Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

५ महिनामै सबैभन्दा बढी भ्रमण भत्ता मुख्यमन्त्री पौडेल बुझे

Dormani-poudel-stimnews-1545700438.jpg

१० पुष,  हेटौँडा । प्रदेश  नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ५ महिनाको अवधिमै भ्रमण भत्ता वापत एक लाख ४३ हजार दुई सय रुपैयाँ सुविधा लिएका छन् । 
राजधानी हेटौंडा बाहिर जाँदा भ्रमण भत्ता लिनेमा मुख्यमन्त्री डोरमणि पौडेल छोटो समयमै आफ्नो सरकारको सबैभन्दा धेरै रकम लिने मन्त्री हुन् । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिरसम्म उनले एक लाख ४३ हजार दुईसय रुपैयाँ अनुगमन तथा मूल्याङ्कन शिर्षकमा भ्रमण भत्ता लिएका थिए । 
मुख्यमन्त्री पछि सामाजिक विकास मन्त्री युवराज दुलालले लिएको भ्रमण भत्ता ८५ हजार ६ सय २० रुपैयाँ रहेको छ । 
यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले ५७ हजार पाँचसय रुपैयाँ बुझेका छन् भने भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले ४५ हजार रुपैयाँ, उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले ५० हजार रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुड्डेलले ३७ हजार तीनसय ७५ रुपैयाँ बुझेको मुख्यमन्त्री कार्यालयको तथ्याङ्क छ । 
यस अवधिमा भ्रमण भत्ता वापत मुख्यमन्त्री, मन्त्रीहरु र उनीहरुको सचिवालयका सहयोगीहरुले दश लाख १७ हजार तीनसय ४४ रुपैयाँ बुझेका छन् ।
मकवानपुर बाहेक प्रदेशका अन्य १२ जिल्ला जाँदा भ्रमण भत्ता पाउने ब्यवस्था छ । देश बाहिर जाँदा भने संघीय सरकारको अनुमति अनिवार्य छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार