२३ मंसिर, हेटौंडा । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठकले ५ बुँदे निर्णय गरेको छ । आइतबार ललितपुरमा बसेको दुई दलीय संयन्त्रको बैठकले ५ बुँदे निर्णय गरेको हो ।
बैठकले बागमती प्रदेश सरकारले गरेका निर्णयहरुलाई यथाशिघ्र कार्यन्वयन गर्दै प्रदेश सरकारलाई जनचाहना अनुरुप प्रभावकारी ढंगले संचालन गर्न बागमती प्रदेश सरकारलाई निर्देश गरेको छ । बैठकले बागमती प्रदेशमा बाँकी रहेका राजनीतिक नियुक्तिहरुलाई दुई दलको आपसी सहमतिमा यथाशिघ्र टुंग्याउन बागमती प्रदेश सरकारलाई यस बैठक निर्देश गरेको छ ।
त्यस्तै, गत असोज ११ देखि १३ गतेसम्म आएको बर्षात र बाढीबाट बागमती प्रदेशभित्रका क्षति भएका सम्पुर्ण संरचनाहरुलाई पुर्ननिर्माण र बिस्थापितहरुको पुर्नस्थापना गर्नका लागि आवश्यक बजेट व्यवस्था गरी यथाशिघ्र कार्यान्वयन गर्न संयन्त्रले बागमती प्रदेश सरकारलाई निर्देश गरेको छ । संयन्त्रले बागमती प्रदेश भित्र रहेका समस्याग्रस्त सहकारीहरुको यथार्थ अवस्था पहिचान गरी सहकारीमा भएको कारोबारका कारण कोहि पनि सदस्य पीडित नहुने आवश्यक व्यवस्था गर्न बागमती प्रदेश सरकारलाई निर्देश गरेको छ ।
त्यस्तै, ‘स्थानीय तहको उप-निर्वाचन, २०८१' शान्तिपूर्ण, निष्पक्ष एवं उत्साहपुर्ण रुपमा सम्पन्न गर्न-गराउन महत्वपुर्ण भुमिका खेलेकोमा नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी तथा पर्यवेक्षक र मतदाता आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रले हार्दिक धन्यवाद एवं आभार प्रकट गरेको छ ।
बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रका संयोजक नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकमा नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा र बागमती प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जन, नेकपा एमालेका तर्फबाट नेकपा एमाले बागमती प्रदेश ईन्चार्ज राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, एमाले बागमती प्रदेश संसदीय दलका नेता र जगन्नाथ थपलियाको सहभागिता रहेको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए ।
२९ असार, हेटौंडा। असार २९ अर्थात् आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती, यस अवसरमा विविध कार्यक्रमको...
२९ असार, हेटौंडा। मकवानपुरको कैलाशमा रहेको बालगृहमा आश्रय लिइरहेकी १७ वर्षीया एक किशोरीलाई पटक पटक बलात्कार...
२८ असार, मंगलसेन। हावाहुरीले रुख भाच्चिदा अछाममा ३ घरमा क्षती पुगेको छ । शनिबार आएको हावाहुरीले अछामको...
२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा वेपत्ता युवक मृत अवस्थामा फेला परेका...
२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा एकजना युवक वेपत्ता भएका छन्।शनिबार दिउँसो...
२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...
२७ असार, हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिकामा छापामारि नगद ८ लाख सहित २२ जुवाडेलाई पक्राउ...
२८ असार, हेटौंडा । साफ यू-२० महिला च्याम्पियनसिप नेपालले सुखद् शुरूवात गरेको छ । ढाकास्थित बसुन्धरा किंग्स...
२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...
१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का...
१९ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत...
२० असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनले शुक्रबार विद्यार्थी र शिक्षकलाई सम्मान गरेको...
२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...