Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

साउने सोमबारको  महिमा र महत्व

Shrawan-1595137745.jpg

सांकेतिक तस्विर

साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ । महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ । हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् । 
साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने चलन छ । ज्योतिषशास्त्रअनुसार सोमबारका स्वामी भगवान् शिव त्यसमा पनि साउन महिनाको सोमबार गरिने शिवको व्रत विशेष फलदायी हुन्छ । पहाड तथा काठमाडौंका हिन्दू धर्म मान्नेहरूबीच साउने सोमबारको व्रत बस्ने चलन छ । साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ । महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ ।
हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् । साउन महिनामा बढी वर्षा, झरी तथा कीटाणुको संक्रमण हुने हुँदा लुतो पनि फालिन्छ । यतिबेला वर्षा र गर्मीका कारण रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजित हुने खाना खानु हुँदैन भनिन्छ । हिन्दू धर्ममा साउनलाई धर्म–कर्मको महिनाका रूपमा लिइन्छ ।
यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा राम्रो फल प्राप्त हुने विश्वास छ । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयबाट प्रारम्भ भएर तेस्रो प्रहरसम्म चल्छ । तेस्रो प्रहर अर्थात् तीन बजेपछि शिवजीको पूजा गर्ने चलन छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गरिन्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ । यसपटक साउनको पहिलो सोमबार साउन ६ गते परेको छ । यस हिसाबले यो वर्ष साउनमा ४ वटा मात्र सोमबार छन् । 
तराईमा साउन महिनाको पूर्णिमा आसपासका १५ दिन मधुश्रावणीका रूपमा महिलाहरूले मन्दिरमा चोखो फूल चढाएर व्रत बस्ने चलन रहेको प्राध्यापक रामवरण सिंह बताउँछन् । पूर्णिमालाई मनको देवता मानिने भएकाले त्यसको आसपास व्रत बस्ने चलन चलेको हो । उमेरअनुसार व्रत बस्ने उद्देश्य फरक हुने पनि प्राध्यापक सिंहले बताए । विवाहितले सुहाग यथावत् रहोस् भनेर, सन्तान भएकाहरूले सन्तानको दीर्घायुका लागि तथा अविवाहितहरूले असल श्रीमान् प्राप्त गर्न व्रत बस्छन् । 
साउने सोमबारका गन्तव्य
साउने सोमबारका दिन देशभरिका शिवालयहरूमा भक्तजनको भीड लाग्छ । काठमाडौं वरपरका श्रद्धालुहरूको साउन महिनाको सोमबारको प्रमुख गन्तव्य पशुतिनाथ हो । यसैगरी केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङको हलेसी महादेव, काठमाडौंको कोटेश्वर, पनौतीको धनेश्वर, महोत्तरीको जलेश्वर, म्याग्दीको गलेश्वर, धरानको पिण्डेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको दुप्चेश्वर आदि शिवालयमा साउने सोमबारका दिन विशेष घुइँचो लाग्छ । 
साउनमा प्रयोग हुने पहिरन, मेकअप तथा एसेसरिज
चुरा – हिन्दू धर्मशास्त्रअनुसार चुराको महत्व श्रीमान्को दीर्घायुसँग जोडिएको छ । त्यसैले विवाहित महिलाहरू सकभर हात खाली राख्दैनन् । साथमा चुराले महिलाहरूको हातलाई सुन्दर पनि बनाउँछ । साउने सोमबारका दिन प्रायः महिला हरिया चुरा तथा बालामा सजिएका हुन्छन् ।
इन्द्रचोकस्थित चुरापोते पसलकी सारा बानुका अनुसार विगत ६–७ वर्षयता दसैं, तीज तथा विवाहका लगनमा जस्तै साउनभरि चुराको व्यापार हुन्छ । साउन आउनुभन्दा एक हप्ताअघि नै साउनका लागि हरिया चुरा बिक्री हुन थाल्ने साराले बताइन् । हरिया चुराका साथमा पहेंला तथा राता चुराहरू पनि उक्तिकै बित्री हुने भक्तपुर दरबार स्क्वायरमा पुर्ख्यौली व्यापार गर्दै आएका अब्दुला मियाँले बताए ।
अझ केही वर्षयतादेखि साउनमा तीजकै हाराहारीमै व्यापार हुने व्यवसायीहरू बताउँछन् । साडी, ब्लाउज तथा कुर्तामा भएका स्टोनअनुसारका चुरा किन्न आउनेहरू पनि त्यत्तिकै हुन्छन् । साउने सोमबारका लागि दिदी–बहिनी छरछिमेक तथा साथीहरूलाई पनि चुरा, टीका आदि सौभाग्य चिन्हहरू उपहार प्रदान गर्न थालिएकाले चुरा पसलहरूको आम्दानी अझ बढ्दो छ ।
पोतेः विवाहित महिलाहरूका लागि पोतेको महत्व आफ्नै किसिमको छ । रातो साडीमा हरियो पोते लगाउँदा महिलाहरूको सौन्दर्यमा थप वृद्धि हुन्छ । तीज, साउने सोमबार आदिमा त पोते अनिवार्य एसेसरिजझैं भैसकेको छ । केही समयअघि पोतेमा तिलहरी मात्र राखेर लगाउने चलन थियो भने अहिले नौगेडी, पोतेका डिजाइन डिजाइनमा माला लगाउने चलनसमेत छ ।
इन्द्रचोकमा पोतेको व्यापार गरिरहेका हसन खान साउनमा पनि दसैं, तीज तथा विवाहमा जस्तो राम्रो व्यापार हुन थालेकोमा दंग छन् । पोते उनेर नेकलेस डिजाइन, विभिन्न फूलका डिजाइनहरूसमेत निकालिएको पाइन्छ । कतिपयले रातो, हरियो तथा पहेंलो रंगको कम्बिनेसन गरिएका पोतेसमेत रुचाउँछन् ।
साभार : नारी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार