२३ जेठ, हेटौंडा। मनहरी गाउँपालिकामा निर्माण भएको ३ वटा मोटरेवल पक्कि पुल उद्घाटन् हुने भएको छ। समयमानेै पुल निर्माण नभएको भन्ने गुनासो सार्वजनिक भएको अवस्थामा गाउँपालिकाको विनियोजित रकममा बनाएको तीन वटा मोटररेवल पुल जेठ २६ गते उद्घाटन हुने भएको हो ।
उक्त पुल बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन् गर्ने गाउँपालिका अध्यक्ष रंजन कालाखेतीले जनाएका छन्।अध्यक्ष कालाखेतीले आइतबार बसेको गाउँ कार्यपालिका बैठकले पुलको उद्घाटन मिति तय गरेको बताएका छन्।
पुल उक्त निर्वाचन क्षेत्रबाट बागमती प्रदेश सदस्यमा निर्वाचित ईन्द्र बाहदुर बानियाँले गर्न लागेका हुन्। मनहरी गाउँपालिकाले गत आर्थिक वर्ष ०७७/७८ मा आन्तरिक श्रोतबाट ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । कुल ३३ करोँड ४० लाख ६५ हजार लागतमा वडा नं १,२,३, र ४ जोड्ने च्यापल खोला, हाँडिखोला, ट्वाङ्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुलको ठेक्का लागेको हो ।हाल ट्वाङ्रा खोला, मसिने खोला र च्यापल खोला पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । बानीयाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण सम्पन्न भएको उक्त ३ वटै पुल २६ गते उद्घाटन गरीने अध्यक्ष कालाखेतीको भनाई छ ।
साथै अन्य दुईवटा पुलको निर्माण कार्य मंसिरसम्म सम्पन्न भइसक्ने उहाँको भनाई छ । उनले ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र हाँडिखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको बताए। उक्त पुलको उद्घाटन् भएसंगै चकरी, हाडीखोला आसपासका स्थानीयले विगतका वर्षमा वर्खाको समयमा राप्ती खोला तर्दा भोग्दै आएको समस्या अन्त्य हुने विश्वास गरिएको छ।
९ बैशाख, हेटौंडा । बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२को बोर्ड परीक्षा हाललाई स्थगित गरिएको छ। मंगलबार बिहान बसेको...
९ बैशाख, जनकपुर । पदभारग्रहण गरेको २४ घण्टा नबित्तदै मधेस मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय...
९ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै...
९ बैशाख, हेटौंडा । धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धुलिखेल नगरपालिका-२ मा...
९ बैशाख, हेटौंडा । मकवानपुरको थाहानगरपालिकामा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन्। थाहानगर – १,...
९ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ । मंगलबार सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर १...
९ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ ।...
९ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र गण्डकी...
८ बैशाख, हेटौंडा । प्याक्ट ग्रुप क्लोजर सिष्टम्स नेपाल प्रालिले हेटौंडा-७ मा रहेको नागस्वती शहरी स्वास्थ्य...
५ बैशाख,हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको...
२९ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा १६ मा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बिहीबार राति धरान चतरा...
३० चैत, हेटौंडा ।हेटौंडामा बि लेवलको स्नोकर प्रतियोगिताको आयोजना गरिएको छ। हेटौंडा स्नोकर हाउसको आयोजनामा...
२७ चैत, हेटौंडा। मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ। बुधबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया...
३१ चैत, हेटौंडा ।मकवानपुरको हेटौंडा १ मा रहेको हेटौँडा अस्पतालको नाम परिवर्तन गरिएको छ। आइतबार बिहान युवाहरूको...
३१ चैत, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा १८ भक्तिचोकमा मोटरसाइकल र बस ठोक्किदा दुर्घटना...
२ बैशाख, हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा ...
३१ चैत, हेटौंडा । भोजपुरको भोजप नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ...
३० चैत, सिमरा । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा झडप भएपछि विरगंजको छप्कैया चोक अशान्त बनेको...