बोझो, खदरादी र कागतीले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मेरो व्यक्तिगत अनुभव छ । नेपालभित्र मात्र होइन नेपालबाहिर जाँदा पनि बोझो र खदरादी प्रायः साथमै हुन्छ । किनभने औषधि भनेको जुनसुकै बेला पनि चाहिन सक्छ ।
घाँटी दुखेको बेलामा बोझोले धेरै फाइदा गर्छ । दुखाइ कम गर्नुका साथै बोल्न सहज गराउँछ । सामान्य अवस्थामा पनि धेरै बोल्नु छ भने पहिला नै मुखमा बोझो राख्दा फाइदा गर्छ । बोलीमा पनि निखार ल्याउँछ ।
आयुर्वेदिक औषधिहरूमा प्रशस्त प्रयोग गरिने बोझोको उपयोगिताबारेमा सबै समुदायमा पर्याप्त जानकारी नभए पनि कुनै–कुनै समुदायमा परम्परागतरुपमा प्रयोग गर्ने गरिन्छ । मैले केही वर्षअघि कैलालीको एक समुदायमा घाँटी दुखाइको उपचार गर्न बोझोलाई निकै महत्व दिने गरेको पाएको थिएँ । त्यहाँकी एक महिलाले दिएको जानकारीअनुसार पहिला त बच्चाहरूलाई घाँटीमा बोझोको टुक्राको माला नै लगाइदिने चलन थियो रे ∕ तर अहिले आधुनिक औषधिहरुको व्यापक प्रचलनले यसको महत्व घट्दै गएको छ ।
बोझो सहजैसँग उम्रिने, कुनै स्याहार नचाहिने वनस्पति हो । गमलामा वा सानो टुक्रा जमिनमा पनि बोझो उमार्न र हुर्काउन सकिन्छ । वर्षातमा एकचोटि रोपेपछि आफैं बिस्तारै फैलिँदै जान्छ । यसको जरा बढ्दै जान्छ र यही जरा औषधिको रुपमा उपयोग हुन्छ । असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुने अनुभव छ ।
कतिपय अवस्थामा यसले एन्टिबायोटिकले जस्तै काम गर्छ । घाँटीमा संक्रमण भएर एन्टिबायोटिक खाँदा पनि सानो बोझोको टुक्रा ४–५ दिनसम्म लगातार मुखमा राखिरहँदा छिटो फाइदा गर्छ । तर विचार गर्नुपर्ने कुरा के छ भने, कसै–कसैलाई यो धेरै प्रयोग गर्दा सुख्खा भएर नाकबाट रगत आउन सक्छ । त्यसैले एकैचोटि धेरै प्रयोग गर्नुहुन्न । बोझोको बारेमा अहिले वैज्ञानिक अनुसन्धान पनि भइरहेको छ ।
यस्तै घाँटीलाई स्वस्थ राख्नका लागि प्रयोग गरिने अर्को जडीबुटी औषधि हो खदरादी, जुन वैद्यका पसलहरुमा सहजै पाइन्छ । खोकी लागेको बेलामा खदरादी मुखमा राखेर चुसिरहँदा फाइदा गर्छ । तर दैनिक तीन–चारवटाभन्दा बढी प्रयोग गर्नुहुन्न । बढी प्रयोग गर्दा यसले मुटुको धड्कन बढाउन सक्छ । पहिला म आफैंले दिनमा ७–८ वटा खदरादीको प्रयोग गर्दा मुटुको धड्कन बढ्न गएको थियो । यससम्बन्धी विज्ञ डा। सरिता श्रेष्ठसँग छलफल गर्दा उहाँले पनि खदरादीको प्रयोग दिनमा ६–७ वटा गरेमा यसले मुटुको धड्कन बढ्न सक्ने जानकारी दिनुभयो । वैद्यको औषधि भन्नेबित्तिकै जथाभावी प्रयोग गर्नुहुँदैन, यसबाट पनि साइड इफेक्ट हुन सक्छ ।
घाँटीको समस्याको लागि बोझो र खदरादीको प्रयोग निकै लाभदायक हुन्छ । म पनि यसको प्रयोग गर्छु । यस्तो कुरा गर्दा मलाई कतिपय साथीले ‘पुरातनवादी’ पनि भन्छन् । तर बोझोको औषधीय गुणको बारेमा जब अंग्रेजीमा लेखिएको वेबसाइटमा देखाएपछि चाहिँ धेरैले विश्वास गर्छन् । अंग्रेजीमा लेखेपछि मात्र वैज्ञानिक सत्य मान्ने सोच अझै पनि धेरैमा छ ।
असुरोको पात पकाएर कुल्ला गर्नाले दाँत तथा गिजाका रोगीलाई फाइदा हुन्छ भनेर गाउँघरमा पहिले सुन्थें, तर त्यति वास्ता गरिएको थिएन । असुरोको औषधीय महत्वको बारेमा केही वैद्यहरुसँग छलफल गरेपछि यसबारेमा थप ज्ञान भयो । उहाँहरुको भनाइअनुसार असुरोको १० ग्राम रसमा मह मिसाएर बिहान–बेलुका खाँदा महिलाहरूलाई श्वेत प्रदरको समस्या ठीक हुन्छ । यसमा रहेको केही विशेष तत्वले विभिन्न संक्रमण कम मर्न मद्दत गर्छ । असुरोको सुकेको पात पुस्तकका पानाहरूमा राख्दा कीरा लाग्दैन । असुरोको पात पानीमा उमालेर खाँदा कफ सजिलै बाहिर निस्कन्छ । असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुने अनुभव छ ।
