Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

विचार

कृष्णप्रसाद भट्टराईः एक आदर्श व्यक्तित्व

Screenshot_20241107_12033-1734948390.jpg

♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता

♦प्रारम्भिक जीवनः गोरखाका हिन्दु ब्राम्हण यज्ञेश्वर भट्टराईका आठौं पुस्ताका संकटाप्रसाद भट्टराईका कान्छा छोराको रुपमा मिति बि.सं. १९८१ पौष ०९ कृष्ण द्वादशी तदनुसार इ.सं १९२४ डिसेम्बर २३ मा बारणासी भारतमा  कृष्णप्रसाद भट्टराईको जन्म भएको थियो । उनको बि.सं. २०६७ ।११ ।२० तदनुसार सन् २०११ मार्च ४ काठमाडौमा देहवसान भएको थियो । उनले काशी हिन्दु बिश्व बिद्यालय वनारसमा राजनीति शास्त्रमा वी.ए. (एम .ए पास हुन नपाएका) सम्म अध्ययन गरेका थिए । उनको एउटा पुस्तक मेरो म आत्मकथा प्रकाशन भएको छ । 

♦पारिवारिक पृष्ठभूमि 
उनी गोरखाका हिन्दु ब्राम्हण यज्ञेश्वर भट्टराईका सन्तती हुन । यज्ञेश्वर भट्टराईका छोरा पति भट्टराई पृथ्वी नारायण शाहसंगै काठमाडौ आई दरवारमा पुरोहित भै बसेका थिए । उनी पछिका पुस्तामा उनका उत्तराधिकारीहरु क्रमश बिष्णुहरि,  कृष्णलाल, मेदिनीधर, कमलाकान्त, बिश्वनाथ थिए । 
दरवारमा बिश्वनाथ बीर शम्सेशको बक्र दृष्टिमा परे । त्यसपछि उनी वनारसमा निर्वासित भई उनकै पालादेखि भट्टराई परिवार बनारसमा बस्न थालेको थियो । केही बर्ष पछि बिश्वनाथ त्यहीँका रामनगर राज्यका राजाको पुरोहित हुन पुगे । संकटा प्रसाद भट्टराई तिनै बिश्वनाथका छोरा  थिए । 
संकटा प्रसाद र ललितादेवीका चार भाई छोराहरु क्रमशः बटुक प्रसाद, नारायण प्रसाद, गोपाल प्रसाद र कृष्ण प्रसाद भट्टराई भए । ती मध्ये कृष्ण प्रसाद भट्टराई कान्छा छोरा थिए । जो  नेपाली राजनीतिमा सन्त नेताको रुपमा परिचित छन् । भट्टराईले जनस्तरबाट गान्धीबादी नेताको उपाधी पाएका छन् । यिनको प्रतिच्छायामा सुराही, ट्याङ्का, र काखी मुनी च्यापेको छाता संगै हुन्छ । यी बस्तु उनका त्याग र सादगीको प्रतीक हुन् ।  उनको व्यक्तित्वलाई  धेरै कोणबाट बुझनु पर्ने हुन्छ । केहीको यहाँ चर्चा गर्ने प्रयास गरिएको छ । 
♦कृष्णप्रसाद भट्टराईः एउटा पत्रकारका रुपमा 
कृष्ण प्रसाद भट्टराई युवावस्थामा पत्रकार थिए । उनले जीवनमा पत्रकारिता पनि गरे । तत्कालिन नेपाल पुकार र युगबाणीका सम्पादक थिए भट्टराई । उनी २०१२ मा पत्रकार महासंंघको संस्थापक अध्यक्ष भएका थिए । सन् १९५७ मा सोभियत संघका कम्युनिष्ट पार्टीका महासचिव निकिता ख्रुश्चेवको अन्तर्वार्ता पनि लिएका थिए । निकिता ख्रुश्चेवको अन्तर्वार्ता लिने पहिलो बिदेशी पत्रकार थिए कृष्ण प्रसाद भट्टराई । 
♦राजनीति र कृष्णप्रसाद भट्टराईः  
भारतमा अध्ययन गर्दैगर्दा कृष्ण प्रसाद भट्टराई भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए । सन् १९४२ (बिसं १९९८) मा अंग्रेज भारत छोडो स्वतन्त्रता आन्दोलनमा सहभागीभई उनी पक्राउ पनि परेका थिए । सन् १९४५(२००१) मा उनी वनारस हिन्दु विश्व बिद्यालय स्थित नेपाल छात्र संघको उपाध्यक्ष भई सक्रिय रुपमा काम गरेका थिए ।
नेपालमा निरंकुश राणा शासन समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक बि.सं.२००३ साल असोजमा सर्चलाईट पत्रिका मार्फत बी.पी.बाट आव्हान भएपछि २००३ साल कार्तिक १५ मा वी.पी. कोईरालाकै सक्रियतामा भारतमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस संस्था गठन भयो । सो पार्टीको अध्यक्ष देवीप्रसाद सापकोटा र  महामन्त्री कृष्णप्रसाद भट्टराई भएका थिए । अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो महाधिबेशन २००३ माघ १२ र १३ गते  भएको थियो । यस अधिबेशनले  कार्यकारी सभापतिमा वी.पी. कोईरालालाई र कारागारमा आजन्म कैद भोगीरहेका टंकप्रसाद आचार्यलाई मानार्थ सभापतिमा चयन गर्यो । यसै अधिबेशनले पार्टीको नाम परिवर्तन गरी नेपाली राष्ट्रिय कांग्रेस राख्यो । त्यस्तै सुवर्ण शम्शेर राणाको सक्रियतामा वि.सं.२००४ साल साउन १ गते नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना भएको थियो ।  यस पार्टीको सभापति महेन्द्र विक्रम शाह थिए । वि.सं.२००६ साल चैत्र २७ मा नेपाली राष्ट्रिय कांग्रेस (चौथो महाधिबेशनको समयमा) र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरण भै पार्टीको नाम नेपाली कांग्रेसको रह्यो ।  नेपाली कांग्रेस गठन भएपछि भट्टराईले सहमहामन्त्रीको पदमा काम गरेका थिए ।
♦पार्टी र सरकारमा निर्वाह गरेको भूमिका 
कृष्णप्रसाद भट्टराई किसुनजीको नामले नेपाली राजनीतिमा चीर परिचित सन्तनेता हुन । उनले पार्टी र सरकारमा देहायका भूमिका निर्वाह गरेका थिए  ।
•  २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर उदयपुर कव्जागर्ने मुक्ति सेनाको कमाण्डरको जिम्मेवारी निर्बाह गरेका । 
•२००८ सालमा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भए,
•२०१६ आषाढ १९ देखि २०१७ पौष १ सम्म (३ जुलाई, १९५९ देखि १५ डिसेम्बर १९६०) सम्म ३६ बर्षको उमेरमा नेपालकोे प्रतिनिधिसभाको पहिलो सभामुखको दायित्व निर्बाह गरेका ।
• २०१७ साल पुस १ देखि २०२६ साल चैत्रसम्म करीव १० बर्ष जेल जीवन व्यतित गरेका र २०२९ मा पुन पक्राउ परी जेल बसेका ।
•सन् १९५२ मा रंगुनमा प्रथम एशियाली समाजबादी सम्मेलनमा वी.पी. संगै सहभागी भएका ।
सभापति नेपाली कांग्रेस  
•२०३२ माघ २९ (१२ फेबु्रअरी १९७६) देखि २०४८ माघ २ (१६ जनवरी १९९२) सम्म कार्यबाहक सभापति ।
• २०४८ माघ ३ (१७ जनवरी १९९२) देखि २०५३ बैशाख २८ (१० मे, १९९६) सम्म निर्वाचित सभापति ।
प्रधानमन्त्री 
कृष्णप्रसाद भट्टराई दुई पटक नेपालको प्रधानमन्त्री भए ।
• बि.सं.२०४७ बैशाख ०६ (१९ अप्रिल १९९०) देखि २०४८ जेष्ठ १२ (२६ मे, १९९१) सम्म, 
•२०५६ जेष्ठ १७ (३१ मे, १९९९) देखि २०५६ चैत्र ९(२२ मार्च २०००) सम्म,
२०४६ सालको परिवर्तन पछि अन्तरिम प्रधानमन्त्री भएपछि उहाँलाई दुईवटा प्रमुख दायित्व आएको थियो ।
• संबिधान लेख्ने,
•संसदीय निर्वाचन गराउने, 
यी दुइ काम यथासमयमै सम्पन्न गरी आफ्नो महत्वपूर्ण दायित्व निर्वाह गर्न सफल भए ।
कृष्णप्रसाद भट्टराई र उनको निर्वाचन
• बि.सं.२०१५ सालमा गोरखा क्षेत्र नंं.१०४ बाट उम्मेदवार भएर चुनाव हारेका थिए । 

• बि.सं.२०४८ सालकोे आम निर्वाचनमा काठमाडौबाट उम्मेदवार भई पराजित भएका थिए । 
•बि.सं.२०५० सालकोे उप निर्वाचनमा पनि काठमाडौबाट उम्मेदवार भई पराजित भएका थिए । 
•त्यसपछि बि.सं.२०५६ को आम निर्वाचनमा पर्सावाट उम्मेदवार भई बिजयी हुन सफल भएका थिए । 
बिद्वत व्यक्तित्वहरुको नजरमा किसुनजी 
१. रामबरण यादव 
किसुनजी गान्धीको जीवन दर्शनबाट प्रभावित हुनुहुन्थ्यो । उहाँको सवै भन्दा ठूलो ध्येय मुलुकमा लोकतन्त्र ल्याउनु पर्छ भन्ने थियो । आफ्नो उद्देश्य र लक्ष्यलाई  छाडेर कसैसंग नझुक्ने वा संझौता नगर्ने स्वभाव उहाँमा थियो । क्षमाशीलता उहाँको अर्को बिशेषता थियो ।
२.अर्जुननरसिंह के.सी.
किसुनजीको सम्पूर्ण जीवन गीता ज्ञानबाट ओतप्रोत थियो । उहाँ कर्मयोगी जीवनशैलीको उदाहरण हुनुहन्थ्यो । परिवारबिहीन,घरवारबिहीन, निजी सम्पत्ति बिहीन । यस्तो सन्त व्यक्तित्व जो संग त्यागै त्यागमात्र थियो तर माग थिएन । जस्ले सदा दियो तर लिन मानेन । धेरैपटक अपमान र घात सह्यो तर पार्टी फुटन दिएन ।
२०४८ सालको पराजयलाई सहज रुपमा लिएका भएपनि किसुनजी २०५० सालको काठमाडौको उपचुनावको पराजयलाई सहजरुपमा लिन सक्ने अवस्था थिएन । बिरोधीले हानेकोले भन्दा मित्रले ताकेकोले दुख्छ भनेको यही हो । 
किसुनजीले राष्ट्रियता, लोकतन्त्र र समाजबाद सबैका चरित्र आफ्ना गतिबिधिबाट प्रकट गर्न सक्नु हुन्थ्यो । किसुनजी आकांक्षालाई आदर्शले जितेर अघिबढने विराट व्यक्तित्वका धनी राजनेता हुनुहुथ्यो ।

३. शेखर कोइराला
आदर्श, सिद्धान्त र निष्ठाप्रति कटिबद्ध नेपाली राजनीतिका अग्लो व्यक्तित्व हुनुहुन्थ्यो किशुनजी । उहाँ राष्ट्र, राष्ट्रियता र जनताप्रति अत्यन्त संबेदनशील एवं निष्ठावान हुनुहुन्थ्यो । किसुनजी सत्यनिष्ठ राजनीतिको अनुयायी, अहिंसाको पुजारी र  एक सच्चा राष्ट्रबादी नेता हुनुहुथ्यो ।
किशुनजीले जे जस्तो संघर्ष गर्ने हो स्वदेशमै बसेर अहिंसात्मक आन्दोलन गर्नु पर्छ भन्ने अडान छोड्नु भएन । पछि बी.पी.सुवर्ण शम्सेर पनि किसुनजीकै लाइनमा आउनु भयो ।
जुन राजतन्त्रले १४ बर्ष जेल राख्यो, अनेक यातना दियो, त्यही राजतन्त्र उन्मुलनमा उहाँ सहमत हुनु भएन । दिल्लीमा भएको १२ बुँदे सहमतिपछि गणतन्त्रमा जाने पार्टीले निर्णय गर्दा बरु पार्टीनै परित्याग गर्नु भयो । सिद्धान्तमा सौदा गर्नु भएन । उहाँको घर थिएन, परिवार थिएन, घर भन्नु नै पार्टी थियो । परिवार भन्नु नै पार्टीका कार्यकर्ता थिए । राज्यले वनाई दिएको आश्रममा उहाँको जीवन वित्यो ।
४.पुरुषोत्तम बस्नेत 
किशुनजी देश जनता र प्रजातन्त्रप्रति समर्पित आफ्ना आस्था र सिद्धान्तमा दृढ संकल्पका साथ उभिने एक राष्ट्रबादी नेता हुनु हुन्थ्यो ।
उहाँको संघर्षपूर्ण यात्राको प्रारम्भ उपनिवेशिक भारतीय स्वतन्त्रताको संघर्षबाट सुरु भएको हो । उक्त समयमा उहाँ वनारस हिन्दु विश्व बिद्यालयको बिद्यार्थी हुनु हुन्थ्यो । 
६.डा.तुलसी प्रसाद भट्टराई
किशुनजी दृढ अठोट र संकल्पका धनी व्यक्तित्व । २०१७ साल पुस १ गते थापाथलीमा सम्पन्न हुँदै गरेको तरुणदलको अधिबेशन स्थलबाट वी.पी.संगै पक्राउ परी जेल बसे । उनले जेलबाट छुट्ने वित्तीकै २०२७ बैशाख ६ गते ने.वि.संघको स्थापना समारोहमा अतिथि वनेर उद्घाटन गरेका थिए ।
७. हरिहर बिरही 
किसुनजी गम्भीर कुरालाई ठट्टामा उडाउने र साधारण कुरालाई गम्भीर रुपमा लिने, प्रभाव र प्रतिक्रियाको वास्ता नगरी मनको कुरो तुरुन्तै भनीहाल्ने, कुनै पनि कुरोमा हलुको टिप्पणी गर्ने स्वभाव चर्चित थियो ।
८. रामचन्द्र पोखरेल 
किशुनजी नीति, सिद्धान्त र बिचारका पुञ्ज र कर्मयोगी नेता हुनुहुन्थ्यो ।

९. कुलचन्द्र वाग्ले 
सच्चा आध्यात्मिक हुनुहुथ्यो किशुनजी । उदार र सहज व्यवहार, हसिलो शैली र चारित्रिक बिशेषताले उहाँ भित्रको आध्यात्मिक प्रभावलाई पहिचान दिएका थिए । यही आध्यात्मिक जीवन पद्धतिले राजनीतिज्ञ किशुनजीलाई क्षमाशील, त्यागी र बिनम्रताको प्रतिमूर्ति बनायो ।
१०. धर्मेन्द्र झा 
सन्त नेता किसुनजीलाई यो देश र जनताले संझनु पर्ने धेरै पाटाहरु छन् । ती हुन ः एक आदर्श नेता, एक प्रधानमन्त्री, एक पत्रकार, एक सन्त, एक सामाजिक अभियन्ता, एक विद्वान, एक नैतिकवान र इमान्दार व्यक्ति  ।
११. डा. बासुदेब भण्डारी
कृष्णप्रसाद भट्टराईले समाजमा असमानता हटाउन चाहन्थे, देशमा साच्चीकै सामाजिक न्यायको स्थापना गर्न चाहन्थे । उनले उपयोग गरेका बस्तुहरु सुराही, छाता र बाकस उनका सादगी एवं समाजबादी जीवनका परिचाएक हुन, प्रतिकात्मक अभिव्यक्ति हुन । यी बस्तुहरु स्वार्थीहरुका लागि दृष्टान्त हुन । कथित समाजबादीका निम्ति गम्भीर चुनौती हुन । सुधारात्मक सन्देशका द्योतक हुन ।
किशुनजीले राजनीतिलाई निश्वार्थ रुपले जनसेवाका रुपमा लिएका थिए । उनी आफ्नो आस्था र निष्ठाबाट कहिल्यै बिचलित भएनन् । 
भट्टराई नेपालको राजनीतिमा सन्त नेता, कर्मयोगी नेता, त्यागी र सदाचारी नेताका रुपमा परिचित छन् । साथै उनी सर्बे भवन्तु सुखिनको दर्शनबाट अनुप्राशित अध्यात्मबादी नेता हुन । उनको जीवन त्याग, संयम, सदाचार र संघर्षबाट बनेको सरल र प्रेरणादायी छ ।
उपसंहार 
नेपाली कांग्रेसको आदर्श, मूल्य र मान्यता राष्ट्रियता, लोकतन्त्र र समाजबाद हो । यीनै आदर्श, मूल्य र मान्यताका आधारमा न्यायपूर्ण गतिशील र समतामूलक समाजको स्थापना गर्ने, नेपाललाई सभ्य, सुखी र सम्पन्न रुपमा स्थापित गर्ने प्रतिवद्धता अघि सारेको पाइन्छ । तर, बास्तबिकतामा त्यस्तो छैन । नेताहरुमा सिद्धान्त र प्रतिवद्धता भन्दा भिन्न, अरुले गरेको कामको व्याज असूल्ने प्रवृत्ति देखिन्छ । सो कुरा बिधान एकातिर, काम कारबाही अर्कातिर मुखरित भएको तथ्यबाट बुझन सकिन्छ ।
नेपाली कांग्रेसभित्र फुट र विग्रहको बिजारोपणको इतिहास पुरानै हो । सो कुरालाई बिर्सन मिलोईन । कतिपय त्यस्ता विग्रह पछि पनि बेला बेलामा स्पष्ट देखिए । स्वयं सन्त नेता कृष्ण प्रसाद भट्टराई पनि यस्तो विग्रहको चपेटामा परी त्यस चपेटाबाट उम्कन नसकी पराजित हुनु परेको दृष्टान्त कसैबाट लुकेको छैन । हिजोका दिनमा जो जे कमी कमजोरी गरिएपनि त्यसबाट परेको नकारात्कम प्रभावलाई अनुभूत गर्दै अबका दिनमा आदर्श, सिद्धान्त तथा गरिएका प्रतिवद्धताहरुलाई कार्ययोजना बनाई कार्यान्वयनमा रुपान्तरण गर्ने दिशातर्फ लाग्नु पर्ने आजको अपरिहार्यता हो ।
र अन्त्यमा बर्तमान सवैतहका कांग्रेसी नेता तथा कार्यकर्ताहरुबाट वी.पी.कोइराला, गणेशमान सिंह एवं कृष्णप्रसाद भट्टराईको त्याग, समर्पण, आदर्श र उनीहरुको योगदानको यथोचित कदर हुन सकेको देखिदैन, त्यसो नहोस् । बिद्वत बर्गहरुको अभिव्यक्तिहरुबाट कृष्णप्रसाद भट्टराई पदप्रति आकर्षण नभएका, एक आध्यात्मिक, कर्तव्यनिष्ठ, इमान्दार, सरल, त्यागी, निष्ठाबान, आदर्शबादी र कर्मयोगी व्यक्ति भएको तथ्य स्पष्ट हुन्छ । अतः कृष्णप्रसाद भट्टराईको जन्मजयन्तीका अवसरमा उनको योगदानलाई कदर गर्न, उनको यीनै अनुकरणीय आदशर्, मूल्य, मान्यता र सिद्धान्तलाई पच्छयाएर कार्याभिमूख हुन प्रेरणा मिलोस । शुभकामना ।   

♦लेखक समसामयिक बिषयमा प्रष्ट खबरमा कलम चलाउनुहुन्छ । 


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
प्रतिनिधिसभामा साइबर सुरक्षा विधेयक प्रस्तुत हुँदै
samsad1673182378-1752370924.jpg

२९ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा सञ्चार तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1752370666.jpg

२९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...

पुर्व निर्वाचन आयुक्त शर्माको निधन
FB_IMG_1752368979713_edit-1752370650.jpg

२९ असार, काठमाडौं। निर्वाचन आयोगका पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शर्माको शनिबार साँझ...

आज भानु जयन्ती, विविध कार्यक्रम गरि मनाइँदै
Screenshot_20250713_07062-1752369697.jpg

२९ असार, हेटौंडा। असार २९ अर्थात् आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती, यस अवसरमा विविध कार्यक्रमको...

कैलाशमा रहेको बालगृहमा आश्रीत किशोरीलाई बलात्कारको आरोपमा खड्का पक्राउ
102-1752368535.jpg

२९ असार, हेटौंडा। मकवानपुरको कैलाशमा रहेको बालगृहमा आश्रय लिइरहेकी १७ वर्षीया एक किशोरीलाई पटक पटक बलात्कार...

हावाहुरीले रुख भाच्चिदा अछाममा ३ घरमा क्षति
IMG-20250712-WA0003-1752333940.jpg

२८ असार, मंगलसेन। हावाहुरीले रुख भाच्चिदा अछाममा ३  घरमा क्षती पुगेको छ । शनिबार आएको हावाहुरीले अछामको...

मकवानपुरमा पौडी खेल्दा वेपत्ता युवक मृत भेटिए
For-representation-only-1752330494.jpg

२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा वेपत्ता युवक मृत अवस्थामा फेला परेका...

मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्न पुगेका युवक वेपत्ता
images(6)-1752326232.jpg

२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा एकजना युवक वेपत्ता भएका छन्।शनिबार दिउँसो...

समाजसेवी भट्टराईद्वारा चौघडा चौकीलाई ट्राफिक कोन सहयोग
IMG-20250712-WA0001_edit_-1752324583.jpg

२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...

थप समाचार