१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको विक्रि शुभारम्भ गरेको छ । बागमती प्रदेशका प्रदेश सभा सदस्य एवं पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले दुग्धजन्य पदार्थ विक्रि वितरण शुभारम्भ गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बानियाँले दुग्धजन्य पदार्थको विविधिकरणमार्फत आयआर्जन अभिबृद्धिमा लाग्नु सुखद भएको भन्दै यसलाई बृद्धि गर्दै लैजान आग्रह गरे । उनले पशुपालक कृषकको हितका लागि यस्ता कार्यले सहयोग गर्ने भएकाले आफ्नो तर्फबाट नीतिगत सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कृषकहरुमाफ उपस्थित हुन पाउँदा आफु आनन्दित भएको भन्दै कृषक हितका लागि संस्थाले गर्ने कार्यमा आफ्नो सहयोग रहने बताए । संस्थाका अध्यक्ष शिव प्रसाद सन्जेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादे, हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, सल्लाहकार श्रीराम खतिवडा, सहकारीका सचिव कृष्णप्रसाद दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य सरिता सापकोटा, बिजय पौडेल, लेखराज ढकाल, जिल्ला दुग्ध संघका सदस्य इन्द्र प्रसाद खतिवडा, गरिबी निवारण साकोसका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, बंशगोपाल दुग्ध सहकारी संस्थाका उपाध्यक्ष केशब धिताल, टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णु ढुंगाना सहकारीका कार्यसमिति, सल्लाहकार, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो । हेटौंडा ६ नम्बर वडा कार्यालयले दुग्धजन्य पदार्थको विविधिकरणका लागि ५ लाख रुपैैया सहयोग गर्ने जनाएको छ ।
२२ भदौ, हेटौंडा । कञ्चनपुरमा ४० थान गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अल्मोडाका ४७ वर्षीय...
२२ भदौ, हेटौंडा । गण्डकी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने भएको छ । बैठक भदौ २६ गते दिउँसो २ बजे बस्ने भएको हो...
२२ भदौ, हेटौँडा। मकवानपुरको पूर्वी क्षेत्र भएर बहने बकैया खोलाले एक युवकलाई बगाएको छ। शुक्रबार साँझ बकैया ६...
२२ भदौ, हेटौँडा। धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१७ कठायतचोकमा मोटरसाइकल दुर्घटना हुँदा बकैया ४ छतिवनका दुई...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र...
२२ भदौ, हेटौंडा । आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने...
२१ भदौं, मंगलसेन। अछाम प्रहरीले अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुक र गोली सहित दुई जनालाई पक्राउ गरेको...
►बिनोद चन्द्र कोइराला २१ भदौ,हेटौँडा । “एउटा कुशल शासकलाइ देशको भबिश्यको चिन्ता हुन्छ भने एउटा कुटिल...
२१ भदौ, हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङमा म्याजिक भ्यान र मोटरसाइकल ठक्कर खाँदा...
१० भदौं, हेटौंडा। हेटौंडा वडा नम्बर १० बसपार्कमा रहेको एक होटलमा हेटौंडा ११ की एक युवती मृत अवस्थामा फेला परेकी...
१० भदौं, मंगलसेन। सोमबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर अछाममा दुईजना घाइते भएका छन्। सोमबार दिउँसो...
२१ भदौ, हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङमा म्याजिक भ्यान र मोटरसाइकल ठक्कर खाँदा...
१० भदौं, हेटौंडा। हेटौंडामा एक महिला मृत अवस्थामा फेला परेका छिन्।सोमबार बिहान हेटौंडा ११ पाथिभरा मन्दीर ...
१७ भदौ, हेटौँडा। भदौ १० गते हेटौंडा १० टिसिएनरोडको रहेको रत्ना होटलमा मृत अवस्थामा फेला परेकी हेटौंडा ११ की एलिसा...
१२ भदाै हेटाैडा । हेटाैडा ६ चौघडामा रहेको रानी सामुदायिक वनले नजिकिदै गरेको हिन्दु महिलाहरुकाे महान पर्व...
१७ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडा १९मा ट्रक र मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार...
१० भदौ, हेटौँडा । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको सरकारी क्वाटरमा आगलागी भएको...
२१ भदौ, हेटौँडा। मकवानपुरको इन्द्रसरोवरमा स्याउ बोकेको पिकअप भ्यान दुर्घटनामा परेको छ। बिहीबार राति स्याउ...