समाज

हेटौँडामा एकै रातमा तीन ठाउँमा चोरी

Sathi-ko-1535598930.jpg

१४ भदौँ, हेटौँडा । हेटौँडामा एकैदिन तीन ठाउँमा चोरीका घटना भएका छन् । गएराती हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बैक र हेटौँडा १० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ को चाइनाक्वाटरमा रहेको वडा कार्यलयबाट ६१ हजार ५० रुपैंया चोरी भएको वडा अध्यक्ष सबिन न्यौपानेले जानकारी दिए । कार्यलयमा रहेको दराज फोडिएको छ । कार्यलयका कागजपत्र भने सहि सलामत रहेको अध्यक्ष न्यौपानेले बताए । कार्यलय चोरी भएको उज्यालो भएपछि थाहा पाएर स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
यस्तै राति नै हेटौंडा १० टिसिएनरोडमा रहेको एसबिआई बैंकको सटरको ताला मात्र फोडिएको र रकम भने चोरी नभएको प्रहरीले पुष्टी गरेको छ । बैकको तीनवटा सटरमा लागाइएको ताला फोडिएको अवस्थामा पाइएको प्रहरीले जनाएको छ । सटर फोडिएको पाइएपछि चोरी भएको आशंकामा प्रहरीले अनुसन्धान गर्दा नगद भने चोरी नभएको पाइएको मकवापनुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यसैगरी हेटौंडा–१० मा रहेको साथीको मनी टान्सफरमा पनि चोरी भएको छ । गएराती नै भएको चोरीमा नगद तथा रिचार्ज कार्ड चोरी भएको बताइएको छ । ट्रान्सफरको सटर फोडेर चोरी भएको प्रहरीले जनाएको छ । मनी ट्रान्सफरबाट भएको चोरीको विवरण भनृ आइ नसकेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
सिएनएनका पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा रोक
White-House-1542167321.jpg

२८ कार्तिक । अमेरिकाको ह्वाईट हाउस प्रशासनले सिएनएनका एक पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा रोक लगाएको छ ।...

ट्याक्सी र कार ठोक्किदा बृद्धाको मृत्यु
Accident-1542166692.jpg

२८ कार्तिक, काठमाडौ । काठमाडौंको सानो भर्‍याङमा ट्याक्सी र कार एक आसपमा ठोक्किदा  एक वृद्धाको मृत्यु भएको छ ।...

सूर्यलाई अर्घ्य दिई सकियो छठ
Chhat-Hetauda-1542166164.jpg

२८ कार्तिक, हेटौँडा । सूर्यको उपसना गरी मनाईने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकिएको छ । सोमबार...

सुदरपश्चिमको सामाजिक विकास मन्त्रीमा सुवेदी
Sapath-1542119970.jpg

२७ कार्तिक, हेटौँडा । सुदूरपश्चिम प्रदेशको कृष्णराज सुवेदी नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन...

यस्तो रहयो हेटौडामा छठ पुजा( फोटो फिचर सहित) 
46063571_340816666694153_-1542115804.jpg

२७ कार्तिक, हेटौँडा । बिगत ४० बर्ष देखि हेटौँडा राप्ती खोलामा मनाईदै आएको छठ पुजा यस बर्ष पनि धुमधामले मनाईएको...

बढि भाडा असुल्ने २ सुमो कार्वाहीमा, एकजना पक्राउ
2018-11-13-12-53-23-1-1542092972.png

२७ कार्तिक, हेटौंडा । हेटौंडाबाट काठमाडौं जाने यात्रुबाट भाडा लिने दुई सुमो मंगलबार कार्वाहीमा परेका छन् । बढि...

प्रदेश सांसद दुलाल सवार गाडिमा ढुंगा प्रहार, एक पक्राउ
Gaadi-1542077897.jpg

२७ कार्तिक, काठमाडौं । प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य गणेश दुलाल सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । काठमाडौँ...

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै 
Chhat-1542071591.jpg

२७ कार्तिक, हेटौँडा । छठ पर्वको मुख्य दिन मङ्गलबार (आज) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँ...

हेटौंडामा छठको तयारी पूरा, ५० हजार बढिले अवलोकन गर्ने
com.uiehrfuiehfodhs.hgguy-1542033707.png

२६ कार्तिक, हेटौंडा । हेटौंडाको राप्ती नदीमा बिगत ४० बर्षदेखि मनाउदै आएको छठपर्वलाई  यस बर्ष पनि धुमधाम संग...

थप समाचार