बालकुमार श्रेष्ठ (balkumars466@gmail.com)
नेपाल प्रकृतिको धनी देश हो । यस देशमा जैविक विविधता छ । यहाँको सानो भूभागमा भएके जैविक विविधताको तुलनामा यहाँ पाइने जैविक विविधता विश्वमै अनुपम छ । आज देशमा कोभिड–१९ को जुन संक्रमण छाइरहेको छ । यहाँको हावापानी मात्र नभएर यहाँको पूर्वीय जीवनशैली नै यसको प्रकोप रोक्न सहायक सिद्ध भएको छ । नेपाल नै त्यो देवस्थल र अध्यात्मस्थल हो जहाँबाट वैदिक कालमा पनि थुप्रै वेदका ऋचाहरु सृष्टि भएका थिए । खासगरी प्रजातन्त्रको पुनःस्थापनापछिको कालमा हाम्रो नेपाल खुला तथा उदार अर्थतन्त्रको कारणले उपभोगवादी पश्चिमी जीवनशैलीमा फस्दै गएको पाइन्छ । यसले गर्दा यहाँ सनातन हिन्दु र बौद्धमार्गीहरुको प्राचीन जीवनशैलीको अभ्यासमा कमी आएको छ । नास्तिक बन्ने र पैसाको पछि दगुर्ने अस्वस्थ प्रतिस्पर्धा सामाजिक र राजनीतिक जीवनशैलीका पर्याय बने । तर त्यसैको प्रतिफल स्वरुप अहिले नेपालमा कोभिड–१९ को महामारीको घडीमा पनि मानिसहरुको मनोविज्ञान नराम्ररी निराशातिर उन्मुख भएको छ ।
संक्रमणको श्रृंखलालाई अटेर गर्ने, आफूमात्र दैनिक उपभोग्य वस्तुको भण्डार गर्न हारालुछ गर्ने, व्यक्तिगत स्वार्थका लागि मरिहत्ते गर्ने यो जुन प्रवृत्तिहरु नेपाली जनमानसमा देखिरहेको छ, त्यो नेपाली जीवनशैलीको मूल्य मान्यतामा आएको ह«ासको कारणले हो । त्यस्तै नेपालको राजनीतिक वृत्तमा पनि जे जति विसंगति र व्यक्तिवाद, नातावाद र चाकरीवादको आधारमा पदको दुरुपयोग गर्ने, जनताको करबाट उठेको बजेत वितरणमा पनि सामाजिक न्यायको सिद्धान्तभन्दा व्यक्तिगत पहिचान र भ्रष्ट ठेकेदारलाई समाउने प्रवृत्ति देखिएको छ, त्यो पनि यो पश्चिमीकरणको प्रभाव हो । शासनमा कर्पोरेटहरुलाई जिम्मा लगाउने, सर्वसाधारण र इमान्दार कार्यकर्तालाई चुनावको समयमा मात्र प्रयोग गर्ने र अरुबेला फोनमा बोल्न पनि गारो मान्ने, बजेट हाल्दा आफूलाई रक्सी रकमीसन खुवाउन सक्ने कार्यकर्ताको क्षेत्रमा मात्र बजेट स्वीकृत गरिदिने यो प्रवृत्ति राजनीतिक विकृति हो । यसको जग पनि पश्चिमी जीवनशैली र उपभोगवादी संस्कृति हो । त्यसैले गर्दा आज कोविद १९ को नियन्त्रणम पनि सरकारलाई आफ्नो मिसन पूरा गर्न हम्मे हम्मे परिरहेको छ ।
हामीले प्रकृतिलाई ख्याल गरेर नेपाली परम्परा नेपाली मूल्य मान्यताको संरक्षण र सम्वर्धन गर्न सकेको खण्डमा मात्र अहिलेको संकटलाई देश र देशवासीलाई आस्वस्त गर्न सक्छौं । देशमा लकडाउन छ । सरकारले ११ बुँदे राहत प्याकेज घोषणा गरेको छ । तर त्यो राहत प्याकेज कार्यान्वयन गर्नको लागि घोषणा गरेको हो कि जनतालाई आश्वासन मात्र हो, त्यसको कार्यान्वयन पछि मात्र मूल्यांकन गर्न सकिन्छ । आज विरामीहरु स्वास्थ्यकर्मीको वेवास्ताले गर्दा कोरोनाको संक्रमणले भन्दा पनि अन्य जटिल रोगको उपचार नपाएर मरिरहेका छन् । ती विरामी र लकडाउन पालना गरिरहेका गरिबहरु प्रति स्थानीय सरकार जिम्मेवार हुनु पर्ने कि नपर्ने ? यसरी स्थानीय सरकारहरुले प्रसुति सेवा, एम्बुलेन्स सेवा र अत्यावश्यक सामग्री वितरण गर्ने क्षेत्रले कालोबजारी वा अटेरी गरेमा यो नम्बरमा फोन गर्नु भनेर नम्बर सार्वजनिक गरेको छ, तर त्यसमा फोन गरेमा उपयुक्त सेवा नपाइरहेको अवस्था छ । यो सब कुराहरु देखाउनलाई मात्र गरेको हो कि काम पनि भैरहेको छ जनताले यो प्रकोपको घडीमा सूक्ष्म मूल्यांकन गरिरहेका छन् ।
जनमानसले पनि प्रकृतिको नियम पालना गरि सकेसम्म यो अवस्थामा आफू र आफ्नो मनोविज्ञानलाई स्थिर राख्नुपर्दछ । दैनिक नुहाएर खाना खाने, सात्विक (शाकाहारी) भोजन गर्ने, हात सधै सफा राख्ने, ईष्टदेवको ध्यान, जप गर्ने आदि तरीकाहरु प्रकृतिबाट विकसित भएका थिए । हामीले विश्वव्यवस्थात्मक मोडेलमा पश्चिमी हुने प्रयास ग¥यौं, अहिले त्यसको प्रभाव हाम्रो स्वास्थ्यमा त परिरहेको छ, तर मनोविज्ञानमा पनि त्रास फैलिएको छ । जब टिभी रोगको औषधि नेपालमा बनेको थिएन, त्यतिबेला पनि स्त्रीलम्पट राणाहरु र कुपोषणमा परेका जनताहरुलाई टिभी रोग लाग्दथ्यो । उनीहरु भीमफेदीको चीसो सल्लोको हावा लाग्ने ठाउँमा आएर बस्ने गर्दथे र आधाजतिलाई निको पनि हुन्थ्यो रे भन्ने भनाइ मैले सुनेको छु । नेपाल प्राकृतिक सम्पदा र जडिबुटीमा धनी देश हो । हामीले स्थानीय स्तरमा पाइने परम्परागत जडिबुटीलाई पानीमा पकाएर कपडाछान गरी पिउने गर्नाले पनि कोरोनाको पनि रोकथाम गर्न सकिन्छ ।
तर घरबाहिर ननिस्केर यसको प्रसारलाई रोक्ने र हामीले प्रकृतिलाई सम्मान गर्ने, माछामासु चाडपर्वमा मात्र खाने र सकिन्छ भने खाँदै नखाने, जाँडरक्सी नखाने, नियमित ध्यान र भ्याइन्छ भने व्यायाम भ्याइदैन भने करेसाबारीमा श्रम गर्ने गरेमा हामी नेपालीलाई कोरोनाले धेरै मृत्यूदर बढाउदैन, तर हामी नागरिकहरु पनि प्रकृतिलाई अटेरी गर्ने र सनातन जीवनशैलीलाई पुरातन र बुर्जुवा प्रथा भनेर पश्चिमी हावाको पछाडि दौडिन्छौं । यसको कारणले मानसिक रुपमा नेपाली जनमानस भयाक्रान्त छ । त्यसमाथि झन् आफ्ना सांसदलाई फोन गर्दा कहिल्यै नउठाउने र आफ्ना चाटुकारलाई मात्र चाहिने नचाहिने नाममा बजेट वितरण गर्ने कार्यले सचेत र शिक्षित जनता पनि निराश छन् । तर अबको नेपालमा राजनीतिक प्रतिनिधित्व र व्यक्तित्वलाई चिन्ने समय पनि यही हो । व्यक्तिगत काम पनि नगरिदिने नेताको नातेदार र चाटुकारलाई मात्र महत्व दिने र सामुदायिक स्वास्थ्य सुविधामा पनि जनताले आधारभूत स्वास्थ्य समस्या पनि नदिने स्वास्थ्यकर्मी र नीजी अस्पताललाई झन टाउकोमा चढाउने गर्ने नेतागणको भविष्य जुन दलको भए पनि अब समाप्त हुनेछन् ।
कोरोनाको नियन्त्रण पछि विश्व राजनीति र अर्थतन्त्रमा कर्पोरेट हाउसहरुको परिवर्तन हुनेछन् । त्यस अवस्थामा पनि प्रकृतिको नियममा बस्न सक्ने, आफ्ना पूर्वीय साँस्कृतिक मूल्य मान्यता अनुसार न्याय गरेर यो संक्रमणको घडीमा कार्यकर्तालाई कम्तीमा सान्त्वना र ढाडस दिनसक्ने नेतृत्वले मात्र जनसमर्थन पाउनेछन् । विश्व राजनीतिको नेतृत्व परिवर्तन हुनेछ । नेपालमा पश्चिमीको गुलामी गर्ने दल र नेताहरु स्वाहा हुनेछन् । नेपाली माटोमा पश्चिमी सिद्धान्तलाई घुलाउन सक्ने दल र नेता मात्र बाँकी रहनेछन् । तर सत्तामा गएर ती पनि अन्धा हुन सक्छन् । त्यसैले नागरिकहरुले अहिलेदेखि नै प्रकृतिको सम्मान गर्नसक्ने अध्यात्मिक जीवनशैलीको पालना र अहिलेको यो निषेधित क्षेत्रको पालना गर्नुपर्दछ । यस्तो समयमा पनि कमाउन खोज्ने कालबजारिया व्यापारी र आफ्ना जाँडपार्टीलाई मात्र राहत दिने नेताको काम र नाम डायरीमा टिप्दै जाने र जनतालाई सू सूचित गर्दै जानुपर्दछ । हामी धेरै पश्चिमको सिको गर्ने र पश्चिमीका गुलाम जस्तो व्यवहार गर्ने नेतामा पनि भर नपरी प्राकृतिक धर्म संस्कृतिको पालना गर्ने र स्वाभिमानी हुने गर्नुपर्दछ । संकटको समयमा पनि झैझगडा गरेर हिंड्ने बानी पनि सबै नागरिकले त्याग्नु पर्दछ । राष्ट्र संकटमा परेका बेला नागरिकले पनि संयमता अपनाउनुपर्दछ । तर संयमता अपनायो भन्दैमा त्यसलाई कमजोरी ठानी राहतमा पू्र्वाग्रह राख्ने जनप्रतिनिधिको पनि हिसाब किताब राखिरहनुपर्दछ वा राखिरहेकै छन् भन्ने पनि ती सांसद देखि वडा सदस्यहरुसम्मले बुझुन् । उनीहरुमात्र सर्वेसर्वा र सर्वकालिक हुने छैनन् ।
कुनै पनि हारेका नेताले पनि परिस्थितिलाई राजनीतिकरण गरिरहेका छन् भने तीनको पनि हिसावकिताव हुने नै छ । प्रकृतिको काखमा भएको, पूर्खाले सिकाएको जडिबुटी र आहार व्यवहारको प्रयोग गरौं, प्रकृतिको काखमा रमाऔं । लकडाउनको नियम र स्वस्थ रहने नियमहरु पालना गर्न सक्षम होऔं । सर्वे भवन्तु सुखिनां सर्वे सन्तु निरामया :सवेै भद्राणी पश्यन्तु माँ कश्चिद् दुःख भाग्भवेत् !
(लेखक टोल विकास हेटौंडा १३ नम्बर वडा समन्वय समितिका अध्यक्ष हुन् ।)
४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...
४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...
२८ असार, हेटौंडा । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...


















