Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बकैया गाउँपालिका

५ साहित्यकार र ३ पत्रकारलाई सम्मानित

Dharma-1519046593.jpg

७ फागुन, हेटौँडा । साहित्यिक परिवारको २५ औँ वार्षिकोत्सव तथा २२२औँ साहित्य श्रृंलाका अवसरमा बृहत् साहित्य गोष्ठी तथा स्रस्टा सम्मान समारोह बकैयाको छतिवनमा सम्पन्न भएको छ ।
मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानबापत पाँचजना साहित्यकारहरूलाई सम्मान गरिएको छ । झरनाले गजलकार डा. घनश्याम न्यौपाने परिश्रमीलाई नगद ११,५५५।– राशि सहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान, जनार्दन खनाल र परशुराम गौतमलाई जनही नगद रू. ५,५५५।– राशि सहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान, कवि असिम सागरलाई नगद रू. ५,५५५।– राशिसहितको खडानन्द–मनमाया प्रतिभा सम्मान र कवि  पूर्णकला घिमिरेलाई नगद रू.५,५५५।– राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान प्रदान प्रदान गरिएको छ ।
कार्यक्रममा झरनाको प्रचारप्रसारमा विशेष सहयोग गरेबापत पत्रकारहरू सम्मान धर्मेन्द्र दहाल, प्रमोद अर्याल र यादव चौलागाईँलाई समेत सम्मान गरिएको थियो । 

यसैगरी झरनाबाट उत्प्रेरित भई साहित्यिक कृति प्रकाशन गरेबापत् अनमोलमणि, सुवास खनाल, विश्वनाथ सञ्जेल, र कुमार स्याङ्बोलाई झरना रजत सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा संस्थापकहरू, पूर्व कार्यसमिति पदाधिकारी तथा विशिष्ट आजीवन सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।
समारोहमा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, बकैया–४ का वडाध्यक्ष राजन दङ्गाल लगायत साहित्यकारहरू  तुल्सी थापा, आर. सी. रिजाल, प्रोल्लास सिन्धुलीय, निमेष निखिल, ज्योति जङ्गल, हरिकृष्ण काफ्ले, रत्नविरही घिमिरे, रमेशमोहन अधिकारी, सञ्जय साह, सुदेश सत्याल, विर्खे अञ्जान, राजकुमार लामिछाने, उद्धब सापकोटा, शान्ति प्रियबन्दना, पुरूषोत्तम आचार्य, अमृता नेपाल, गणेशकुमार पौडेल विनोद खत्री आकाश, विनोद केसी, गौतम भद्रध्वज, उमेश तिमल्सिना, लगायत देशका विभिन्न भागहरूबाट विविध विधाका साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
स्थानीय तथा राष्ट्रिय स्तरका विविध विधाका पाँच दर्जनभन्दा बढी साहित्यकारहरूले रचना वाचन गरेको कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिकर्मी, विद्यार्थीहरू लगायत सयौंको उपस्थिति रहेको संस्थाका सचिव चिरञ्जीवी लामिछानेले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार