Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडा नगरमा १३ प्रतिशत विद्यार्थीले परिक्षा दिदैनन

26854384_1480235618740353-1515769797.jpg

२८ पुस, हेटौँडा । हेटौडा उपमहानगरपालिकाको नगरस्तरीय आधारभुत तहका विद्यालयका १३ प्रतिशत विद्यार्थीले परिक्षा नदिने तथ्याङक सार्वजनिक भएको छ  । शुक्रबार नगर स्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा जिल्ला शिक्षा कार्यालय मकवानपुरको सभाहलमा भएको  “हेटौंडा उपमहानगरपालिका भित्रका आधारभूत तहका सामुदायिक विद्याललयको स्तर सुधारमा हाम्रो भुमिका“ विषयक अन्तरक्रिया   कार्यक्रममा स्रोत व्यक्ती केशव सञ्जेलले तथ्याङक कार्यपत्रमा प्रस्तुत गर्दै  आधारभुत तहका विद्यालयका १३ प्रतिशत विद्यार्थीले परिक्षा नदिने गरेको जानकारी दिए ।

त्यसैगरी काठमांडौ विश्वविद्यालयका प्रध्यापक डा. वासुदेव सुवेदीले प्रधानाध्यापकहरु माझ विद्यालयको सुरक्षा शिक्षण सिकाई, अन्तर व्यक्ति सम्बन्ध, सहभागितात्मक तथा स्रोतपूर्ण विद्यालय वातावरण, नेतृत्व तथा व्यावसायिक सम्बन्धको विषयका चर्चा परिचर्चा गरेका थिए । उनले  शिक्षकहरुलाई सिकाईमुलक शिक्षामा लाग्न आग्रह समेत गरेका छन । त्यस्तै, परिक्षा नियन्त्रण कार्यालय भक्तपुरका उप निर्देशक डा. तोयानाथ खनालले विद्यालयको स्तर सुधारका लागि शैक्षणिक नेतृत्व हुनुपर्ने बताए । विद्यालयको स्तर सुधार गर्न विभिन्न प्रयासहरु मध्ये सकारात्मक चिन्तन, प्रतिवद्धता, प्रयास को थालनी गर्न सकियो भने सुधार हुने  खनाले बताए ।

मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौडाका उप निर्देशक बद्री बहादुर पाठकले नगर स्तरका विद्यालयको सुधारका लागि पहिला शिक्षकहरु नै लाग्नु पर्नेमा जोड दिए । नगरस्तरिय शैक्षिक समन्वय समितिका अध्यक्ष गणेश प्रसाद हुमागाईको सभाध्यक्षतामा  भएको कार्यक्रममा  हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, उप मेयर मिना लामा, जिल्ला शिक्षा कार्यालयका प्रमुख बद्रीनारायण भट्टराई, नगरका सामुदायिक विद्यालयका प्रधानाध्यपकहरु, नगरका वडा अध्यक्षहरु, शिक्षकहरुको संघ संगठनहरुका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।  हाल हेटौँडा नगरमा प्रावि, निमावि र मावि तहका १६४ विद्यालय रहको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार