Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौँडामा मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय शुभारम्भ

IMG_2230-1517564792.JPG

सुनिल शिवाकोटी
१९ माघ, हेटौँडा ।
३ नम्बर प्रदेशको मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय शुक्रबारबाट हेटौँडामा शुभारम्भ गरिएको छ । कार्यालयमा मूख्यमन्त्री तथा मन्त्रीपरिषदका मूख्यसचिव रेश्मीराज पाण्डेले पदभार ग्रहण गरेका छन् । यसअघि क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाका प्रशासक रहेका पाण्डले मूख्यसचिवको जिम्मेवारी सम्हालेका हुन् । 
पदभारग्रहण गरेपछि आयोजित कार्यक्रममा बोल्दै पाण्डेले ३ नम्बर प्रदेशलाई पारदर्शिताको नमूना प्रदेश बनाउने संकल्प गरे । उनले यो प्रदेशलाई कम उजुरी प्रदेशको रुपमा अघि बढाउन कर्मचारी संयन्त्रलाई सुझाव दिंदै स्थानीय तहसम्मको कार्यसम्पादनमा सहजिकरणका लागि कर्मचारी संयन्त्रको भूमिका आवश्यक रहेको बताए । उनले शुक्रबारबाट नै मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयले कार्य शुभारम्भ गरेको जानकारी दिए । 
पदभार ग्रहण गर्दै उनले ७ वटा मन्त्रालयहरुको पनि काम छिटै संचालनमा ल्याउन मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव रमेश शिवकोटीको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव बलदेव जोशी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र भवन प्रविति तथा तालिम केन्द्रका जिल्ला इन्जिनियर सुदिप आचार्य सदस्य रहेको ४ सदस्यीय समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।
पाण्डे मूख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालय पुग्दा कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए । कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरे, प्रदेश कार्यालयका सचिव चर्तुभुज ज्ञवाली, प्रदेश सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवति पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा लगायतका विभिन्न कार्यालयका प्रमुख र कर्मचारीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार