Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडामा प्रादेशिक वन ऐन मस्यौदाबारे छलफल

Forest-1542373754.jpg

३० कार्तिक, हेटौँडा । वन तथा भू संरक्षण विभाग काठमाडौंले शुक्रबार प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा एक दिवसीय वन तथा वातावरण सम्बन्धी प्रादेशिक वन ऐनको मस्यौदा विधेयकमाथि छलफल गरेको छ ।
बैठकमा उपसचिव राकेश कर्णले मस्यौदा विधेयक प्रस्तुत गरेका थिए । ८८ दफा समावेश गरिएको मस्यौदामाथि वन क्षेत्रका विशेषज्ञ एवं सरोकारवालाहरुले सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर ३ का पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रस्तुत भएको मस्यौदाले समग्र वन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए ।
कार्यक्रममा वन तथा भू संरक्षण मन्त्रालयका महानिर्देशक डा. रामप्रकाश लम्साल, प्रदेश नम्बर ३ का वन तथा वातावरण सचिव शिवकुमार वाग्ले, क्षेत्रीय वन निर्देशनालय हेटौँडाका वन निर्देशक सुधिर कोइराला, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेति, हेटौँडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, डिभिजन वन कार्यालय काभ्रेका वन अधिकृत बद्रीबहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेश नम्बर ३ अन्तरगतका सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी, सामुदायिक वन समूहका पदाधिकारी, जनप्रतिनिधि, संचारकर्मी र वन क्षेत्रका कर्मचारीको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार