Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

विकास

मनहरीको हाँडिखोलामा बानियाँले गरे दुईवटा पुल उद्घाटन

Screenshot_20250614_15133-1749893530.jpg

३१ जेठ, हेटौंडा। मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने  मनहरी गाउँपालिकाले आफ्नै आन्तरिक बजेटबाट ४ वटा वडाहरुलाई जाेड्नकाे लागि एकै पटक बोलपत्र आह्वान गरि शिलान्यास गरेको ५ वटा मोटररेवल पक्की पुलको  निर्माण सम्पन्न गरेको छ। 
पालिकाकले आफ्नो आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर  निर्माण सम्पन्न गरेकाे दुईवटा पक्की पुलकाे शनिबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।अघिल्लो वर्षनै लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा गत वर्ष नै सम्पन्न गरी उद्घाटन गरिसकिएकाे थियो। बाँकी २ वटा पुलकाे पनि शनिबार उद्घाटन गरेसंगै एकै पटक ठेक्का आह्वान गरि शिलान्यास गरिएको ५ वटा मोटररेवल पुलको निर्माण कार्य सम्पन्न भएको हो । शनिबार बिहान एक कार्यक्रमका बीच मनहरी ३ स्थित ठाडोखोला र हाँडीखाेलामा निर्मित पुलकाे सांसद बानियाँले उद्घाटन गरेका हुन् । 
८ दशमलव ४० मिटर चाैडाई र ९० मिटर लम्बाईकाे ३ स्पानकाे ठाडाेखाेला पुल हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी सम्पन्न गरेको हो ।
 त्यस्तै ३५ मिटर लामाे एक स्पानकाे हाँडीखाेला पुल भैरव नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण गरेको हो । मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल गत वर्ष जेठमै उद्घाटन गरिएको थियो । ३ स्पानको च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँ, २ स्पानको ट्वाङ्ग्रा खोला ६ करोड ४९ लाख ६० हजार रुपैयाँ र २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा यसअघि नै सम्पन्न गरिएको हो । तीन वटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीले गरेको हो । २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी सबै पुल निर्माण सकेको हो ।  हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट बेहोर्नेगरी २०७७ सालमा एकैसाथ ५ वटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो । 
उदघाटन कार्यक्रममा बोल्दै नेता बानियाँले २०८४ को निर्वाचन सम्ममा 
लामिटार-चकरी-मकरी पदमपाेखरी सडक स्तरीकरण र कालाेपत्रे गर्न प्रदेश सरकारबाट आवश्यक बजेट बिनियाेजन गर्ने प्रतिवद्धता गरेका थिए 
बानियाँले चकरीबाट हेटाैँडा-१३ पदमपाेखरी जाेड्ने पुल निर्माण गर्नकाे लागि पनि प्रदेश सरकारबाट आवश्यक बजेट विनियाेजन गर्ने बताएका छन् । संघीयता र गणतन्त्र आएपछि धेरै विकासका कामहरु भएकाे भन्दै उनले वर्तमान व्यवस्था जनताकाे हितमा रहेकाे दावी गरेका थिए। गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले पुल निर्माण सकिएसँगै मनहरी गाउँपालिकाको ४ वटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भन्दै खुसी व्यक्त गरेका छन् । 

पुल उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललित बहादुर घलान, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी, प्रदेशसभा पूर्व सांसद ओम ग्लान, मनहरी गाउँपालिकाका पूर्व अध्यक्ष एकराज उप्रेती, नेपाली काँग्रेस मनहरी सभापति प्रकाश वर्ताैला, वडा नम्बर ३ का अध्यक्ष अनन्त अर्याल, स्थानीय नरहरिनन्दन उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ताप्लेजुङमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1770686730.jpg

२७ माघ, हेटौंडा । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन...

सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद
siraha-karagar-1715299703-1770686260.jpg

२७ माघ, हेटौंडा । सिरहा कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको छ । जिल्ला सुरक्षा समितिले...

एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
16655388081665538808-1770685465.jpg

२७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने...

कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय
cabinet-1-1024x500-1770639460.jpg

२६ माघ, हेटौंडा । जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको...

'गोरे'लाई थप दश वर्ष कैद सजाय थप गर्ने फैसला
gore-1770638847.jpg

२६ माघ, हेटौंडा । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय...

कांग्रेस केन्द्रीय अनुशासन समितिको संयोजकमा गुरुङ नियुक्त
Tara-Man-Gurung-1024x624-1770601274.jpg

२६ माघ, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको संयोजकमा तारामान गुरुङलाई नियुक्त गरेको छ...

इंग्ल्याण्डसँग नेपाल पराजित
20260209_071227-1770600471.jpg

२६ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ ।...

रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
resham-1032024031549-1332-1770600069.jpg

२६ माघ, हेटौंडा । रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  उनले दायर गरेको रिट...

साधारणतया बादल लाग्ने
cloudy-weather-1770599759.jpg

२६ माघ, हेटौंडा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो...

थप समाचार