Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

२५० मोतियाविन्दुका विरामीको अप्रेशन

eye-photo-1546954995.jpg

२४ पुस, हेटौंडा । रोटरी क्लब अफ मकवानपुर र रोटरी क्लब अफ मिड टाउन काठमाडौंको आयोजनामा विभिन्न पाँच स्थानमा भएको निःशुल्क आँखा परीक्षणमा भेटिएको मोतियाविन्दुका विरामीहरुको अप्रशेन गरिएको छ । सामुदायिक आँखा अस्पताल हेटौंडामा मंगलबार आँखाको अप्रेशन गरिएको हो । 
आँखा अस्पतालको प्रविधिक सहयोगमा भएको आँखा शिविरपछि २ सय ५० जनाको निःशुल्क अप्रेशन गरिएको हो । सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा क्लबले वर्षेनी विभिन्न जिल्लामा आँखा परीक्षण शिविर आयोजना गर्ने गरेको छ । आँखा शिविरमा भेटिएका मोतियाविन्दुका विरामीहरुको निःशुल्क अप्रेशन समेत गराउने गरेको छ ।
‘एकजनाको अप्रेशन गराउँदा करिब आठहजार रुपियाँ खर्च हुन्छ । हामीले ल्याउने लैजाने, खाजा, खाना, आवासीय व्यवस्था, चस्मा तथा अप्रेशनसको सवै खर्च अस्पतालसँग समन्वय गरेर व्यहोर्ने गरेका छौं ।’, रोटरी क्लबका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले भने । क्लबले गतहप्ता मकवानपुरको गढीगाउँपालिका, बकैया गाउँपालिका, बाराको निजगढ र पका तथा पर्साको जैतापुरमा शिविर राखेको थियो । उक्त शिविरमा भेटिएका विरामीहरुको निःशुल्क अप्रेशन गरिएको हो ।
प्रजापतिका अनुसार क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत् विभिन्न जिल्लामा पुगेर यस्ता किसिको कार्यक्रम आयोजना गर्ने गरेको छ । क्लबले खानेपानी, विद्यालय भवन निर्माण तथा पोलियो उन्मुलनका लागि जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार