प्रवाह र शुसासन क्षेत्र तर्फ २ करोड १६ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ ।
बजेटमा हेटौँडा नगर र मुख्य बजारका बढेको  सवारी चाप   र यात्रुहरुलाई बाटो काटन समस्या भएको भन्दै त्यसको न्युनिकरणका लागि  आकाशे पुलको  निर्माणको योजना समेत प्रस्तुत गरिएको छ  ।
त्यसैगरी नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रम मार्फत नगरको गतिविधिलाई पत्रकारीताको माध्यमबाट जन्ता समक्ष पुयाउन सहयोग गरेको भन्दै  अग्रज पत्रकार सम्मानबाट कान्पिुर दैनिकका  प्रताप बिष्ट तथा विकास पत्रकारिता पुरस्कारबाट टिम टिभीका बालकृष्ण ,थाहा सन्देश दैनिकका अधिकारी, राजन दाहाल र साझाकुरा दैनिकका  केशव समर्पण सुवेदीलाई सम्मानित गरिएको छ । 
 हेटौँडा उपमहानगरपालिकाको वार्षिक वजेट तथा  नीति तथा कार्यक्रम

"स्वच्छ, सिर्जनशिल, समृद्ध औद्योगिक नगर हेटौडा"

हेटौंडा उपमहानगरपालिकाको तेश्रो नगरसभा समक्ष नगर उपप्रमुख

श्री मिना कुमारी लामाद्वारा प्रस्तुत आ ब २०७5।०७6 को

वार्षिक बजेट, नीति तथा कार्यक्रम

 

सम्मानित नगर सभाका अध्यक्ष एवं नगरप्रमुख श्री हरिबहादुर महतज्यू

नगर सभा सदस्यज्यूहरू

प्रमुख प्रशासकीय अधिकृतज्यू

सञ्चारकर्मी एवं यस नगर सभामा उपस्थित हुनुभएका सम्पूर्ण सज्जनवृन्द ।

 

आगामी आ ब २०७5।०७6 को बिनियोजन सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक, २०७5 तथा आर्थिक विधेयक, 2075 एवं तत् सम्बन्धी वार्षिक नीति तथा कार्यक्रम र आय ब्यय अनुमान प्रस्तुतीका लागि बसेको यस गरिमामय सभाप्रति सर्बप्रथम हार्दिक अभिवादन ब्यक्त गर्न चाहन्छु ।

 

यस गरिमामय सभामा राजनितिक उपलब्धीको रक्षा एवम् नेपाल र नेपालीहरूको स्वतन्त्रताका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । यसैगरी 2072 को बिनासकारी भुकम्पमा परी ज्यान गुमाउने सवै प्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु । साथै तत्कालिन हेटौडा नगर पञ्चायतका प्रथम प्रधानपञ्च स्व. बासुदेव रिजालज्यू लगायत प्रजातन्त्रको पुर्नस्थापना पश्चात हेटौंडा नगरको विकास गर्दै हरित नगरी हेटौडाको रुपमा चिनाउन सफल भई लामो समय योगदान गर्नु हुने हाल ३ नं. प्रदेशका माननीय मुख्य मन्त्री श्री डोरमाणी पौडेलज्यूप्रति विशेष आभार व्यक्त गर्दछु ।

 

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, 2074 अनुसार गठित यस नगर सभामा नगर क्षेत्रको विकास, सुशासन र समृद्धिका लागि आर्थिक वर्ष 075/076 को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउँदा गौरबपूर्ण अनुभुतिका साथ यो अबसर दिनु हुने नगर सभाप्रति आभार प्रकट गर्न चाहान्छु । आफ्नो संविधान आफै लेख्न सक्षम भैसकेको वर्तमान सन्दर्भमा हेटौडा नगरबासीको भावना अनुरुप यस उपमहानगरपालिकाको तर्फबाट ११ वटा ऐनहरु, २ वटा नियमावलीहरु र ७ वटा कार्यविधि निर्देशिकाहरु समेत पारीत गरी कानुनी शासनको जगबाट लोकतन्त्रको रक्षा गरी यसको समान लाभ कसरी उपमहानगरपालिकाभित्र वितरण गर्न सकिन्छ भन्ने अभिप्राय तर्फ मार्गनिर्देशित भएर बजेट विनियोजन गरिएको छ ।

 

"समृद्ध हेटौडा, सुखी नगरवासी" वनाउने दिर्घकालिन उद्देश्य सहित विकासलाई मौलिक ढाँचामा अगाडि बढाउने हाम्रो लक्ष्य छ । यसमा राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, प्राविधिक तथा साँस्कृतिक पक्षलाई समेटिएको बजेट नीति तथा कार्यक्रमलाई यस नगरको ऐनाको रुपमा विकास गर्ने प्रयास गरिएको छ । आगामी बजेट, नीति तथा कार्यक्रम, आवधिक नगर विकास योजना र दिर्घकालिन नगर सडक गुरुयोजनाबाट मार्गनिर्देशित हुने प्रतिबद्धता व्यक्त गर्दछौं । बजेटलाई यथासम्भव उपलब्धीमुलक हुने गरी विनियोजन गर्ने प्रयास गरिएको छ । कामलाई छिटो छरितो, चुस्त र नतिजामुलक बनाउन नेपाल सरकारको राष्ट्रिय नीति अनुरुप नै डिजिटल हेटौडाको अवधारणामा विकास गरिनेछ ।

 

आदरणीय नगरसभा सदस्यज्यूहरु,

    अब म यस उपमहानगरपालिकाले सम्पादन गरेका मुख्य मुख्य कामहरुको सारांश प्रगति विवरण प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

 

चालु आ.ब.को हालसम्ममा संस्थागत सुधार, सूचना प्रबिधि, आन्तरिक राजस्व परिचालन, पुर्बाधार विकास, सामाजिक परिचालन तथा सरसफाई तथा वातावरणको क्षेत्रमा उल्लेख्य कामहरु भएका छन् । संस्थागत सुधारको क्रममा सूचना प्रबिधिको प्रयोगलाई अधिकतम प्रयोग गर्दै वडा कार्यलयहरु सवैमा एकिकृत सम्पत्तिकरको सफ्टवेयर जडान गरी केही वडा कार्यलयहरुबाट सफ्टवेयर मार्फत बिलिङ्ग गरिएको, कार्यलयको सिसि क्यामेरा, वेबसाइट, मोबाइल एप्स Update गरिएको छ । नगरका क्रियाकलापहरुको पारदर्शिताका लागि नियमित सुचना प्रसारण गरिएको, २० वटा रेडियो कार्यक्रम सञ्चालन गरिएको र १२ वटा स्तम्भ प्रकाशन गरिएको छ । यसैगरी सुन्दर नगरी निर्माणका लागि सुन्दर देखिने फुलहरु रोप्ने कार्य गरिएको, फोहोरबाट उर्जा उत्पादन गर्ने कार्यका लागि निजि क्षेत्रको छनोट प्रक्रिया अगाडि बढेको, 203 वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण समेत गरिएको छ । साथै पुरातात्विक महत्व बोकेको चुरे सुरुङ्गलाई राष्ट्रिय सम्पदा सुचीमा राख्न प्रक्रिया अगाडी बढीसकेको छ भने विश्व वातावरण दिवश मनाउने क्रममा नै यस नगरलाई पुर्ण खोपयुक्त नगर घोषणा समेत गरिसकिएको छ ।

 

यसै आ.ब.मा आधारभुत तहको अन्तिम परीक्षा सञ्चालन, अनुगमन, मुल्याङ्कन र नतिजा प्रकाशन समेतको काम समयमै सम्पन्न गरिएको छ भने नगरको विस्तारित क्षेत्रमा ३५ वटा टोलविकास संस्थाहरु गठन गरिएको र लघुउद्यम विकास कार्यक्रमको माध्यमबाट उद्यम समुहहरु गठन गरी उद्यमशिलता विकास गर्न प्रेरित गरिएको छ । लक्षित क्षेत्रसँग सम्बन्धित सिपमुलक तालिमहरु सञ्चालन गर्नुका साथै 10390 जनालाई सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको छ । पुर्बाधार निर्माणका सन्दर्भमा यस आ.ब.मा साना ठूला गरी 575 वटा निर्माण आयोजनाहरु स्वीकृत भएकोमा 2 दर्जन भन्दा बढी 50 लाख वा सो भन्दा बढी लागत पर्ने आयोजनाहरु रहेका छन् । अधिकांस आयोजनाहरु लागत सहभागितामा आधारित भई उपभोक्ता समिति मार्फत सञ्चालन गरिएको छ भने धेरै जसो आयोजनाहरु सडक निर्माण, स्तरीकरण, मर्मत र खानेपानी तथा ढल निकाससँग सम्बन्धित रहेकोमा सञ्चालित योजनाहरु मध्ये करिब 80 प्रतिशत योजनाहरु सम्पन्न भईसकेको छ । यसैगरी दोश्रो नगर सभाबाट न्यायिक समिति कार्यबिधि ऐन, 2074 स्वीकृत भई 2074 फाल्गुण महिना देखि न्यायिक समिति पूर्ण रुपमा सञ्चालन भई नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को क्षेत्राधिकारभित्र रही स्थानीय स्तरको विवाद निरुपण निरन्तर रुपमा गर्दै आइरहेको व्यहोरा सम्मान्नित सभा समक्ष अनुरोध गर्न चाहान्छु ।     

     

यस हेटौंडा उपमहानगरपालिकाको पहिलो नगर सभाबाट चालु आ.ब. 074/075 का लागि विनियोजन गरेका व्यय र्शीषकहरुमा सामान्य संशोधन गर्नुपर्ने अबस्था सिर्जना भएको र केही ऐन कानुनहरु तत्काल स्वीकृत गर्नका लागि मिति 2074/11/8 मा बसेको दोस्रो नगर सभा र ऐनहरुको स्वीकृतिका लागि नै मिति 2075/2/7 मा बसेको विशेष नगर सभा बैठक पश्चात तेस्रो नगर सभाको पहिलो दिन आज आगामी आ.ब. 075/076 का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सुअवसर प्रदान गर्नु भएकोमा यस सभाका अध्यक्षज्यूप्रति हार्दिक आभारी छु ।

 

आदरणीय नगरसभा सदस्यज्यूहरु,

यस हेटौंडा उपमहानगरपालिकाको आगामी आ ब २०७5।०७6 का लागि आर्थिक ऐन, २०७5 जारी गर्नु परेकोले यस बिधेयकमा उपमहानगरपालिकाले हाल सम्म स्थानीय सरकार सञ्चालन ऐन, 2074 मा उल्लेख भए अनुसारको अधिकार प्रयोग गर्दै नेपालको संबिधान २०७२ को अनुसूची ९ मा उल्लेख भए अनुसारका साझा सूचीमा रहेका अधिकारहरूको हकमा हाल संघीय तथा प्रादेशिक कानून निर्माण भई साझा अधिकारको सम्बन्धमा भएको व्यवस्था अनुसार नै हुने गरी आगामी आ ब २०७5।०७6 का लागि विभिन्न आय र्शीषकहरुमा आय प्रक्षेपण गरिएको छ । स्थानीय तह संचालन तथा ब्यबस्थापन सम्बन्धमा नेपाल सरकारबाट पटकपटक जारी भएका आदेशहरू तथा राजस्व परामर्श समितिले दिएका सुझावहरू समेतलाई आधार मानी यस हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालयको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक, २०७5 यस सभा समक्ष प्रस्तुत गर्ने क्रममा उक्त बिधेयकमा भएका मुख्यमुख्य प्राबधानहरूलाई छोटकरीमा प्रस्तुत गर्न चाहन्छु ।

 

स्थानीय सरकार सञ्चालन ऐन, 2074 को दफा 11 को उपदफा (२)(घ) अनुसारका आय शीर्षकहरूको हकमा कर, शुल्क तथा दस्तुरहरूको संकलनलाई सहज बनाउने उद्धेश्यले बिस्तृत बिबरण सहितको छुट्टाछुट्टै १6 वटा अनुसूचिहरूको समेत ब्यबस्था गरिएको छ । यस प्रस्तावित विधेयकमा उल्लेख भएका ब्यबस्थाहरुको हकमा यसै बिधेयक बमोजिम र अन्यको हकमा बिगतका नगर सभाहरुले स्वीकृत गरेका बिनियम, कार्यबिधि, निर्देशिका, निर्णय एवं अनुसूचीहरु र प्रचलित कानूनमा उल्लेख भए बमोजिम हुने गरी यो ऐन कार्यान्वयनमा ल्याउन प्रस्ताव गरिएको छ ।

 

हालसम्म प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकिएको उपमहानगरपालिका क्षेत्रभित्र रहेका वातावरणलाई प्रतिकूल प्रभाव पार्ने व्यबसायहरू वा वातावरण प्रदूषित गर्ने किसिमका बस्तु वा सेवाको कारोबार गर्ने ब्यक्ति वा संस्थालाई वातावरण प्रदूषण शुल्क लगाउन प्रस्ताव गरिएको छ, जसबाट यस उपमहानगरपालिकाको लागि आगामी दिनमा स्थाई आम्दानीको श्रोत हुनसक्ने अनुमान समेत गरिएको छ ।

 

आदरणीय नगरसभा सदस्यज्यूहरु,  

आगामी आ.ब.२०७5।०७6 को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक,२०७5 सँग सम्बन्धित अनुसूचिहरूमा उल्लेखित मुख्यमुख्य कर, शुल्क तथा दस्तुरहरूका दर निर्धारण गर्दा देहाय बमोजिमको नीति प्रस्ताव गरेको छु ।

1. एकीकृत सम्पत्तिकर सबै सम्पत्तिधनी नगरबासीहरूलाई लाग्ने कर भएकोले यथा संभव प्रगतिशिल करदर कायम गर्ने प्रयास गरिएको छ । मालपोत कार्यालयले रजिष्ट्रेशन पारित प्रयोजनका लागि वार्षिक रूपमा कायम गर्ने गरेको जग्गाको मूल्यलाई आधार मानी सम्पत्तिको न्यूनतम मूल्यांकन गर्ने गरिएको हुँदा सोही विधिलाई निरन्तरता दिने । 

2. ब्यबसाय कर बिशुद्ध उधोग, पेशा एवं ब्यबसायसँग सम्बन्धित ब्यक्ति वा संस्थालाई मात्र लाग्ने भएकोले ती ब्याबसायीहरूको हितलाइ समेत ध्यानमा राखी राजस्व परामर्श समितिको सिफारिस समेतलाई आधार मानी केही ब्यबसायमा सामान्य बृद्धि गरी करका दरहरू प्रस्ताव गर्ने। यसरी करदर प्रस्ताव गर्दा देहाय वमोजिमको छुट दिने ।

(क) महिला उद्यमीहरूले सञ्चालन गर्ने उधोगहरूको दर्ता दस्तुरमा निर्धारित दस्तुरको ५० प्रतिशत छुट दिने गरी विगतदेखि दिईदै आएको छुटलाई निरन्तरता दिने ।

(ख) माटाका भाँडा बिक्री गर्ने तथा हस्तकलाका सामान बिक्री गर्ने ब्यबसायीहरूलाई प्रबर्द्धन गर्ने उद्धेश्यले साबिकको कर दरमा 50 प्रतिशत छुट दिने गरी विगतदेखि दिइदै आएको छुटलाई निरन्तरता दिने ।

(ग) एकल महिलाहरुलाई वाणिज्य तर्फको कारोवारमा तोकिएको कर रकमको 50 प्रतिशत छुट दिने ।

(घ) एच.आइ.भी. सङ्क्रमित, वेचविखनबाट फिर्ता वा उद्धार भै आएका महिला तथा यौनिक अल्पसङ्ख्यकहरुले उधोग दर्ता गर्न आएमा तोकिएको कर रकमको 90 प्रतिशत छुट दिने ।

(ङ) गैर नेपाली नागरिकहरुको हकमा निर्धारित कर दरमा 50 प्रतिशत थप कर रकम लिने ।

3. घर तथा अन्य प्रकारका संरचनाहरुको नक्सा पास गर्दा लाग्ने दस्तुरमा चालु वर्ष वृद्धि नगर्ने ।

4. कार्यालयबाट प्रदान गरिने बिभिन्न प्रकारका सेवामा साबिक देखि लाग्दै आएको सिफारिस दस्तुरमा चालु वर्ष वृद्धि नगर्ने ।

5. घर बहालकरको हकमा घरधनी र बहालमा बसेका ब्यक्तिहरूको बीचमा हुनुपर्ने लिखित सम्झौतालाई अनिवार्य गरिनेछ । वास्तविक बहालमा लिएको रकम र सम्झौता रकममा आएको वा आउन सक्ने अन्तरका कारण कर सङ्कलनमा यथासम्भव नकारात्मक प्रभाव पर्न नदिन क्षेत्रगत आधारमा न्यूनतम बहाल रकम निर्धारण गरी प्रस्ताव गरिएको छ । प्रस्तावित दर वा सम्झौताको अङ्क जुन बढी छ सोही बढीलाई आधार मानी कर सङ्कलन गर्ने नीतिलाई निरन्तरता दिइनेछ । साथै घर बहाल करको दरमा २% छुट दिई १०% मात्र कायम गरिएको छ ।

6. सरकारी जग्गा अतिक्रमण गरी उपमहानगरपालिकाको क्षेत्रभित्र घर टहरा निर्माण गरी वा नगरी बसेका व्यक्तिहरुलाई समेत वहाल स्वरुप शुल्क निर्धारण गरी सङ्कलन गर्ने नीति लिइनेछ  तर शुल्क तिरेको आधारबाट त्यस्ता सम्पत्तिको स्वामित्व हस्तान्तरण हुन दिइने छैन । साथै यसको कार्यान्वयनका लागि आवश्यक कार्यबिधि वनाई लागु गरिने नीति लिइनेछ ।   

7. प्राकृतिक स्रोतको उपयोग, उत्खनन्, निकासि, पैठारी, बिक्री वितरणमा कर शुल्क लगाउँदा चालु आ.ब. मा नगर कार्यपालिकाबाट स्वीकृत गरिएको कार्यबिधिको कार्यान्वयनलाई निरन्तरता दिई  कर शुल्क रकम उठाउने नीति  अवलम्वन गरिनेछ ।

 

आदरणीय नगरसभा सदस्यज्यूहरु,

  अब म चालु आ ब २०७4।०७5 का लागि स्वीकृत (संशोधित) आन्तरिक आय अनुमान र त्यसको प्रगति समीक्षा छोटकरीमा प्रस्तुत गर्न चाहन्छु ।

चालु आ ब का लागि कूल आन्तरिक आय रू १5 करोड 49 लाख 69 हजार अनुमान गरिएकोमा २०७5 वैशाखसम्म रू.१3 करोड 46 लाख 24 हजार आय संकलन भएको छ । अर्थात् कूल लक्ष्यको तुलनामा 87 प्रतिशत प्रगति हासिल भएको देखिन्छ । आन्तरिक आयमा एकीकृत सम्पत्तिकर, फटके सबारीकर, नक्सापास दस्तुर, बहाल आय, सिफारिस दस्तुरको योगदान बढी रहेको छ भने मालपोत कार्यालयबाट प्राप्त हुने रजिष्ट्रेशन शुल्क बापतको रकम पनि उल्लेख्य नै रहेको छ ।

बाह्य आय तर्फ नेपाल सरकारबाट प्राप्त भएको सशर्त तथा समानीकरण अनुदान र प्रदेश सरकारबाट प्राप्त भएको सशर्त तथा समानीकरण अनुदान रकम समेत समाबेश गरी कूल आय प्रक्षेपण गरिएको छ ।चालु आ.ब. को राजस्व तर्फको  कार्यसम्पादन स्तर, अभ्यासमा रहेका कर, शुल्क तथा दस्तुरका दरहरू, राजस्व संकलनमा देखिएका बिद्यमान चुनौतिहरू, राजस्वको संभाब्यता, बर्तमान जनशक्ति तथा राजस्व परामर्श समितिका सुझावहरू, तथा नेपाल सरकार, प्रदेश सरकार, नगर बिकास कोष, सडक बोर्ड तथा अन्य निकायबाट प्राप्त हुनसक्ने आय समेतका आधारमा कूल १ अर्ब 63 करोड 4 लाख 57 हजार रूपैया आय हुने अनुमान गरिएको छ । जसमध्ये कूल आन्तरिक आय रू.18 करोड 45 लाख 55 हजार हुने अनुमान रहेको छ ।आन्तरिक आयमा पनि एकीकृत सम्पत्तिकर, फटके सबारीकर, नक्सापास दस्तुर, भाडा तथा बहाल आय, सिफारिस दस्तुर जस्ता शीर्षकहरूमा भएको संकलन उल्लेखनीय छ ।

 

आदरणीय नगरसभा सदस्यज्यूहरु,

स्वच्छ, सृजनशील, र समृद्ध औद्योगिक नगरको निर्माणका लागि सीमित श्रोत र साधनलाई अधिकतम परिचालन एवं सदुपयोग गर्ने प्रयास गरिएको ब्यहोरा यस सम्मानित सभा समक्ष प्रस्तुत गर्न चाहन्छु ।

नगरको अधिकांश भाग ग्रामीण प्रकृतिको भएको कारण सानोतिनो लगानीले पूर्वाधार बिकासमा खासै महत्व नराख्ने हुँदा यथासंभव ठूला योजनाहरूको छनौट तथा कार्यान्वयनमा जोड दिनु पर्ने आवश्यकता छ । नगरमा पछि थप भएका ८ वटा वडाहरु साबिकका ११ वटा वडाहरूको तुलनामा बिकासका दृष्टिकोणले पछाडि परेकोले ती वडाहरूमा पूर्बाधार बिकासका लागि ठूलो लगानीको आबश्यकता रहेको हुँदा संभव भए सम्म त्यस तर्फको पूर्बाधार लगानीमा जोड दिने प्रयास गरिएको छ ।

 

हेटौडा उपमहानगरपालिकाको चालु आ..२०७5।०७6 का लागि नीति एवं कार्यक्रम सहितको बजेट तर्जुमा गर्दा बिनियोजन बिधेयक, २०७5 मा उल्लेखित बजेटको परिधिभित्र रही नीतिगत व्यवस्था गरिएको व्यहोरा यस गरिमामय सभामा राख्न चाहन्छु ।आन्तरिक तथा वाहृय श्रोतको अधिकतम परिचालन गर्नका लागि सार्बजनिक निजी साझेदारी अबधारणा अनुरूप निजी क्षेत्रको पूँजी र सीपको समेत यथोचित उपयोग गर्दै उद्यमशीलता बिकास, महिला, वालवालिका, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक तथा पिछडिएका वर्ग जस्ता लक्षित क्षेत्रको समावेसी विकासमा जोड दिने प्रयास गरिएको छ ।आयमूलक तथा सीपमूलक कार्यक्रमहरू सञ्चालनका माध्यमबाट रोजगारी सृजना गर्दै क्रमशः गरीवी न्युनीकरण गर्ने र सामाजिक परिचालनका माध्यमद्वारा जनसहभागिता अभिबृद्धि गरी सबै बर्ग र समूहहरूलाई नगर बिकासको मूल धारमा ल्याउने प्रयास गरिएको छ ।

 

नगरसभा सदस्यज्यूहरु,

यस उपमहानगरपालिकाको विकासका चुनौति एवं संभावनाहरूलाई मध्यनजर गरी आगामी आ.. 075/076 को बजेट तर्जुमा गर्दा लिइएका उद्धेश्यहरू देहाय बमोजिम प्रस्ताव गरिएकोछ ।

Ø आधारभूत तथा अत्याधुनिक शहरी पूर्वाधार बिकासका लागि जोड दिइनेछ ।     

Ø बिभिन्न कारणबाट नगर बिकासको मूल प्रवाहबाट तुलनात्मक रुपमा पछाडी परेका महिला, दलित, आदिवासी जनजाति, अल्पसङ्ख्यक, सिमान्तकृत, द्वन्द्व पिडित, फरक क्षमता भएका व्यक्ति, जेष्ठ नागरिक तथा पिछडिएको क्षेत्रको विकासमा जोड दिई लैगिक समता र समावेशी विकासको अवधारणालाई आत्मसात गर्ने ।

Ø व्यवसायिक क्रियाकलापहरूको माध्यमबाट आर्थिक उन्नतिका अवसरहरूको सृजना गर्दै रोजगारी अभिवृद्धि गरी गरीवी न्युनीकरणमा जोड दिने ।

Ø सामाजिक परिचालनका माध्यमद्वारा जनसहभागिता अभिबृद्धि गर्ने ।

Ø आन्तरिक आयका नयां क्षेत्रहरूको पहिचान एवं बिद्यमान श्रोतको प्रभावकारी परिचालन गर्दै क्रमशः आत्मनिर्भरता सहितको स्थानीय सरकार निर्माण गर्ने ।

उपरोक्त उद्देश्य प्राप्तिका लागि उपमहानगरपालिकाबाट निम्न बमोजिमका विषयगत र क्षेत्रगत नीति तथा  कार्यक्रमहरू तर्जुमा गरिएको छ ।

Ø आधारभूत तथा आधुनिक शहरी सेवामा नगरबासीहरूको पहुँचवृद्धि गर्ने ।

Ø नगरको दिगो आर्थिक विकासका लागि उद्योग क्षेत्रको प्रवर्द्धन र बिकास गर्ने ।

Ø राजश्वका थप क्षेत्रहरुको पहिचान गर्दै यस सम्बन्धी सूचना तथा तथ्याङ्कको बैज्ञानिक अभिलेखीकरण र एकिकृत नगर सूचना प्रणालीको बिकास गरी उपलब्ध श्रोतहरुको अधिकतम प्रतिफल प्राप्त हुनेगरी परिचालन गर्ने ।

Ø महिला, वालवालिका, अशक्त अपांग, दलित, आदिवासी, जनजाती, मधेशी, मुस्लिम, पिछडिएका वर्ग र अति गरीव तथा सिमान्तकृत समुदायको उत्थानमा उपलब्ध श्रोत साधनलाई यथोचित प्रयोग गर्ने,

Ø राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका स्थानीय सरकार वा स्थानीय निकायसंग सम्बन्धित संघसंस्थाहरुसँग भातृत्वपूर्ण सम्बन्ध बिकास तथा बिस्तार गरी एक अर्कामा रहेको स्रोत, प्रवि


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार