२६ मंसिर, हेटौँडा । हेटौँडामा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको नेतृत्वमा ‘महजात्रा’ हुने भएको छ । मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ मह जात्रा हुन लागेको हो ।
कार्यक्रममा नेपालका चर्चित हास्यकलाकार र गायक गायिकाहरुले प्रस्तुति दिने भएका छन् । पुस ९ गते भूटनदेवी स्कूल प्राङ्गणमा किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठी लगायतका कलाकार आउने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महजात्रा आयोजक समितिका संयोजक पुरनबहादुर जोशीले सामाजिक भावनाका साथ कार्यक्रम गरिएको बताउँदै कार्यक्रमबाट जुटेको रकमले मानवसेवा आश्रमको निर्माणाधिन भवन पूर्णताका लागि टेवा पुग्ने बताए ।
उनले अशक्त, अनाथ, मानसिक सन्तुलन गुमाएर वेवारिसे अवस्थामा सडकपेटी, मठमन्दिर, पाटीपौवा तथा सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गरिरहेकाहरुलाई आश्रय दिईरहेको मानव सेवा आश्रमलाई व्यवस्थित गर्न योगदान गर्ने अवसरको रुपमा महजात्रालाई सदुपयोग गर्न सर्वसाधारणलाई आग्रह गरे । कार्यक्रममा मानव सेवा आश्रमका तर्फबाट रामजी अधिकारीले हेटौँडा–९ लामसुरे धापमा ५ करोडको लागतमा भवन निर्माण भईरहेको जानकारी दिए ।
उनका अनुसार ४० कोठे भवनको पहिलो तल्ला ढलान पुरा हुँदा एक करोड रुपैँयाभन्दा बढि खर्च भईसकेको छ भने दोस्रो तल्लाको काम शुरु भएको छ । भवनको पूर्णताका लागि महजोडीले समेत सेवा भावका साथ महजात्रामा सहयोग गरेको बताउँदै टिकट खरिद गरी यसमा योगदान गर्न सबैमा आग्रह गरे ।
आयोजकले ७ हजार ५ सय टिकट विक्रि गर्ने भएको छ । प्रस्तुति अवलोकनका लागि ५ सयदेखि २ हजार रुपैँयाको टिकट व्यवस्था गरेको जनाएको छ । कार्यक्रमबाट ५० लाख रुपैँया बचत गर्ने लक्ष्य रहेको संयोजक जोशीले बताए । पुस ९ गते हेटौँडामा कार्यक्रम सकेर पुस १० गते बीरगंजमा मानवसेवा आश्रम संचालनका लागि महजात्रा हुने जनाईएको छ । मानव सेवा आश्रमले मकवानपुर, चितवन, काठमाण्डौं, ललितपुर, गोरखा, लम्जुङ र पर्सामा गरी २ सय जनालाई आश्रय दिईरहेको छ ।
५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम्...
५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार...
५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय...
५ बैशाख, काठमाडौं । गण्डकी प्रदेश संसदको विशेष अधिवेशन आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। बुधबार...
५ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा...
५ बैशाख, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’...
५ बैशाख, हेटौंडा । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी...
५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२३ चैत, हेटौंडा । नेपाल तरुणदल हेटौडा-६ नम्बर वडा ईकाई समितिले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको खुला दौड...
२२ चैत, हेटौंडा। हेटौंडा सिमेन्टका अध्यक्ष गणेश प्रसाद भेटवालको निधन भएको छ। हेटौंडा ५ निवासी भेटवाल पेट...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...