सांकेतिक तस्विर
साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ । महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ । हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् ।
साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने चलन छ । ज्योतिषशास्त्रअनुसार सोमबारका स्वामी भगवान् शिव त्यसमा पनि साउन महिनाको सोमबार गरिने शिवको व्रत विशेष फलदायी हुन्छ । पहाड तथा काठमाडौंका हिन्दू धर्म मान्नेहरूबीच साउने सोमबारको व्रत बस्ने चलन छ । साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ । महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ ।
हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् । साउन महिनामा बढी वर्षा, झरी तथा कीटाणुको संक्रमण हुने हुँदा लुतो पनि फालिन्छ । यतिबेला वर्षा र गर्मीका कारण रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजित हुने खाना खानु हुँदैन भनिन्छ । हिन्दू धर्ममा साउनलाई धर्म–कर्मको महिनाका रूपमा लिइन्छ ।
यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा राम्रो फल प्राप्त हुने विश्वास छ । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयबाट प्रारम्भ भएर तेस्रो प्रहरसम्म चल्छ । तेस्रो प्रहर अर्थात् तीन बजेपछि शिवजीको पूजा गर्ने चलन छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गरिन्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ । यसपटक साउनको पहिलो सोमबार साउन ६ गते परेको छ । यस हिसाबले यो वर्ष साउनमा ४ वटा मात्र सोमबार छन् ।
तराईमा साउन महिनाको पूर्णिमा आसपासका १५ दिन मधुश्रावणीका रूपमा महिलाहरूले मन्दिरमा चोखो फूल चढाएर व्रत बस्ने चलन रहेको प्राध्यापक रामवरण सिंह बताउँछन् । पूर्णिमालाई मनको देवता मानिने भएकाले त्यसको आसपास व्रत बस्ने चलन चलेको हो । उमेरअनुसार व्रत बस्ने उद्देश्य फरक हुने पनि प्राध्यापक सिंहले बताए । विवाहितले सुहाग यथावत् रहोस् भनेर, सन्तान भएकाहरूले सन्तानको दीर्घायुका लागि तथा अविवाहितहरूले असल श्रीमान् प्राप्त गर्न व्रत बस्छन् ।
साउने सोमबारका गन्तव्य
साउने सोमबारका दिन देशभरिका शिवालयहरूमा भक्तजनको भीड लाग्छ । काठमाडौं वरपरका श्रद्धालुहरूको साउन महिनाको सोमबारको प्रमुख गन्तव्य पशुतिनाथ हो । यसैगरी केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङको हलेसी महादेव, काठमाडौंको कोटेश्वर, पनौतीको धनेश्वर, महोत्तरीको जलेश्वर, म्याग्दीको गलेश्वर, धरानको पिण्डेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको दुप्चेश्वर आदि शिवालयमा साउने सोमबारका दिन विशेष घुइँचो लाग्छ ।
साउनमा प्रयोग हुने पहिरन, मेकअप तथा एसेसरिज
चुरा – हिन्दू धर्मशास्त्रअनुसार चुराको महत्व श्रीमान्को दीर्घायुसँग जोडिएको छ । त्यसैले विवाहित महिलाहरू सकभर हात खाली राख्दैनन् । साथमा चुराले महिलाहरूको हातलाई सुन्दर पनि बनाउँछ । साउने सोमबारका दिन प्रायः महिला हरिया चुरा तथा बालामा सजिएका हुन्छन् ।
इन्द्रचोकस्थित चुरापोते पसलकी सारा बानुका अनुसार विगत ६–७ वर्षयता दसैं, तीज तथा विवाहका लगनमा जस्तै साउनभरि चुराको व्यापार हुन्छ । साउन आउनुभन्दा एक हप्ताअघि नै साउनका लागि हरिया चुरा बिक्री हुन थाल्ने साराले बताइन् । हरिया चुराका साथमा पहेंला तथा राता चुराहरू पनि उक्तिकै बित्री हुने भक्तपुर दरबार स्क्वायरमा पुर्ख्यौली व्यापार गर्दै आएका अब्दुला मियाँले बताए ।
अझ केही वर्षयतादेखि साउनमा तीजकै हाराहारीमै व्यापार हुने व्यवसायीहरू बताउँछन् । साडी, ब्लाउज तथा कुर्तामा भएका स्टोनअनुसारका चुरा किन्न आउनेहरू पनि त्यत्तिकै हुन्छन् । साउने सोमबारका लागि दिदी–बहिनी छरछिमेक तथा साथीहरूलाई पनि चुरा, टीका आदि सौभाग्य चिन्हहरू उपहार प्रदान गर्न थालिएकाले चुरा पसलहरूको आम्दानी अझ बढ्दो छ ।
पोतेः विवाहित महिलाहरूका लागि पोतेको महत्व आफ्नै किसिमको छ । रातो साडीमा हरियो पोते लगाउँदा महिलाहरूको सौन्दर्यमा थप वृद्धि हुन्छ । तीज, साउने सोमबार आदिमा त पोते अनिवार्य एसेसरिजझैं भैसकेको छ । केही समयअघि पोतेमा तिलहरी मात्र राखेर लगाउने चलन थियो भने अहिले नौगेडी, पोतेका डिजाइन डिजाइनमा माला लगाउने चलनसमेत छ ।
इन्द्रचोकमा पोतेको व्यापार गरिरहेका हसन खान साउनमा पनि दसैं, तीज तथा विवाहमा जस्तो राम्रो व्यापार हुन थालेकोमा दंग छन् । पोते उनेर नेकलेस डिजाइन, विभिन्न फूलका डिजाइनहरूसमेत निकालिएको पाइन्छ । कतिपयले रातो, हरियो तथा पहेंलो रंगको कम्बिनेसन गरिएका पोतेसमेत रुचाउँछन् ।
साभार : नारी
१९ असार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवार वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम...
१८ असार, हेटौंडा । लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले पदीय मर्यादा विपरीत...
१८ असार, हेटौंडा । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
१८ असार, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिहरुलाई सम्मान गर्ने...
१८ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा...
१८ असार, बर्दिया । बर्दियामा निउरो टिप्न गएका एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ स्थित सीमावर्ती...
१८ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका...
१८ असार, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश...
१८ असार, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोईराला विश्व...
१६असार,हेटौंडा । कान्तिलोक पथ अन्तर्गत हेटौंडा-५ राधाकृष्ण मन्दिर नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
१७ असार,हेटौंडा।कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया ११ घट्टेपाख नजिक फलाम बोकेको ट्रक दुर्घटनाग्रस्त हुदा...
१३ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने...
७ असार, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हेटौंडा-१७ मा ट्रकको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा...
१४ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी...
१० असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते भएका...
८ असार, हेटौंडा । मकवानपुर प्रहरीले एक व्यक्तीलाई बन्धक बनाई फिरौती रकम माग्ने तिन युवालाई पक्राउ गरेको छ।...
८ असार,हेटौंडा । हेटौंडाको मुटु मानिएको हेटौंडा-१० बसपार्क क्षेत्रमा आफै उम्रेको लागुऔषध गाँजा फडानी गरेर जलाएर...
१६असार,हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। जिल्ला प्रशासन कार्यालय ...