२७ भदौ, हेटौंडा । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा विपद जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग सम्बन्धी छलफल कार्यक्रम भएको छ । भू-उपग्रह प्रविधिमार्फत विपद न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको जापानस्थित सिन्स्पेक्टिभ कम्पनीसंगको सहकार्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेश विपदको दृष्टिकोणले जोखिमपूर्ण रहेको बताउँदै प्रविधिको प्रयोगले जोखिम न्यूनिकरणमा सहयोग पुग्ने बताए । आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार प्रविधिको प्रयोग गरि जोखिम न्यूनीकरणका लागि अघि बढिरहेको बताउँदै कार्यक्रमले यसमा थप पृष्ठपोषण दिएको धारणा राखे । कार्यक्रममा बागमती प्रदेशसभा अन्तरगतको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले समितिले बागमती प्रदेशमा विपदबारे अध्ययन गरि प्रतिवेदन बुझाएको बताउँदै यस्तो प्रविधिको उपयोगले विपद न्यूनिकरणमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निमा लामाले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै सिन्धुपाल्चोकमा भएका विपदका घटनाको विश्लेषणमा सिन्स्पेक्टिभले काम गरेकोले यससंगको सहकार्यले प्रदेशमा विपद न्यूनिकरण गर्न सकिने बताए ।
बागमती प्रदेशका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, सुरक्षा निकायका प्रतिनिधि लगायत सहभागी कार्यक्रममा सिन्स्पेक्टिभका महाप्रबन्धक भीन्सेन्ट केस्लरले कम्पनीले सिन्धुपाल्चोकमा विपदबारे गरेको अध्ययन र यसबाट प्राप्त तथ्यांक, बागमती प्रदेश सरकारसंग विपद न्यूनीकरणका लागि गर्न सकिने सहकार्य लगायतको बारेमा प्रस्तुति दिएका थिए । उनले प्रदेश सरकारसंग तथ्यांक आदानप्रदानका लागि सिन्स्पेक्टिभले आफ्नो भू-उपग्रहको सदुपयोगका लागि सहकार्य गर्न चाहेको बताए ।
सिन्स्पेक्टिभ क्षेत्रीय बिक्री प्रवन्धक कपिल मल्लिकले कार्यक्रममा उठेका जिज्ञासाबारे सहजिकरण गरेका थिए । कार्यक्रममा सिन्स्पेक्टिभको भू-उपग्रहबाट प्राप्त तथ्यांकबाट पहिरो र हिमताल विस्फोटन जोखिम, सुख्खा क्षेत्रको अध्ययन गरि आगलागीको जोखिम जस्ता विपदबारे जानकारी प्राप्त गरि पूर्व तयारी गर्न सकिने जनाइएको छ ।
सिन्स्पेक्टिभले सिंगापुर, काजकिस्तान, जापान, फिलिपिन्स, भियतनाममा सशुल्क सेवा दिंदै आएको छ भने बागमती प्रदेश सरकारसंग समझदारी भएमा सहयोगको रूपमा काम गर्ने जनाइएको छ ।
२७ असोज, हेटौंडा । भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता बाबा सिद्दिकीको हत्या...
२७ असोज, हेटौंडा । आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र...
२७ असोज, हेटौंडा । नेपालको लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमि बायुको प्रभाब सामान्य र कोशी प्रदेश,...
२६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा ११ केभि तारमा प्रवाह भइरहेको करेन्ट लागेर २...
२६ असोज, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका...
२६ असोज, हेटौंडा । सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ । बीपी राजमार्ग अन्तर्गत...
२६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी दिन आज सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्...
२६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा...
२६ असोज, हेटौंडा । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२२ असोज, हेटौंडा।असोज १२ गते आएको भिषण बाढीले भत्काएको कान्तिलोकपथ अन्तर्गत बागमती(बगुवा) पुल संचालनमा आएको छ...
१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका...
सुनिल शिवाकोटी स्थलगत रिपोर्टिंग २० असोज, सिमखोला । असोज ११ र १२ असोजको अविरल वर्षापछि आएको भिषण बाढीले...
१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको...
२३ असोज, हेटौंडा। भैसे भिमफेदी सडकखण्ड भिमफेदी ४ गोल्पिङमा बस पल्टिएको छ। बुधबार साँझ हेटौडा बाट काठमाण्डौ तर्फ...
१४ असोज, हेटौंडा। बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात...
१७ असोज, हेटौंडा । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक...
१९ असोज, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ८ सात्तलेमा इलेक्ट्रीक (इभी) गाडी...
१७ असोज, हेटौंडा। हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति...