Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

प्रकृतिको काखमा रमाऔं : कोरोनाबाट बचौं

Bal-Kumar-1577540419-1582-1586847469.jpg

बालकुमार श्रेष्ठ (balkumars466@gmail.com)

नेपाल प्रकृतिको धनी देश हो । यस देशमा जैविक विविधता छ । यहाँको सानो भूभागमा भएके जैविक विविधताको तुलनामा यहाँ पाइने जैविक विविधता विश्वमै अनुपम छ । आज देशमा कोभिड–१९ को जुन संक्रमण छाइरहेको छ । यहाँको हावापानी मात्र नभएर यहाँको पूर्वीय जीवनशैली नै यसको प्रकोप रोक्न सहायक सिद्ध भएको छ । नेपाल नै त्यो देवस्थल र अध्यात्मस्थल हो जहाँबाट वैदिक कालमा पनि थुप्रै वेदका ऋचाहरु सृष्टि भएका थिए । खासगरी प्रजातन्त्रको पुनःस्थापनापछिको कालमा हाम्रो नेपाल खुला तथा उदार अर्थतन्त्रको कारणले उपभोगवादी पश्चिमी जीवनशैलीमा फस्दै गएको पाइन्छ । यसले गर्दा यहाँ सनातन हिन्दु र बौद्धमार्गीहरुको प्राचीन जीवनशैलीको अभ्यासमा कमी आएको छ । नास्तिक बन्ने र पैसाको पछि दगुर्ने अस्वस्थ प्रतिस्पर्धा सामाजिक र राजनीतिक जीवनशैलीका पर्याय बने । तर त्यसैको प्रतिफल स्वरुप अहिले नेपालमा कोभिड–१९ को महामारीको घडीमा पनि मानिसहरुको मनोविज्ञान नराम्ररी निराशातिर उन्मुख भएको छ । 
संक्रमणको श्रृंखलालाई अटेर गर्ने, आफूमात्र दैनिक उपभोग्य वस्तुको भण्डार गर्न हारालुछ गर्ने, व्यक्तिगत स्वार्थका लागि मरिहत्ते गर्ने यो जुन प्रवृत्तिहरु नेपाली जनमानसमा देखिरहेको छ, त्यो नेपाली जीवनशैलीको मूल्य मान्यतामा आएको ह«ासको कारणले हो । त्यस्तै नेपालको राजनीतिक वृत्तमा पनि जे जति विसंगति र व्यक्तिवाद, नातावाद र चाकरीवादको आधारमा पदको दुरुपयोग गर्ने, जनताको करबाट उठेको बजेत वितरणमा पनि सामाजिक न्यायको सिद्धान्तभन्दा व्यक्तिगत पहिचान र भ्रष्ट ठेकेदारलाई समाउने प्रवृत्ति देखिएको छ, त्यो पनि यो पश्चिमीकरणको प्रभाव हो । शासनमा कर्पोरेटहरुलाई जिम्मा लगाउने, सर्वसाधारण र इमान्दार कार्यकर्तालाई चुनावको समयमा मात्र प्रयोग गर्ने र अरुबेला फोनमा बोल्न पनि गारो मान्ने, बजेट हाल्दा आफूलाई रक्सी रकमीसन खुवाउन सक्ने कार्यकर्ताको क्षेत्रमा मात्र बजेट स्वीकृत गरिदिने यो प्रवृत्ति राजनीतिक विकृति हो । यसको जग पनि पश्चिमी जीवनशैली र उपभोगवादी संस्कृति हो । त्यसैले गर्दा आज कोविद १९ को नियन्त्रणम पनि सरकारलाई आफ्नो मिसन पूरा गर्न हम्मे हम्मे परिरहेको छ ।
हामीले प्रकृतिलाई ख्याल गरेर नेपाली परम्परा नेपाली मूल्य मान्यताको संरक्षण र सम्वर्धन गर्न सकेको खण्डमा मात्र अहिलेको संकटलाई देश र देशवासीलाई आस्वस्त गर्न सक्छौं । देशमा लकडाउन छ । सरकारले ११ बुँदे राहत प्याकेज घोषणा गरेको छ । तर त्यो राहत प्याकेज कार्यान्वयन गर्नको लागि घोषणा गरेको हो कि जनतालाई आश्वासन मात्र हो, त्यसको कार्यान्वयन पछि मात्र मूल्यांकन गर्न सकिन्छ । आज विरामीहरु स्वास्थ्यकर्मीको वेवास्ताले गर्दा कोरोनाको संक्रमणले भन्दा पनि अन्य जटिल रोगको उपचार नपाएर मरिरहेका छन् । ती विरामी र लकडाउन पालना गरिरहेका गरिबहरु प्रति स्थानीय सरकार जिम्मेवार हुनु पर्ने कि नपर्ने ? यसरी स्थानीय सरकारहरुले प्रसुति सेवा, एम्बुलेन्स सेवा र अत्यावश्यक सामग्री वितरण गर्ने क्षेत्रले कालोबजारी वा अटेरी गरेमा यो नम्बरमा फोन गर्नु भनेर नम्बर सार्वजनिक गरेको छ, तर त्यसमा फोन गरेमा उपयुक्त सेवा नपाइरहेको अवस्था छ । यो सब कुराहरु देखाउनलाई मात्र गरेको हो कि काम पनि भैरहेको छ जनताले यो प्रकोपको घडीमा सूक्ष्म मूल्यांकन गरिरहेका छन् । 
जनमानसले पनि प्रकृतिको नियम पालना गरि सकेसम्म यो अवस्थामा आफू र आफ्नो मनोविज्ञानलाई स्थिर राख्नुपर्दछ । दैनिक नुहाएर खाना खाने, सात्विक (शाकाहारी) भोजन गर्ने, हात सधै सफा राख्ने, ईष्टदेवको ध्यान, जप गर्ने आदि तरीकाहरु प्रकृतिबाट विकसित भएका थिए । हामीले विश्वव्यवस्थात्मक मोडेलमा पश्चिमी हुने प्रयास ग¥यौं, अहिले त्यसको प्रभाव हाम्रो स्वास्थ्यमा त परिरहेको छ, तर मनोविज्ञानमा पनि त्रास फैलिएको छ । जब टिभी रोगको औषधि नेपालमा बनेको थिएन, त्यतिबेला पनि स्त्रीलम्पट राणाहरु र कुपोषणमा परेका जनताहरुलाई टिभी रोग लाग्दथ्यो । उनीहरु भीमफेदीको चीसो सल्लोको हावा लाग्ने ठाउँमा आएर बस्ने गर्दथे र आधाजतिलाई निको पनि हुन्थ्यो रे भन्ने भनाइ मैले सुनेको छु । नेपाल प्राकृतिक सम्पदा र जडिबुटीमा धनी देश हो । हामीले स्थानीय स्तरमा पाइने परम्परागत जडिबुटीलाई पानीमा पकाएर कपडाछान गरी पिउने गर्नाले पनि कोरोनाको पनि रोकथाम गर्न सकिन्छ । 
तर घरबाहिर ननिस्केर यसको प्रसारलाई रोक्ने र हामीले प्रकृतिलाई सम्मान गर्ने, माछामासु चाडपर्वमा मात्र खाने र सकिन्छ भने खाँदै नखाने, जाँडरक्सी नखाने, नियमित ध्यान र भ्याइन्छ भने व्यायाम भ्याइदैन भने करेसाबारीमा श्रम गर्ने गरेमा हामी नेपालीलाई कोरोनाले धेरै मृत्यूदर बढाउदैन, तर हामी नागरिकहरु पनि प्रकृतिलाई अटेरी गर्ने र सनातन जीवनशैलीलाई पुरातन र बुर्जुवा प्रथा भनेर पश्चिमी हावाको पछाडि दौडिन्छौं । यसको कारणले मानसिक रुपमा नेपाली जनमानस भयाक्रान्त छ । त्यसमाथि झन् आफ्ना सांसदलाई फोन गर्दा कहिल्यै नउठाउने र आफ्ना चाटुकारलाई मात्र चाहिने नचाहिने नाममा बजेट वितरण गर्ने कार्यले सचेत र शिक्षित जनता पनि निराश छन् । तर अबको नेपालमा राजनीतिक प्रतिनिधित्व र व्यक्तित्वलाई चिन्ने समय पनि यही हो । व्यक्तिगत काम पनि नगरिदिने नेताको नातेदार र चाटुकारलाई मात्र महत्व दिने र सामुदायिक स्वास्थ्य सुविधामा पनि जनताले आधारभूत स्वास्थ्य समस्या पनि नदिने स्वास्थ्यकर्मी र नीजी अस्पताललाई झन टाउकोमा चढाउने गर्ने नेतागणको भविष्य जुन दलको भए पनि अब समाप्त हुनेछन् । 
कोरोनाको नियन्त्रण पछि विश्व राजनीति र अर्थतन्त्रमा कर्पोरेट हाउसहरुको परिवर्तन हुनेछन् । त्यस अवस्थामा पनि प्रकृतिको नियममा बस्न सक्ने, आफ्ना पूर्वीय साँस्कृतिक मूल्य मान्यता अनुसार न्याय गरेर यो संक्रमणको घडीमा कार्यकर्तालाई कम्तीमा सान्त्वना र ढाडस दिनसक्ने नेतृत्वले मात्र जनसमर्थन पाउनेछन् । विश्व राजनीतिको नेतृत्व परिवर्तन हुनेछ । नेपालमा पश्चिमीको गुलामी गर्ने दल र नेताहरु स्वाहा हुनेछन् । नेपाली माटोमा पश्चिमी सिद्धान्तलाई घुलाउन सक्ने दल र नेता मात्र बाँकी रहनेछन् । तर सत्तामा गएर ती पनि अन्धा हुन सक्छन् । त्यसैले नागरिकहरुले अहिलेदेखि नै प्रकृतिको सम्मान गर्नसक्ने अध्यात्मिक जीवनशैलीको पालना र अहिलेको यो निषेधित क्षेत्रको पालना गर्नुपर्दछ । यस्तो समयमा पनि कमाउन खोज्ने कालबजारिया व्यापारी र आफ्ना जाँडपार्टीलाई मात्र राहत दिने नेताको काम र नाम डायरीमा टिप्दै जाने र जनतालाई सू सूचित गर्दै जानुपर्दछ । हामी धेरै पश्चिमको सिको गर्ने र पश्चिमीका गुलाम जस्तो व्यवहार गर्ने नेतामा पनि भर नपरी प्राकृतिक धर्म संस्कृतिको पालना गर्ने र स्वाभिमानी हुने गर्नुपर्दछ । संकटको समयमा पनि झैझगडा गरेर हिंड्ने बानी पनि सबै नागरिकले त्याग्नु पर्दछ । राष्ट्र संकटमा परेका बेला नागरिकले पनि संयमता अपनाउनुपर्दछ । तर संयमता अपनायो भन्दैमा त्यसलाई कमजोरी ठानी राहतमा पू्र्वाग्रह राख्ने जनप्रतिनिधिको पनि हिसाब किताब राखिरहनुपर्दछ वा राखिरहेकै छन् भन्ने पनि ती सांसद देखि वडा सदस्यहरुसम्मले बुझुन् । उनीहरुमात्र सर्वेसर्वा र सर्वकालिक हुने छैनन् । 
कुनै पनि हारेका नेताले पनि परिस्थितिलाई राजनीतिकरण गरिरहेका छन् भने तीनको पनि हिसावकिताव हुने नै छ । प्रकृतिको काखमा भएको, पूर्खाले सिकाएको जडिबुटी र आहार व्यवहारको प्रयोग गरौं, प्रकृतिको काखमा रमाऔं । लकडाउनको नियम र स्वस्थ रहने नियमहरु पालना गर्न सक्षम होऔं । सर्वे भवन्तु सुखिनां सर्वे सन्तु निरामया :सवेै भद्राणी पश्यन्तु माँ कश्चिद् दुःख भाग्भवेत् !
(लेखक  टोल विकास हेटौंडा १३ नम्बर वडा समन्वय समितिका अध्यक्ष हुन् ।)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार