Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

‘समकालिन नेपाली राजनीति धनमुखी’

Radio-Thaha-Photo-1518704820.jpg

३ फागुन, हेटौँडा । समकालिन राजनीति धनमुखी हुँदै गएको विहिबार हेटौँडामा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । जनताका लागि भन्दै राजनीति गर्ने प्रतिवद्धता गरेकाहरु नै जनमुखी हुन नसकेको उनीहरुको भनाई हो ।
विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जको १० औँ बार्षिकोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत गरिएको थाहा दर्शनको बारेमा ‘समकालिन राजनीति कति जनमुखी’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताले यस्तो बताएका छन् । अहिलेका राजनीति मनमुखी, धनमुखी भएको समेत उनीहरुले आरोप लगाए । कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर गोविन्दशरण उपाध्यायले अहिलेको राजनीति जनमुख हुन सके देशले काँचुली फेर्ने दावि गरे । उनले रुपचन्द्र विष्टलाई नेपालको दोस्रो बुद्धको संज्ञा दिंदै उहाँको दर्शनको अनुसार गर्न अहिलेका राजनीतिज्ञलाई सुझाव दिए । महाकवी लक्ष्मीप्रसाद देवकोटा, सन्तनेता कृष्णप्रसाद भट्टराई र रुपचन्द्र विष्ट त्रिमुर्ति रहेको भन्दै उनीहरुले आप्mनो निम्ति नभई जनताको हितमा राजनैतिक गरेको बताए ।
रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका संचालक अरुणराज सुमार्गी, संस्कृतिविद् रामचन्द्र आचार्य फुर्सदी, रुपचन्द्र विष्टका अनुयायी धर्मराज राजथला, राजनीतिज्ञ सिताराम वर्तौला, सुवर्णध्वज गोतामे, निरञ्जन अधिकारी, सुकदेव रायमाझी, भिमसेन पौडेल विष्णुलाल श्रेष्ठ लगायतका वक्ताहरुले रुपचन्द्र विष्टको जनमुखी राजनीतिबारे प्रकाश पारेका थिए । कार्यक्रममा रेडियोले साप्ताहिक रुपमा रुपचन्द्र विष्टको बारेमा रेडियो कार्यक्रम उत्पादन गर्ने प्रतिवद्धता समेत गरिएको छ । रेडियोले शुक्रबार रक्तदान कार्यक्रम गर्दैछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार