Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

समाज

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्धामा सरकारको उपेक्षा

xx-1685409327.JPG

१६ जेठ, हेटौंडा । सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्धाहरुलाई उपेक्षा गर्ने गरेको सरोकारवालाहरुले बताएका छन् । सोमबार हेटौंडामा आयोजित प्रदेश स्तरीय यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विश्वव्यापी आवाधिक समिक्षा छलफलका सहभागिहरुले यस्तो बताएका हुन् ।
छलफलमा सहभागिहरुले सरकारले यो समुदायका हकहितको लागी सरकारले आवस्यक नीति तथा कार्यक्रम बनाउँनै हेलचेक्राई गर्ने गरेको भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको हक अधिकार स्थापित गर्न सहज वातावरण बनाईदिन उनीहरुले सरकारसँग आग्रह समेत गरेका छन् । 
निल हिरा समाजको राईट हेयर राईट नाउ कार्यक्रम अन्तर्गत आयोजित उक्त छलफल कार्यक्रममा विश्वव्यापी रुपमा उठीरहेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्धाहरुमा सरकारले तदारुकता नदेखाएको समाजकी सदस्य रुविना तामाङले बताइन् । 
उनले सरकारले यौनीक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्धामा उदासिनताका देखाउँदा समस्या भाग्नु परिरहेको बताइन् ।
उनले विश्वव्यापी आवाधिक समिक्षाको विभिन्न समयमा भएका ३ वटा संस्करणमा नेपाल सहभागि भएको र त्यहाँ उठेका सुझाव सम्बोधन गर्ने प्रतिवद्धता मात्र व्यक्त गरेपनि कार्यान्वयनमा कुनै चासो नदेखाएको तामाङको दावी छ । 
समाजकी सदस्य तामाङले सन् २०११ मा भएको विश्वव्यापी आवाधिक समिक्षा नेपाललाई १३२ वटा सुझावहरु प्राप्त भएकोमा १२१ वटा सुझाव स्वीकार गर्ने प्रतिवद्धता व्यक्त गरेपनि ११ वटा सुझावहरुमा सरकार मौन रहेको बताईन । 
उनका अनुसार उक्त समिक्षामा सो समुदायका व्यक्तिहरु माथि हुने भेदभाव नियन्त्रका लागि कानुन निर्माण गर्न र मानव अधिकारको सुनिश्चितता गर्न विभिन्न देशहरुले सुझाव दिएका थिए । 
त्यस्तै सन् २०१५ मा भएको समिक्षामा नेपाललाई प्राप्त १९५ वटा सुझाव मध्ये १५२ वटा स्वीकार गरेको थियो भने ४३ वटा सुझावमा मौन रहेको थियो । सो वर्षमा सहभागि देशहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय माथि हुने दुव्यवहारविरुद्ध कानुन निर्माण गरी कार्यान्वयन गर्न, समलिंगी विवहालाई स्वकृति दिन र मानव अधिकार आयोगबाट प्राप्त सुझावलाई ग्रहण गर्न सुझाव प्राप्त भएको थियो । 
त्यसैगरी सन् २०२१ मा भएको समिक्षामा नेपाललाई प्राप्त २३३ सुझाव मध्ये १९५ वटा स्वीकार गर्ने र ३८ वटामा मौन रहेको थियो । सो वर्षमा सहभागि देशहरुले नेपाललाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय मागि हुने दुव्र्यवहार विरुद्ध कानुन माग, आधारभूत आवश्यकता र समलिंगी विवहा पहिचान बारे सुझाव प्राप्त भएको थियो ।
प्राप्त र स्वीकार गरिएका सुझावहरु नेपालले अझैसम्म पनि कार्यान्वयनमा लान नसकेको भन्दै तामाङले चिन्त व्यक्त गरिन् । यद्यपी सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको केहि मुद्धाहरुलाई भने समेट्ने प्रयत्न गरेको उनको भनाई छ ।
यस्तै छलफलमा फेण्डस हेटौडाका संयोजक किरण थापाले राज्यबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बारेमा नीतिगत तहबाट अप्ठ्याराहरु समाधान गर्न आग्रह गरिन् । सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुलाई मानव अधिकारको हकबाट बन्चित गराउन नहुने र उनीहरुको हक हित सुनिश्चितताका लागि कानुन निर्माण गरी अघि बढ्नुपर्ने उनले बताइन् ।
छलफल कार्यक्रममा यौनिक तथा अल्पसंख्यक समुदायका प्रतिनिधि एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Screenshot_20230718_19014-1689686225.jpg
Hetauda-Campus-1691121351.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साफ यू-१९ फुटबल: नेपाल भारतसँग पराजित
20230927_210048-1695827863.jpg

१० असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।...

चौधरीको हत्यामा आरोपमा एक जना पक्राउ
Screenshot_20230626_21040-1695813270.jpg

१० असोज, सप्तरी । सप्तरीको  कञ्चनरुप नगरपालिका-७ बलुवाका २५ वर्षीय राहुलकुमार चौधरीको हत्यामा संलग्न रहेको...

राष्ट्रपति पौडेलले नवनियुक्त चार राजदूतलाई शपथग्रहण गराए
20230927_134137-1695801751.jpg

१० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार राजदूतलाई बुधबार शपथग्रहण गराएका छन्...

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घट्यो
gold-1-e1517980737571-1695800481.jpg

१० असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो...

प्रधानमन्त्री दाहाल तिव्बतको ल्हासा पुगे
20230927_131900-1695800153.jpg

१० असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन्...

पुरुष क्रिकेटमा मंगाेलियाविरुद्ध नेपालको फराकिलो जित
Screenshot_20230927_13085-1695799553.jpg

१० असोज, काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध...

लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या
Goli-1695785752.jpg

१० असोज, काठमाडौं । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या भएको छ । हत्या हुनेमा...

एमाले बागमती प्रदेश अधिवेशनमा निर्वाचन प्रक्रिया शुरू
UML_Bagmati_Province_asse-1695779926.jpg

१० असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तरगत आजबाट निर्वाचन प्रक्रिया शुरू भएको छ । निर्वाचन...

प्रधानमन्त्री दाहाल चीनको स्वशासित क्षेत्र ल्हासा जाँदै
20230923_121809-1695779342.jpg

१० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाँदैछन्...

थप समाचार
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg