Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

हेटौंडा मेयर कपको फाइनलमा वडा नम्बर १० र १८ भिड्ने

156891684_382758210400529-1615084936.jpg

२३ फागुन, हेटौंडा । हेटौंडाको हुप्रचौरमा जारी मेयर कप फुटबल प्रतियोगिता–२०७७ को उपाधिको लागि डिफेण्डिङ च्याम्पियन १० नम्बर वडा र १८ नम्बर वडा भिड्ने भएका छन् । 
हेटौंडा उपमहानगरापकिाल वडा नम्बर १० र वडा नम्बर १८ हेटौंडामा जारी हेटौंडा मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सेमीफाइनलमा वडा नम्बर १० ले वडा नम्बर १३ लाई र वडा नम्बर १८ ले वडा नम्बर ५ लाई टाइब्रेकरमा पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेको हुन् । 
शनिवार सम्पन्न भएको वडा नम्बर १० र वडा नम्बर १३ बीचको पहिलो सेमिफाइनल खेल निर्धारित समय १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको थियो । १० नम्बरको तर्फबाट ८ औं मिनेटमा सुमन छुमीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १३ को तर्फबाट सनुअल सुनारले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बाँकी समय दुवै टोलीको तर्फबाट थप गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । 
टाइब्रेकरमा १० को तर्फको सुमन छुमी, विजय लामा, आशिष लामा र प्रितम स्याङ्बोले गोल गरेका थिए भने १३ को तर्फबाट कप्तान श्री स्याङ्तानको प्रहार मात्रै गोल भएको थियो । खेलमा १० नम्बर वडाका गोलरक्षक दिपेश गोले म्यान अफ द म्याच भए ।
यस्तै दोस्रो सेमीफाइनलमा ५ नम्बर वडालाई टाइब्रेकरमा स्तब्ध पार्दै १८ ले फाइनल भिडन्त पक्का गरेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा ५ नम्बर वडा निराश हुँदै घर फर्किन बाध्य भयो । वडा नम्बर ५ को तर्फबाट मिलन अर्यालले २६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर वडा नम्बर १८ का विमल घलानले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 
निर्धारित समयमा दुबैतर्फबाट एक एक गोलको बराबरी भएपछि टाइब्रेकरमा वडा नम्बर १८ ले ५–४ को जित निकालेको हो । ५ को तर्फबाट टीका चौलागाइँ, मिलन अर्याल, सुमन अर्याल र सन्जिव अर्यालले मात्रै गोल गरेका थिए । मनोज बिष्ट र निसान भुषालको प्रहार गोल हुन सकेन । 
यस्तै १८ का लागि सुनिल घलान, कृष्णबहादुर गुरागाइँ, राजेश पाण्डे, आयुर घलान र अनिष रोक्काले गोल गरेका थिए । सुदिप लोको प्रहार भने गोल हुन सकेन । खेलमा १८ नम्बर वडाका अनिष रोक्का म्यान अफ द म्याच भए । फाइनल खेल भोली सोमबार हुनेछ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार