Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

अमरेशले ओलीलाई मानसिक रोगी भनेपछि तनाव

सरकारको कार्यशैलीप्रति माधव नेपालको चित्तदुखाई

Madhav-n-Amresh-1469286720.jpg

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने क्रममा नेपाली कांग्रेस सांसद अमरेशकुमार सिंहले ओलीलाई मानसिक रोगी भनेपछि केही बेर संसदमा तनाव उत्पन्न भएको छ । बोल्ने क्रममा अमरेशले ओलीलाई मानसिक सन्तुलन ठीक नभएको आरोप लगाएपछि एमालका सभासदले उठेर संसद अघि बढ्न दिएनन् । एमाले सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति गर्दै अमरेशको भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए थिए । सभामुख ओनसरी घर्तिले अमरेशको भनाई सांसदको रेकर्डबाट हटाउने र संसदहरुलाई मर्यादित भएर बोल्न रुलिङ गरेपछि संसदिय प्रक्रिया अघि बढेको थियो ।
माधव नेपाल भाबुक
छलफलमा भाग लिने क्रममा नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भावुक भएर आफ्नो धारणा राखेका थिए । उनले विगतमा आफु प्रधानमन्त्री भएर एमाले नेतृत्वमा सरकार चलाएपनि आफ्नो कार्यकालमा भएका कामबारे चर्चा नभएको भन्दै आफुलाई यो विषयले घोचेको बताए । उनले अहिलेले एमालले सरकार संचालन गरेपनि आफुहरुले त्यस्तो भान गर्न नपाएको र संस्थागत भन्दा पनि व्यक्तिगत रुपमा काम भईरहेको भन्दै गुनासो गरेका थिए । ओलीको नाम नलिई उनले नेपालमा दल भित्र पनि गुट हावि भएको भन्दै यसले देशलाई फाइदा नगर्ने बताए ।
छलफलमा नेपाली काँग्रेसका मिनेन्द्र रिजाल, रमेश लेखक, प्रदीप गिरी, एमालेका राजन भट्टराई, नेकपा माओवादी केन्द्रका राम कार्की, हरिबोल गजुरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुशील श्रेष्ठ, तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण लगायतले धारणा राखेका थिए । 

संसद बैठक आइतबार बस्ने
संसदमा पेश भएको अविश्वासको प्रस्ताव माथि छलफल गर्न आइतबार पनि संसद बोलाईएको छ ।  सभामुख ओनसरी घर्तीले आइतबार विहान ११ बैठक बस्ने भन्दै शनिबारका लागि बैठक स्थगित गरेकी छिन् ।सांसद एवं नेकपा केन्द्रका संयोजक पुष्पकमल दाहालले शुक्रबार प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि सभामुख घर्तिले तीन छलफल हुने बताएकी थिईन् । आइतबार मतदानबाट प्रस्तावबारे निर्णय लिईनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार