२८ मंसिर, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न २०७६ चैत ११ गतेदेखिको लकडाउन र त्यसपछिको निषेधाज्ञाले उद्योग कलकारखाना, शैक्षिक संस्थासहित सबै क्षेत्र प्रभावित बन्यो । यो अवधीमा धेरैले गरिरहेको काम बन्द हुँदा बेरोजगार भए । धेरैलाई प्रतिकुल बनेको लकडाउन र निषेधाज्ञाकै समयलाई सदुपयोग गरेर नयाँ काम थालेकाहरु भने स्वरोजगार बन्दै आम्दानी समेत गर्न थालिसकेका छन् ।
लकडाउनको समयलाई सदुपयोग गरेर स्वरोजगार बन्न सफल एक उदाहरण हुन् हेटौंडा–६ शान्तिटोलका भरत सापकोटा । लकडाउनका कारण आफुले लाखौं लगानी गरेर संचालन गरेको नीजि विद्यालय बन्द भएपछि उनलाई बैंकको व्याज तिर्न समेत समस्या भयो । त्यसैले उनले आप्mनो पु¥ख्यौली १५ कठ्ठा जग्गामा व्यवसायिक ढंगबाट एकिकृत कृषिको काम शुरु गरे । कुखुरा, माछा र तरकारी खेति थालेका उनले अहिले त्यसबाट आम्दानी लिन थालिसकेको रोयल अर्गानिक एग्रो फर्म एण्ड रिसर्च सेन्टरका संचालक भरत सापकोटा बताउँछन् ।
यसअघि हार्डवेयर र कस्मेटिक पसल संचालन गरिरहेका हेटौंडा–६ चुच्चेखोलाका प्रमेश पराजुली र कल्पना पराजुलीको परिवारले पनि लकडाउनले व्यापार ठप्प भएपनि व्यवसायिक तरकारी खेति शुरु गरे । बेमौसमी तरकारी खेति शुरु गरेका उनीहरुले पहिलो सिजनमै ३ लाख रुपैंयाको तरकारी बिक्रि गरेका छन् । लकडाउनको प्रतिकुल समयलाई सदुपयोग गरेका उनीहरु आफु त स्वरोजगार भए नै, अरुलाई पनि काम दिने अवस्थामा पुगिसकेका कल्पनाको भनाई छ । यसअघि सामान्य ढंगले तरकारी खेति गरिरहेका रोशन घिमिरेले पनि लडकडाउनकै समयमा आफ्नो तरकारी खेति विस्तार गरेका छन् । उनको मेहनतले अहिले सार्थकता पाउन थालेको छ र बजारमा उत्पादन पुगेपछि नगद हातमा पर्न थालेको छ ।
लकडाउन र निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर हेटौंडा ६ नम्बर वडा कार्यालयले स्वारोजगार कार्यक्रम शुरु गरेको छ । बेरोजगारहरुलाई व्यवसायिक कृषि, पशुपालन, माछापालन जस्ता क्षेत्रमा अनुदानको लागि वडा कार्यालयले लगानी गरेको छ । यसबाट रोजगार गुमाएका, विपन्न परिवार र एकल महिलाले लाभ हासिल गरिरहेको वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको भनाई छ ।
हेटौंडा–६ मा मात्रै लकडाउनपछि ४० भन्दा बढि परिवारले व्यवसायिक कृषिलाई आफ्नो आयको स्रोतको रुपमा अघि बढाएका छन् । तर विना तालिम र पर्याप्त लगानी नहुँदा उनीहरुले अपेक्षित लाभ हासिल गर्न सकिरहेका छैनन् । राज्यले लकडाउन र निषेधाज्ञाको प्रतिकुल समयलाई सदुपयोग गरेर स्वरोजगारतर्फ उन्मुख भएकाहरुलाई प्राविधिक ज्ञान, कृषि औजार र सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा...
११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे ‘बि’ विजयी भएको छ...
११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम...
११ माघ, हेटौंडा । प्रधानमन्त्री समेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव...
११ माघ,हेटौँडा । मकवानपुर प्रहरीले आज पनि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।सर्वोच्च अदालतले २०७३ जेठ २६ गते...
११ माघ, हेटौंडा । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविताकृति ’सपनाका अवयव’ माथि...
११ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित...
११ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ११ सरस्वती खोल नजिक बस र...
११ माघ, हेटौंडा । संसद नभएको बेला सरकारले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन मन्त्रिपरिषदको...
२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।दुघर्टनामा अर्का एक...
२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएपछि स्थानीयले टिपरमा आगजनी गरेका...
२७ पुस हेटौँडा । सडक दुर्घटनापछि अवरुद्ध बनेको कान्तिलोकपथ करिब ५ घण्टापछि खुलेको छ। सोमबार साँझ कान्तिलोकपथ...
२७ पुस,हेटौँडा । सोमबार साँझ हेटौँडा-५ क्याम्पाडाडाँमा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएका व्यक्ति भरतपुर...
३ माघ, हेटौँडा । पुस २७ गते सोमबार साँझ कान्तिलोकपथ अन्तर्गत हेटौँडा-५ क्याम्पाडाँडामा भएको सडक दुर्घटनामा परी...
५ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ हनुमानगेट अगाडि सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ...
१ माघ, हेटौंडा । ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले अवैध रूपमा ट्रयाक्टरमा ल्याइरहेको काठसहित ३ जनालाई...
११ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ११ सरस्वती खोल नजिक बस र...
२८ पुस,हेटौँडा । पुस २३ गते हेटौँडा-७ न्युरेनिमा पार्किङ गरेर घर आगाडि राखेको अवस्थामा चोरी भएको ना ६ त १९०४...