समाज

हेटौडामा विपद व्यवस्थापन तथा अनुकुलन गोष्ठी

CCDN-1553266058.jpg

८ चैत, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र सामुदायिक विकास केन्द्र, नेपाल (सिसिडिएन)को सहयोगमा शुक्रवार हेटौडामा एक दिने विपद व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकुलन मुलप्रवाहीकरण गोष्ठीको आयोजना गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता एवम सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा गोष्ठी भएको हो । गोष्ठीमा उपभोक्ता समूहको अवधारणा, जलवायु परिवर्तन अनुकुलनका क्रियाकलाप, विपद जोखिम न्यूनीकरण, अवधारणा, औचित्य, नीति नियम, सामुदायिक वनको वार्षिक योजना, अनुकुलनका वर्तमान अवस्थाको विश्लेषण, भावी योजना लगायतका विषयहरुमा समूहगत छलफल गरिएको थियो । 
कृष्ण ओझा र हेमन्त जोशीले सहजीकरण गरेको गोष्ठीमा डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युतप्रसाद लामिछाने, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं. ३ का सदस्य रामहरी चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सामुदायिक विकास केन्द्र,नेपालका नवराज थापा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा विभिन्न सामुदायिक वनका पदाधिकारी, कर्मचारी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
कांग्रेस मकवानपुर खेलकुद विभागमा पद बाँडफाँड
khelkudh-1555863825.jpg

८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको खेलकुद विभागमा पद बाँडफाँड भएको छ । विभाग संयोजक सुनिल दाहालको...

फेकोफन मकवानपुरद्वारा डिएफओको स्वागत
Swagat-1555862302.jpg

८ बैशाख, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ मकवानपुरले डिभिजन वन कार्यालय, मकवानपुरमा भर्खरै...

श्रीलंकामा विस्फोटमा परी १८५ को मृत्यु 
adaa-1555852164.jpg

८ वैशाख, हेटौँडा । श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको श्रृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको...

हेटौँडामा प्रि बजेटबारे छलफल
IMG_6865-1555840967.JPG

  ८बैशाख, हेटौँडा । हेटौँडामा आईतबार प्रि बजेटबारे छलफल गरिएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा भएको...

विप्लव माओवादी त्यागी राप्रपामा प्रवेश
57558592_668588046916463_-1555839524.jpg

 ८बैशाख, हेटौँडा । विप्लव नेतृत्वको नेकपामा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेर छाडेको भोलि पल्टै अर्थात आज...

अस्पताल भित्रै नर्सको शव झुण्डिएको अवस्थामा फेला
pk-logo-1555836391.png

८बैशाख, जनकपुर। धनुषामा एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरमा रहेको जानकी हेल्थ केयर एण्ड...

 धादिङमा बस दुर्घटना ३को मृत्यु २५ घाइते
Accident-1499161093-1555833087.jpg

८ बैशाख, धादिङ। धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।  धादिङको पृथ्वी...

रातोमाटेबाट समात्यो प्रहरीले पप्पुलाई
Gaja-1555819507.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेबाट ८ किलो लागुऔषधगाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

४ पत्ता नाईट्रोभेटसहित युवक पक्राउ
Gaja-Photo2-1555817659.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित एक...

थप समाचार