Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

हेटौँडामा हुने राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पुरा

Ft-1553090141.jpg

६ चैत, हेटौंडा । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ ।
चैत ७ विहीबारबाट चैत १६ गते शनिबारसम्म हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक र मच्छिन्द्र क्लबबीच हुने आयोजक संघ अध्यक्ष टिकाराम लामाले जानकारी दिए । प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । 
प्रतियोगितामा आयोजक, एक विदेशी र आठवटा नेपालका चर्चित ‘ए’ डिभिजन क्लबको सहभागिता रहने भएको हो ।  प्रतियोगितामा आयोजक, दाफिन्स र थ्रीस्टार, आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मच्छिन्द्र, हिमालयन शेर्पा, सरस्वती र च्यासल युथ क्लब सहभागी हुने भएको हो । प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः आठलाख रुपियाँ र चारलाख रुपियाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपियाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०÷२० हजार रुपियाँको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । 
प्रतियोगितामा करिब ८५ लाख खर्च अनुमान गरिएको छ । प्रतियोगिताका लागि फरेष्टि मैदान घेर्ने काम भइसकेको छ भने करिब चारहजार क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । बाँसको र फलामको प्याराफिटको व्यवस्था गरिएको छ । प्रतियोगिताको उद्घाटन ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार