Tobaaco-1592046833.jpg
Health-Adv-1581264730.jpg

समाज

हेटौंडामा प्रहरीलाई घुस दिन खोज्ने ९ चालक पक्राउ

घुस दिने र घुस लिने प्रहरीलाई पनि कारवाही गरिन्छ:एसपी राठौर

१३ साउन, हेटौंडा । हेटौंडामा प्रहरीलाई घुस दिन खोज्ने ९ वटा सवारीका चालक पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा-१५ रातोमाटामा नियम विपरित संचालनमा आएका ९ सवारी जाँच गर्ने क्रममा सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको हो ।ईलाका प्रहरी कार्यालय पशुपतिनगरले घुस दिन खोज्ने ट्रक, सुमो नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयलाई  बुझाएको छ । यस बिषयमा बुझदा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक शुसिल सिंह राठौरले नियम विपरीत गलत ढंगले चलाएका सवारीलाई चेकजाँच गर्दा  प्रहरीलाई प्रलोभनमा पारेर घुस दिन खोजेकोले ९ चालकलाई नियन्त्रणमा लिएको बताए। ड्युटीमा रहेको प्रहरीलाई गलत ढंगले घुस दिन खोजे  र संवय प्रहरीले घुस खाए प्रहरीलाई पनि कारवाही गरिने छ  - एसपी राठौरले भने । 

यसअघि वडा प्रहरी कार्यालय हेटौंडाले पनि घुस दिन खोज्ने एक सवारी चालकलाई नियन्त्रणमा लिएको थियो ।

 प्रहरीलाई घुस दिन खोज्ने सवारी र चालकको सुचि 

 

  1. बा १५ च  ६२३ नं. को पिक अप गाडी बाराबाट चितवन तर्फ आउदै गरेको चालक जि.काठमाण्डौं मा.न.पा १३ बस्ने बर्ष ४२ को कर्म थापाले रू. ५०० दिएको ।
  2. बा ८ च ४३४ नं. को पिकअप गाडी बाराबाट चितवन तर्फ आउदै गरेको चालक जि. रौतहट मौलापुर न.पा ५ बस्ने बर्ष ३० को उमा शंकर साहले ३०० दिएको ।
  3. बा ८ च ४३४ नं. को पिक अप गाडीको सह-चालक ऐ.ऐ स्थानमा बस्ने बर्ष १८ को मधु साहले रू २०० दिएको ।
  4. ना १ ज ८६२३ नं. को सुमो गाडीको चालक जि. रौतहट, गुजरा न.पा -५ बस्ने बर्ष २३ को महमद सदरे आलमले रू ५०० दिएको ।
  5. ना ४ च ५९४१ नं. को पिकअप गाडीको चालक जि.रौतहट मौलापुर न.पा-७ बस्ने बर्ष २१ को नितेश कुमार झाले रू. ५० दिएको ।
  6. प्र. ३-०१-००५ ख ९२४५ नं. को बसको चालक जि.रौतहट चन्द्रपुर न.पा-२ बस्ने बर्ष ३५ को उमेश कुश्वारले रू ३०० दिएको ।
  7. ना ५ ख ३५१५ नं. को ट्रकको चालक जि.रौतहट, चन्द्रपुर न.पा-१ बस्ने बर्ष ४० को बिर्ख ब. यसमालीले रू १०० दिएको ।
  8. ना ४ च २३४० नं. को पिक अप गाडी चालक जि.बारा पर्सौनी गा.पा २ बस्ने बर्ष २७ को प्रमोद मुखियाले दिन खोजेको ।
  9. ग १ ख ९७१७ नं. को बसको चालक जि.धनकुटा बेलाहारा न.पा-१६ बस्ने बर्ष ३९ को बिनोद नेपालीले रू १००० दिएको । 

20200728_204455-1595948467.jpg

समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Health-Adv2-1529145952-1581696162.jpg
Shivam-1570168772.png
त्रिभुवन राजपथ अन्तर्गत टिष्टुङमा पहिरो केही सवारी पुरिएको आशंका
png-transparent-traffic-s-1597335504.png

२९ साउन,हेटौँडा।त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका-१२ टिष्टुङ गैरीगाउँमा पहिरो जाँदा केही सवारी र मानिस...

मकवानपुरमा एकैदिन ५१ जनामा कोरोना संक्रमण
Isolation-Ward-1590768133-1597323068.jpg

२९ साउन, हेटौंडा । मकवानपुरमा एकैदिन ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका...

राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ 
anfa_xDjTOfpxeh-1597322653.jpg

२९ साउन, हेटौंडा । कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट...

कोरोना अपडेट:मकवानपुरगढीमा २ जना थपिए
20200813_182618-1597322592.jpg

२९ साउन, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो २ जना कोरोना संक्रमित थपिएका छन् । मकवानपुरगढी...

हेटौंडा नगरमै थपिए १२ जना कोरोना संक्रमित
20200717_175535-1597321388.jpg

२९ साउन, हेटौंडा । हेटौंडा नगरमै विहिबार थप १२ जनामा कोरोना थपिएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य...

आज १०९ जना भए कोरोना मुक्त
20200620_171528-1597315939.jpg

२९ साउन,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या...

कोरोना अपडेट: आज थपिए ५२५ कोरोना संक्रमित
20200813_160545-1597315713.jpg

२९ साउन,हेटौँडा। नेपालमा बिहिबार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

कोरोना अस्पतालमा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ
images(1)-1597312988.jpg

२९ साउन, बुटबल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा मुत्यु भएका कपिलवस्तुका युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ...

स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु
20200604_122238-1597312862.jpg

२९ साउन, बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३...

थप समाचार