विभिन्न बिरुवाको बारेमा जानकारी राख्नेहरूले चरिअमिलोलाई पानीमा उमालेर मुखमा कुल्ला गर्दा मुखको घाउ निको हुने बताउँछन् । युरोपतिर चरिअमिलोलाई सलादमा हालेर पनि खान्छन् । गिजाबाट रगत आउने, घाउखटिरा भएर पाक्ने, दुख्ने र सुन्निने भएमा चरिअमिलोको बोट सफा गरी चपाएर कुल्ला गर्नाले निको हुन्छ । यसलाई गाईवस्तुको लागि घाँसको रूपमा अन्य घाँससँग मिसाएर खुवाउने गरिन्छ, जसले गर्दा दूधको उत्पादन धेरै हुन्छ ।
यसै गरी अमला बहुउपयोगी फल हो । अमलाको तितौरा बनाएर वा त्यसै पनि खाने गरिन्छ । यसलाई सुकाएर विभिन्न औषधि बनाउने गरिन्छ । धार्मिक दृष्टिकोणले अमला पवित्र मानिन्छ । भगवान् विष्णुको मन पर्ने फलमा अमला विष्णुको पूजामा नैवेद्यको रूपमा चढाइन्छ । शायद यसको औषधीय महत्व भएर होला । कब्जियत रोक्नका लागि प्रयोग गरिने त्रिफलामा अमला पनि हुन्छ तर त्रिफलाको विज्ञापन राम्रा–राम्रा हिरो–हिरोइनले गर्दैनन् । त्यसैले त्रिफलाको महत्व धेरैले बुझ्दैनन् । कब्जियत हटाउन महँगा औषधिहरूको प्रयोग गरेर खुशी हुने हाम्रो चलन छ । नजिकको तीर्थ हेला भनेको यही होला । (नेपालसमाचारपत्रबाट)
२३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंमा सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । विजया...
२३ असोज, हेटौंडा । आश्विन नवरात्रको छैठौं दिन दुर्गा भवानीको छैठौं शक्ति स्वरुप कात्यायनी देवीको पूजा गरिँदैछ...
२३ असोज, हेटौंडा । कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।...
२३ असोज, हेटौंडा। मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई दशैँको अवसरमा निर्वाह भत्ता वितरण गरेको...
२२ असोज, म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतारोही मंगलबार...
२२ असोज, हेटौंडा। मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने तेल ट्यांकरभित्र गाजा बरामद गरेको छ।मंगलबार बिहान...
२२ असोज, हेटौंडा। कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीवन्दीलाई यस वर्ष पनि खसीसहित खाद्यसामग्रि उपलब्ध...
२२ असोज, सिन्धुली । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र बीपी राजमार्गमा सवारी संचालन हुने दावी गरेका छन्...
२२ असोज, हेटौंडा । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा यमुनामाई गाउँपालिका–५ मिठुअबाका...
२२ असोज, हेटौंडा।असोज १२ गते आएको भिषण बाढीले भत्काएको कान्तिलोकपथ अन्तर्गत बागमती(बगुवा) पुल संचालनमा आएको छ...
१२ असोज, हेटौंडा।. कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना रहेको बगुवा पुलमा बाढीले क्षती पुगेको छ...
१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका...
सुनिल शिवाकोटी स्थलगत रिपोर्टिंग २० असोज, सिमखोला । असोज ११ र १२ असोजको अविरल वर्षापछि आएको भिषण बाढीले...
१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको...
१४ असोज, हेटौंडा। बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात...
१७ असोज, हेटौंडा । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक...
१९ असोज, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ८ सात्तलेमा इलेक्ट्रीक (इभी) गाडी...
१७ असोज, हेटौंडा। हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति...