२८ मंसिर, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न २०७६ चैत ११ गतेदेखिको लकडाउन र त्यसपछिको निषेधाज्ञाले उद्योग कलकारखाना, शैक्षिक संस्थासहित सबै क्षेत्र प्रभावित बन्यो । यो अवधीमा धेरैले गरिरहेको काम बन्द हुँदा बेरोजगार भए । धेरैलाई प्रतिकुल बनेको लकडाउन र निषेधाज्ञाकै समयलाई सदुपयोग गरेर नयाँ काम थालेकाहरु भने स्वरोजगार बन्दै आम्दानी समेत गर्न थालिसकेका छन् ।
लकडाउनको समयलाई सदुपयोग गरेर स्वरोजगार बन्न सफल एक उदाहरण हुन् हेटौंडा–६ शान्तिटोलका भरत सापकोटा । लकडाउनका कारण आफुले लाखौं लगानी गरेर संचालन गरेको नीजि विद्यालय बन्द भएपछि उनलाई बैंकको व्याज तिर्न समेत समस्या भयो । त्यसैले उनले आप्mनो पु¥ख्यौली १५ कठ्ठा जग्गामा व्यवसायिक ढंगबाट एकिकृत कृषिको काम शुरु गरे । कुखुरा, माछा र तरकारी खेति थालेका उनले अहिले त्यसबाट आम्दानी लिन थालिसकेको रोयल अर्गानिक एग्रो फर्म एण्ड रिसर्च सेन्टरका संचालक भरत सापकोटा बताउँछन् ।
यसअघि हार्डवेयर र कस्मेटिक पसल संचालन गरिरहेका हेटौंडा–६ चुच्चेखोलाका प्रमेश पराजुली र कल्पना पराजुलीको परिवारले पनि लकडाउनले व्यापार ठप्प भएपनि व्यवसायिक तरकारी खेति शुरु गरे । बेमौसमी तरकारी खेति शुरु गरेका उनीहरुले पहिलो सिजनमै ३ लाख रुपैंयाको तरकारी बिक्रि गरेका छन् । लकडाउनको प्रतिकुल समयलाई सदुपयोग गरेका उनीहरु आफु त स्वरोजगार भए नै, अरुलाई पनि काम दिने अवस्थामा पुगिसकेका कल्पनाको भनाई छ । यसअघि सामान्य ढंगले तरकारी खेति गरिरहेका रोशन घिमिरेले पनि लडकडाउनकै समयमा आफ्नो तरकारी खेति विस्तार गरेका छन् । उनको मेहनतले अहिले सार्थकता पाउन थालेको छ र बजारमा उत्पादन पुगेपछि नगद हातमा पर्न थालेको छ ।
लकडाउन र निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर हेटौंडा ६ नम्बर वडा कार्यालयले स्वारोजगार कार्यक्रम शुरु गरेको छ । बेरोजगारहरुलाई व्यवसायिक कृषि, पशुपालन, माछापालन जस्ता क्षेत्रमा अनुदानको लागि वडा कार्यालयले लगानी गरेको छ । यसबाट रोजगार गुमाएका, विपन्न परिवार र एकल महिलाले लाभ हासिल गरिरहेको वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको भनाई छ ।
हेटौंडा–६ मा मात्रै लकडाउनपछि ४० भन्दा बढि परिवारले व्यवसायिक कृषिलाई आफ्नो आयको स्रोतको रुपमा अघि बढाएका छन् । तर विना तालिम र पर्याप्त लगानी नहुँदा उनीहरुले अपेक्षित लाभ हासिल गर्न सकिरहेका छैनन् । राज्यले लकडाउन र निषेधाज्ञाको प्रतिकुल समयलाई सदुपयोग गरेर स्वरोजगारतर्फ उन्मुख भएकाहरुलाई प्राविधिक ज्ञान, कृषि औजार र सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
४ जेठ, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । स्कटल्यान्डले...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध गरेको छ । आजको...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...
४ जेठ, हेटौंडा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन्...
४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी...
३ जेठ, हेटौंडा । राप्रपाको मुख्य सचिवमा प्राध्यापक डाक्टर जयन्तनाथ खनाल मनोनित भएका छन् । पार्टी अध्यक्ष...
३ जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ । पार्टी...
३ जेठ, हेटौंडा । नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२२ बैशाख, हेटौंडा । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...

















-1778287066.jpg)