Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

विचार

नेतृत्व, नियत र हाम्रो नियती

Screenshot_20240906_19155-1725629485.jpg

►बिनोद चन्द्र कोइराला

२१ भदौ,हेटौँडा । “एउटा कुशल शासकलाइ देशको भबिश्यको चिन्ता हुन्छ भने एउटा कुटिल राजनितिज्ञलाइ केवल आगामी चुनाव को“। 

                                      –पुर्व अमेरिकी राष्ट्र्पती अब्राहम लिंकनको उपरोक्त भनाइ बाट यो आलेखको शुरुवात गरे।

नेपाल को बिकास किन भएन? के कारण ले भएन?युवाहरू किन बिदेश पलायन? हामी सधै किन गरिव? हामी सधै किन अरुमाथी मात्र आश्रीत? प्रायस सबैका मुखबाट यो प्रश्न वाचक चिन्ता प्रकट भएको सुनिन्छ।तर सहि कारण पहिचान गर्ने र त्यसको समाधान गर्ने तर्फ भने कमैले चिन्ता गरेको देखिन्छ। उपरोक्त प्रश्नहरुको सहि जवाफ अब्राहम लिंकनको उपरोक्त भनाइमा निहित रहेको हुँदा सो भनाइ बाटै यो आलेखको शुरूवात गरेको हुं ।
भन्नलाइ हामी कहिल्यै पनि पराधिन भएनौ भनेर गर्व गर्छौ तर यथार्थमा हामी आजसम्म पनि झन्डै झन्डै पराधिन र पराश्रीत कै अबस्थामा छौ ।हामिले प्रजातन्त्रको लागि लडाइ लडदै गर्दा स्वतन्त्रताको लडाइ लडेर स्वतन्त्र भएका भारत,चीन,जापान,कोरिया लगायतका छिमेकी मुलुकहरु बिपन्नताको अबस्थाबाट बिकासको फड्को मारि संपन्नताको अन्तिम खुड्किला तर्फ उक्लिदै गर्दा हामीभने झन्डै यथास्थितिकै अबस्थामा रहेकाछौ।किन त? जवाफ स्पस्ट छ हामिकहा देशको लागि चिन्ता गर्ने भिजन भएको कुशल प्रशाशक नै भएनन् ।जस्लाइ देशको चिन्ता थियो र भिजन पनि थियो(बी पी कोइराला )उन्ले काम गर्ने समय पाएनन् वा काम गर्न दिइएन।त्यस्पछी जस्ले देशको नेतृत्व गर्ने अब्सर र समय दुबै पाए उनिहरुलाइ देश र जनता प्रती कुनै चिन्तै भएन ।भयो त केवल आफू,आफ्ना र आफ्नो पार्टी को चिन्ता।अर्थात आगामी चुनाव कसरी जित्ने र फेरि कसरी सत्तामा पुग्ने।अब्राहम लिकनंको शब्दमा भन्नुपर्दा कुशल प्रशाशकको हातमा पुग्नुपर्ने सत्ता  कुटिल राजनितिज्ञ को हातमा पर्दाको परिणाम आजको हाम्रो अबस्था हो।

अघिल्लो सरकारले काम गर्न सकेन अब हामी गर्छौ भनेर रातारात सात बुदे सहमती (पंक्तिकारको बुझाइमा  जनतालाइ भ्रम पार्न)कासाथ गठन भएको यो सरकारले  ४५÷५०दिनको अबधी पार गरि सकेको छ।तर अहिले सम्म न त संबिधान संसोधनको बिषयमा ,न त सुशासनको बिषय नत भ्रष्टाचारको बिषयमा होस कुनै पनि बिषयमा जनताले बुझ्ने हिसावले काम भएको गरेको देखिएको छैन।संयुक्त सरकार बने पछि सरकार संचालन र लक्ष्यमा पुग्ने वारे बनाउनु पर्ने कमन मिनिमम प्रोग्राम पनि अहिलेसम्म बनाउन सकेका छैनन्।उल्टो सुशासनको प्रत्याभूति दिने पात्रहरुलाइ डन्डा चलाउने ,कर्मचारिको सरुवा बढुवा,आदि काम चै जोर सोर ले भै रहेको छ।यसैबाट बुझ्न सकिन्छ नेतृत्वकर्ताहरुको नियत।

गएको हप्ता दस कक्षामा पढेको एउटा कथा “द इम्परर्स न्यु क्लथ“ को उद्धहरण दिदै नाङ्गिएको राजनीति शिर्षकमा एउटा आर्टिकल लेखेको थिए।सर्वाङ नाङ्गो भै सक्दापनीआफुलाइनाङ्गोनदेख्ने ,बुझ्पचाउने,चाटुकारहरुको वाह !वाह! मा रमाउने बादसाह जस्तै हाम्रो नेतृत्व छ।निहित स्वार्थी तत्व बाट घेरिएको हाम्रो नेतृत्व प्रती औला उठाउन नसक्ने,खबरदारी गर्न नसक्ने हाम्रो कमजोरीको फाइदा उनिहरु र उनीहरुका झोलेहरुले उठाइ रहेका छन।हामी मौन तमासे बनेका छौ।अनि कसरी बनोस त देश।यति भन्दै गर्दा महान दार्शनिक प्लेटोको भनाइ याद आयो“यदि तिमी सरकारको चाल चलन प्रती कुनै महत्व राख्दैनौ भने तिमी मुर्खहरुद्वारा शासितहुन बाध्य हुनेछौ“। ठ्याक्कै अहिले हाम्रो अबस्था प्लेटोले भने जस्तै भै रहेको छ।
भ्रष्टाचारको ढाकछोपगरी भ्रष्टाचारिलाइ बचाउने पर्दाभित्रको सहमती (आमजनताको बुझाइ)का साथ निर्माण भएको वर्तमान सरकारका मुखियाले सदाझै उद्घोस गर्नु भयो म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेर।प्रायस वहाका प्रतेक भाषणमा वहाँ यो कुरा भनिरहनुहुन्छ।किन भनिरहनुहुन्छ भन्ने कुरा आमजनताले त बुझिनै सकेकाथिए ,अहिले आएर वहालेनै भेद खोलिदिनुभयो जो भ्रस्टाचारि छ उसैले भ्रष्टाचारको धेरै बिरोध गर्छ भनेर।धोती खुस्केको थाहानै पाउनुभएन।वहाको वारेमा तत्कालिन नेकपा एमालेका नेता प्रदिप नेपाल (अहिले वहाँ कहाँ हुनुहुन्छ थाहा भएन)ले कुनै बेला भनेको शब्द याद आयो  “कम्रेड के पि को घाँटी भन्दा मास्तिर मात्र चल्छ“रे
भनाइको आषय थियो भाषण मात्र गर्ने काम चै नगर्ने अहिले सुन्दा र हेर्दा वहाको बुझाइ कति सहि रहेछ भन्ने लाग्दछ।
फेरि पनि यो सरकारको नियतकै कुरा गरौ।सरकार बन्ने बित्तिकै बिद्धुत प्राधिकरणका कुलमान घिसिङ र काठमाडौ का वालेन शाह प्रती खनिएका प्रधानमन्त्री गएकोहप्ता सरकारको  पुर्व शिक्षामन्त्री सुमनाश्रेष्ठ  माथी खनिनुभयो।

उनको दोष थियो शैक्षिक क्षेत्र सुधार को प्रयत्न ।सरकारी बिधालयको पठन पाठनकोखस्कदो अबस्था ,बेरोजगारी समस्या, युवा हरुको बिदेश पलायन सर्वसाधारण सबैकोलागी चिन्ताको अबस्था थियो।उनले त्यसलाई संबोधनगर्ने प्रयत्न गरिन।शिक्षकहरुलाइ भनिन “शिक्षकभएर राजनीति गर्न मिल्दैन।शिक्षकले पार्टीको झोला बोकेर हिडने हैन ।राजनीति गर्ने भए राजिनामा दिएर जाउ।हैन पेशामै रहने हो भने पेशागत काम गर।“सु ?शासनका प्रतीक हाम्रा प्रधानमन्त्री लाई यस्तो कुरा मन नपर्नु स्वभाबिकै थियो र वहाले स्वभावजन्य प्रतिक्रिया पनि जनाइ हाल्नुभयो जसरी कुलमान घिसिङ र वालेन शाहको काममा प्रतिक्रिया जनाउनुभएको थियो।
प्रधानमन्त्रीलाई देशको चिन्ता भएन ।वहालाइ झोलेहरुको संख्या घटने र त्यसको असर आगामी  चुनावमा पर्ने आंकलन गर्नुभयो र फर्मान जारी गर्नु भयो यो हुनै सक्तैन भनेर। यस्मा अहिलेसम्म कांग्रेसको प्रतिक्रिया सुनिएको छैन।तथापि वालेन र कुलमान को केशमा मौनता साधे झै यस्मा पनि कांग्रेसको यो नेतृत्ववाट अन्यथा प्रतिक्रिया आउने संभावना क्षीण छ र सुमना श्रेष्ठले सुरुगरेका सुधारका सबै कार्यक्रम फिर्ता हुनेछन।
वालेन शाह,कुलमान घिसिङ र सुमना श्रेष्ठ  यो देशको लागि केही गर्छु र गर्नुपर्छ भन्नेहरुकालागी रोल मोडेल हुन।आम नेपालिले सर्वाधिक रुचाइएका पात्र।गर्दा त हुने रहेछनी भनेर उनिहरुले गरेर देखाइदिए।तर त्यही सर्वाधिक जनताले रुचाएको काम सत्ताको बाग्डोर सभालेको वर्तमान नेतृत्व लाई मन परेन।दुःखको कुरा यस्मापनी हाम्रो मौनता जारी छ।यसै सन्धर्भमा नेपोलियन को एउटा भनाइ याद आयो “बिश्वले दुःख भोग्नुपरेको कारण खराब मानिसको आतंक नभै असल मानिसको मौनता हो“
उमेरजन्य कारणले आखामा जालो पर्न लागेका,¥याल  सिगान काढने अनस्थामा पुगेका,हिडन पनिअरुकै सहारा लिनुपर्ने अबस्था,औषधिको पोको साथै मा लिएर हिडनुपर्ने औषधिको भरमा बाचेको हाम्रो बृद्ध नेतृत्वपंति, जो आफै भ्रष्टाचारले गन्हाइ सकेको छ र भ्रष्टाचार लुकाउने अथक प्रयत्नमा छ ,ले हामी सरकार चलाउछौ,सुशासन दिन्छौं र यो देशको काया पलट गर्छौ भन्ने जस्ता भाषण पत्याएर ताली बजाउने जमात र जे गर्छौ गर भनेर मौन बस्ने अर्कोथरी जमात कै कारण देश र जनता सदावहार दुर्गतिमा रुमल्लिरहनुपरेको अहिलेको यथार्थ हो। यदि साच्चिकै उनिहरु देश र जनताप्रति जिम्मेवार भै दिएको भए अमेरिकी राष्ट्रपती जो वाइडेनले झै योग्य उत्तराधिकारीलाई नेतृत्व सुप्पेर अभिभावक भएर बस्ने थिए,मद्यरातमा अध्यारो कोठामा बसेर सत्ताको भागवन्डा पक्कै पनि गर्नु पर्दैनथियो।अब भनिरहनु परोइन लालची नेतृत्वको खराब नियत र त्यसमा हाम्रो मौनताको कारणनै मुलुकले यो नियती भोग्नु परेको हो।
यतिखेर कांग्रेसभित्र नेतृत्वबाट एक्जिट गर्ने वारे महामन्त्री ले राखेको प्रस्ताबको पक्ष विपक्षमा चर्को बहस भै रहेको छ।त्यो प्रस्तावले शेर बहादुर देउपालाइ छैटौं पटक प्रधानमन्त्री बन्न नदिनेपो हो कि भन्ने डर दाइका झोलेहरुलाइ हुनु स्वभाबिकै थियो तर त्यो प्रस्तावले एमाले सम्मलाइ पोलेछ।त्यसैलेत दुई दिन अघि समाजवादी नेता प्रदिप गिरिको दोश्रो वार्षिकिको अब्सरमा स्कुल अफ डेमोक्रेसी ले गरेको कार्यक्रममा एमालेका नेता शंकर पोख्रेलले बिचरा शेर बहादुर जि  पांच पटक प्रधान्मन्त्री हुदा पनि एक कार्यकालभरिको समय पनि पूरा गर्न पाउनु भएको छैन।त्यसैले वहालाइ एककार्यकाल कामगर्नदिनुपर्छ भन्ने अर्थमा शेर बहादुर लाई उचाले।त्यो शेर बहादुर वा कांग्रेस प्रतिको सदासयता नभएर लेन देनको लागि शेर बहादुर सजिलो पात्र भएकोले उनैको काधंमा बन्दुक राखेर पडकाउने जस्वाट आफ्नो स्वार्थ पूरा गर्ने र कांग्रेसलाई पनि बदनाम बनाउने एकसुत्रीय अभियान अन्तर्गतको कुटिल चाल हो भन्ने कुरा कांग्रेसले बुझ्छ कि बुझ्दैन हेर्नू छ।
सुशासनको नारा दिने सरकाराको अर्को नियत हेरौ।भन्नलाइ भ्रष्टाचारमा शून्य सहनशिलता भन्ने तर भ्रष्टाचारको कार्वाहीमा पांच वर्षे हदम्याद राख्न खोज्ने।यो भन्दा अर्को अनैतिक कार्य के हुन्छ?।
यति खराब नियत भएको नेतृत्वलाई नै हामी पटक पटक रोज्छौ भने दोष नेता वा नेतृत्वको मात्र नभएर दोषी हामी पनि हौ।
अब नेपाली कांग्रेसको वारेमा पनि दुई चार हरफ खर्ची हालौ।बी पी कोइरालाले जन्माएको र हुर्काएको गौरबशाली ईतिहास बोकेको पार्टी नेपाली कांग्रेस इतिहासमा यति निरीह कहिल्यै पनि भएको थिएन।भ्रष्टाचारको कुरा उठाउने महामन्त्रीहरु केन्द्रिय समितिको बैठकमै हकारिन्छन,पार्टी विधि बिधान र सिस्टममा चल्नुपर्यो भन्ने महामन्त्रीहरु पार्टी बैठकमै लतारिन्छन, पार्टी विधि बिधान र बिचारले चल्नु पर्यो भन्ने वरिष्ठ नेताहरुलाइ पार्टी बैठकमै ओठे जवाफ दिइन्छ ।पार्टी बैठकबाट हुनुपर्ने निर्णयहरु दाइ भाउजुले प्रतिपक्षी संग बसेर गर्छन।तर बिडंवना कतै बाट पनि प्रतिवाद हुदैन।कतैबाट प्रश्न उठदैन।
अहिले कांग्रेसको अबस्था हेर्दा यो पार्टी बी पी कोइरालाले जन्माएको पार्टी हो भन्दा बी पी को बदनाम पो गरिएछकी झै लाग्दछ। अहिलेको अबस्था कस्तो छ भने कांग्रेस पार्टीमा न त बिचार शिद्धान्त छ,,न त नेतृत्वमा देश र जनताप्रतिको जिम्मेवारी बोध छ,न त इमानदारी र नैतिकता छ,।नेतृत्व ले निहित स्वार्थ प्रेरित सत्तामुखी भएर निर्णयहरु लाद्दा पनि नेतृत्वलाई सहिबाटोमा हिडन दवाब दिनु त परै जाओस प्रश्न स्मेत गर्न नसक्ने निरीह ब्यक्ती र चाटुकारहरुको बाहुल्यता रहेको देखियो केन्द्रिय समितिमा। पारिवर्तनको संबाहक र आषा र भरोसायोग्य पार्टी भनेर पटक पटक आम जनताले बिश्वास गरेको पार्टीको त यो हाल छ भने अरुपार्टिहरुको त कुरै गर्नु परेन।यस्तो नेतृत्वबाट निर्देशित मुलुक र हामी जनताको नियती यो भन्दा फरक कसरी कल्पना गर्ने?
फेरि पनि भन्छु दोष हाम्रो मौनताको पनि हो।

अन्तमा ,अंग्रेजी दार्शनिक फ्रान्सिस वेकमको यो भनाइ “खराब मानिसले राम्रो मानिसको अभिनय गर्यो भने झनै नराम्रो देखिन्छ “र
बी पी कोइरालाको यो भनाइ “नेतृत्वमा आफ्नो अपरिहार्यता र अहंमता को भाव उत्पन्न भयो भने बुझेहुन्छ तिनको पतनको सुरुवात भयो“
सरोकारवाला सबैलाइ चेतना भया,
कि अधिकम ! जय नेपाल !
                           (    लेखक  बी पी बिचार समाज मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।  )


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा यादव
mahendra-yadav_FiJCRLbCZl-1765417353.jpg

२५ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र यादव चयन...

एनपीएलको दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै
Screenshot_20251117_07271-1765417007.jpg

२५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1765416632.jpg

२५ मंसिर, हेटौंडा । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल...

वडा प्रहरी हेटौडाले खेरौ हिरोइन सहित पौडेल प्रकाउ
597867086_146096399225717-1765373078.jpg

२४ मंसिर,हेटौंडा । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका प्रहरी प्रमुखको सक्रियतामा १ जना लागुऔषध कारोबारी...

हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते
597152574_120460102829836-1765369383.jpg

२४ मंसिर,हेटौँडा । हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते भएका छन् । बुधबार दिउसो हेटौँडा...

कैलाशमा पहिलो पटक शैक्षिक प्रदर्शनीको आयोजना
594334510_117527698806089-1765368761.jpg

२४ मंसिर, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रमको...

विच्छालाई सांसदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
Kanchan-Bichchha-1765335485.jpg

२४ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले कञ्चन विच्छालाई सांसद पदबाट हटाउने राप्रपाको निर्णय कार्यान्वयन नगर्न...

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
manab-adhikar-1765329435.jpg

२४ मंसिर, हेटौंडा । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज...

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
Screenshot_20251117_07271-1765329254.jpg

२४ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै छन्। काठमाण्डु करण...

थप समाचार